सप्तरी,
        सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट असार ३ गते सशस्त्र प्रहरीले करीव ५४ लाख ९६ हजार रुपैयाँ बराबरको १ हजार ५ सय टिन रिफाईन पाल्मोनियन तेलसहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३० वर्षिय अबध बाबु र ३३ वर्षिय धिरज कुमार छन् ।
        सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको सशस्त्र प्रहरीले यूपी ७५ एम ३६९५ नम्बरको ट्रकमा जाँच गर्ने क्रममा उक्त तेलको विल विजक फेला नपरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
        उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेको बताईएको छ । त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ ।
        पक्राउ परेका दुवै जनालाई बरामद तेल तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको छ । बरामद ट्रकको भन्सार दाखिला मुल्य ५५ लाख रुपैयाँ रहेको छ ।

APF