मोरङ,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित हुलास चोकबाट साउन ४ गते
सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित धनकुटा जिल्लाको पाख्रीवास
३ बस्ने २१ वर्षिय बिशाल लिम्बुलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका लिम्बुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी
रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा
डाईजेपाम १५ एम्पुल, एभिल १५ एम्पुल, फेनारगन १५ एम्पुल, लुपिजेसिक १५
एम्पुल र ९ वटा निट्राभेट ट्याब्लेट फेला पारेको हो ।
पक्राउ परेका लिम्बुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीमा बुझाईएको छ ।
