Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

काठमाडौं, कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी र वडा नम्बर ९ खक्रौला स्थित मोहना नदीमा आएको बाढीले सो स्थानमा रहेका करीव तीन सय ३० घरभित्र पानी पसेर डुबानमा परेकाहरुको एपीएफ टोलीले उद्धार गरेको छ । सो ठाउँमा घरहरु डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट एपीएफ टोली खटिई गई उद्धार कार्यमा सकृयताका साथ जुटेको थियो । सो डुबानमा परेका ५५ जना मानीस, ३७ वटा चौपाया तथा ती घरमा रहेका सरसामानहरु सुरक्षित स्थानमा सारिएको छ । यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ८ स्थित सोनाफाँटा ईलाकामा साउन १४ गते गौरीखोलाको पानी बस्तीमा पसेर डुवानमा परेपछि सो ठाउँमा फसेका दुई जनाको एपीएफ टोली र स्थानीय प्रहरीले जिवितै उद्धार गरेको छ । सो ठाउँ डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनीहरुको उद्धार कार्यमा खटिएको थियो । सो डुवानमा परेर सोही ठाउँ बस्ने ईश्वर शाह, चन्द्र वि.क. र ११ बर्षिय स्केल चौधरी बेपत्ता भएको बताइएको छ ।

/uploads/news/5f23b0cdc4891.jpg