/uploads/news/lUwdZmIQ8xG6acTMCo9fBg==.jpg
भन्साली छली ल्याउँदै गरेको मोटर पार्ट्स सहित चालक नियन्त्रणमारुपन्देही जिल्लाको देबदह नगरपालिका १० चरंगे ईलाकाबाट चैत्र ५ गते
सशस्त्र प्रहरीले करीव ७ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर
पार्ट्स तथा कारसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको आधारमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका ८ बस्ने ३४
वर्षिय सन्तोष प्रसाद शाहलाई नम्बर २७ गण रुपन्देहीले भारतबाट अवैध रुपले
लु १ च १४२६ नम्बरको गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त मोटर
पार्ट्ससहित नियन्त्रणमा लिएको हो । उनी उक्त गाडीको चालक रहेका छन् ।
शाहलाई बरामद मोटर पार्टस् तथा कारसहित आवश्यक कारवाहीको लागि भैरहवा
भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
भन्साली छली ल्याउँदै गरेको मोटर पार्ट्स सहित चालक नियन्त्रणमा | |
रुपन्देही जिल्लाको देबदह नगरपालिका १० चरंगे ईलाकाबाट चैत्र ५ गते
सशस्त्र प्रहरीले करीव ७ लाख ५३ हजार रुपैयाँ बरा.....ReadMore |
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद
सिराहा जिल्लाको सिराहा नगरपालिका १९ जोगियामाबाट चैत्र ७ गते सशस्त्र
प्रहरीले करीव २ लाख ४४ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ
।
भारतबाट भन्सार छली ल्याउँदै गरेको सो सामान नम्बर ७ गण सिरहाले बरामद
गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सिरहा भन्सार कार्यालय
मार्डरमा बुझाईएको छ ।
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद | |
सिराहा जिल्लाको सिराहा नगरपालिका १९ जोगियामाबाट चैत्र ७ गते सशस्त्र
प्रहरीले करीव २ लाख ४४ हजार रुपैयाँ बराब.....ReadMore |
/uploads/news/no-image-new.jpg
अवैध सुर्तिजन्य पदार्थ बरामदसर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित एक घरको गोदामबाट चैत्र ५ गते सशस्त्र प्रहरी र राजश्व करदाता सेवा कार्यालय लालबन्दीले १ लाख ६७ हजार ९ सय रुपैयाँ बराबरको अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
अवैध रुपले लुकाई छिपाई राखेको भन्ने सूचना पाएपश्चात सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाही र सो कार्यालयबाट खटिएको टोलीले उक्त सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।
बरामद सुर्तिजन्य पदार्थ भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।
अवैध सुर्तिजन्य पदार्थ बरामद | |
सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित एक घरको गोदामबाट चैत्र ५ गते सशस्त्र प्रहरी र राजश्व करदाता सेवा कार्य.....ReadMore |
/uploads/news/no-image-new.jpg
अवैध लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामदसिरहा जिल्लाको औरही गाँउपालिका ४ दरैयाबाट चैत्र ६ गते सशस्त्र प्रहरीले करीब ६ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र सुरक्षा बेस सुखिपुरले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय मार्डर सिरहामा बुझाइएको छ ।
अवैध लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद | |
सिरहा जिल्लाको औरही गाँउपालिका ४ दरैयाबाट चैत्र ६ गते सशस्त्र प्रहरीले करीब ६ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध ल.....ReadMore |
/uploads/news/F5UpQWijmbmp4kTawaqhaQ==.jpg
निःशुल्क स्वास्थ्य शिविर संचालन काठमाडौं,
नेपाल भारत महिला मैत्री समाज र सशस्त्र प्रहरी परिवार महिला संघको
संयुक्त आयोजनामा चैत्र ४ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
गरिएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका ५ अर्यालटारस्थित खेलकुद मैदानमा संचालन
गरिएको सो स्वास्थ्य शिविरमा २०८ जना महिला र ३८८ जना पुरुष गरी ५९६
जनाको स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण गरिएको
थियो ।
नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष समेत रहनु भएकी माननीय सांसद
चन्दा चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न स्वास्थ्य शिविरमा स्थानीय
सर्वसाधारण, बृद्धबृद्धा, अशक्त र सशस्त्र प्रहरी कर्मचारीका आश्रित
परिवारहरुले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । त्यसअवसरमा
उहाँले अशक्त तथा अपाङ्गता भएकाहरुको लागि ६ वटा ह्वील चेयर समेत
हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल एपीएफ अस्पताल बलम्बुका चिकित्सकहरुद्वारा साधारण स्वास्थ्य
परिक्षण, नाक कान घाँटी, आँखा, हाडजोर्नी, बाल रोग, स्त्री रोग र अल्ट्रा
साउण्ड लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
सो निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला
संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, तारकेश्वर नगरपालिकाकी
उप–प्रमुख श्रृजना बुर्लाकोटी, नेपाल भारत महिला मैत्री समाजका तथा
सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत स्थानीय
भद्रभलादमीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा माननीय सांसद चन्दा चौधरीले सशस्त्र प्रहरी परिवार महिला
संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई मायाको चिनो प्रदान
गर्नुभएको थियो भने संघकी अध्यक्ष श्रीमती अर्यालले सो स्वास्थ्य शिविर
संचालनमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई प्रशंसापत्र प्रदान
गर्नुभएको थियो ।
निःशुल्क स्वास्थ्य शिविर संचालन | |
काठमाडौं,
नेपाल भारत महिला मैत्री समाज र सशस्त्र प्रहरी परिवार महिला संघको
संयुक्त आयोजनामा चैत्र ४ गते एक दिन.....ReadMore |
/uploads/news/v7DNvSQ2er3F47CLR8L42A==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट तालिम समापन तथा उद्घाटन राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित
सि.सं. २ प्रशासनिक व्यवस्थापन (सिनियर अधिकृत) तालिम र सि.सं. ३०
गुल्मपति तथा स्टाफ तालिम सम्पन्न तथा सि.सं. ५ ईन्टेलिजेन्स (सिनियर
अधिकृत) तालिम सुरु भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतिष्ठानमा चैत्र ५ गते
उल्लेखित तालिमहरुको समापन तथा उद्घाटन गर्नुका साथै सम्पन्न तालिमका
उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान
गर्नुभयो ।
उहाँले फौजी संगठनलाई चलायमान बनाईराख्न तालिमको विशेष महत्व रहने
उल्लेख गर्नुहुँदै तालिमले संगठनका राष्ट्रसेवक कर्मचारीहरुलाई लगनशिल,
अनुशासित, कर्तब्यनिष्ठ बनाउनुको साथै पेशागत दक्षता अभिबृद्धि र
संगठनप्रति अझ निष्ठावान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा संगठनले प्रदर्शन गर्ने
व्यावसायिकता त्यहाँ कार्यरत कर्मचारीमा निर्भर हुन्छ, भने कर्मचारीले
सम्पादन गर्ने हरेक काम कारवाहीको सफलता तथा असफलता उसले लिएको सेवाकालिन
तालिमहरुबाट निर्देशित हुने बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपाललाई राज्यले सुम्पिएको जिम्मेवारी
सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारीरिक रुपमा सबल र मानसिक
रुपमा सक्षम, इमान्दार, अनुशासित हुनु अपरिहार्य रहेको बताउनुहुँदै
सकारात्मक सोचका साथ सम्पादन गरिने कुनै पनि काम कारवाहीले उत्कृष्ट
नतिजा हासिल गर्दै सुरक्षा वृत्तमा संगठनलाई अब्बल सुरक्षा संयन्त्र
सावित गर्न थप टेवा पु¥याउने उल्लेख गर्नुभयो ।
महानिरीक्षक अर्यालले संगठन सरुवा बढुवा र सेवा सुविधा लगायतका विषयमा
पद्धती हावी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर
प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउनुहुँदै संगठनका हरेक कर्मचारीले
आफ्नो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र
पूर्वाग्रहलाई थाँती राखेर नेतृत्वसँग हातेमालो गर्दै संगठनको विकास र
विस्तारमा एउटै लक्ष्यका साथ अघि बढ्न निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको
लागि उपलब्ध गराउने पेशागत तालिममा विशेष चासो राखेर नियमित संचालन
गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले समय अनुसार प्रविधिको विकाससँगै बढ्दै
गएको सुरक्षा चुनौतीहरुलाई परास्त गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा
प्रशिक्षण प्रतिष्ठानले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । साथै
आगामी दिनमा प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र वैज्ञानिक बनाउँदै
लैजान सो प्रतिष्ठानलाई निर्देशन समेत दिनुभयो ।
६ हप्ता अवधिकोे प्रशासनिक व्यवस्थापन तालिममा २७ जना, १२ हप्ता अवधिको
गुल्मपति तथा स्टाफ तालिममा ३३ जना र ईन्टेलिजेन्स तालिममा २६ जना
अधिकृतहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल, प्रतिष्ठानका कार्यकारी निर्देशक अभि
कुमार खत्री, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत सशस्त्र
प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट तालिम समापन तथा उद्घाटन | |
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित
सि.सं. २ प्रशासनिक व्यवस्थापन (सिनियर अ.....ReadMore |
/uploads/news/GEBgU7fLIJF7o5hoM9nZ1g==.jpg
सशस्त्र प्रहरीद्वारा वेपत्ता बालिकाको शव फेला इलाम जिल्लाको इलाम नगरपालिका १० स्थित माई खोलाको अमले दहमा पौडी
खेल्ने क्रममा वेपत्ता भएकी १४ बर्षिया बालिका प्रतिक्षा मगरको शव
सशस्त्र प्रहरीले फेला पारेको छ ।
सो बारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण इलामबाट
खटिएको टोलीले उनको शव दहको बीच भागमा माटोमा गाडिएको अवस्थामा फेला
पारेको हो ।
सशस्त्र प्रहरीले उनको शव पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि
स्थानीय प्रहरीलाई बुझाएको छ ।
सशस्त्र प्रहरीद्वारा वेपत्ता बालिकाको शव फेला | |
इलाम जिल्लाको इलाम नगरपालिका १० स्थित माई खोलाको अमले दहमा पौडी
खेल्ने क्रममा वेपत्ता भएकी १४ बर्षिया बालिका .....ReadMore |
/uploads/news/scouq8iqXhwtYxJfxq0uiw==.jpg
छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको
‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७९’ अन्तर्गत फुटबल खेलको उपाधी
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले
जित्न सफल भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन
गर्नुको साथै उत्कृष्ट खेलाडी तथा बिजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार
समेत प्रदान गर्नुभयो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम,
कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवद्र्धनको
क्षेत्रमा आफुलाई क्रियाशिल गराउँदै आएको बताउनुहुँदै खेलकुदमा हुने
स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं
सामुहिक भावनाको समेत बिकास हुने उल्लेख गर्नुभयो ।
उहाँले यस्ता प्रतियोगिताले संगठनमा आपसी सहयोग, भाईचारा र बन्धुत्वको
भावना बिकास हुनुको साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रीत सम्बन्धले
सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारिरीक स्फुर्ती कायम राखी
प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापना कालदेखि नै महत्वका
साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा उत्साहजनक
सहभागिता जनाउँदै आएको उल्लेख गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनमा
लुकेर रहेका प्रतिभावान खेलाडीहरुको उत्पादन र बृत्तिबिकासमा निरन्तर
लागि रहने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्र प्रकाश गौतम र बंशीराज दाहालले खेलका उप-बिजेता टिम तथा खेलाडी र
अफिसियलहरुलाई सम्मानपत्र, पदक तथा पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको फाईनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता
बाहिनी मुख्यालय महोत्तरीले नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई
१-० गोलको अन्तरले पराजित गरी उपाधी जितेको हो ।
नेपाल ए.पी.एफ. क्लावको आयोजनामा संचालित
उक्त प्रतियोगिता यही फागुन २८ गतेदेखि प्रधान कार्यालयको रंगशालामा
संचालन भएको थियो ।
छिन्नमस्ता बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधी | |
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको
‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७९’ अन्.....ReadMore |
/uploads/news/sFf53+Gz8Vl8CF7JzvfsnA==.jpg
विश्व स्वास्थ्य संगठनको विशेष सहयोगमा निर्माण भएको दक्षिण एसियाको Severe Acute Respiratory Infection (SARI) Treatment Facility सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल एपीएफ
अस्पताल बलम्वु काठमाडौंको परिषरभित्र निर्माण गरिएको ९२ शैयाको Severe
Acute Respiratory Infection (SARI) Treatment Facility सशस्त्र प्रहरी
बल नेपाललाई हस्तान्तरण गरिएको छ ।
नेपाल एपीएफ अस्पताल बलम्वुमा फागुन ३० गते आयोजित कार्यक्रमका बीच
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई
विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा.पूनम
क्षेत्रपाल सिंहले हस्तान्तरण गर्नुभएको सो Treatment Facility डा.
पोखरेलले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण
गर्नुभएको हो ।
गम्भिर प्रकृतीको श्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा स्वास्थ्य
सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त Treatment
Facility मा ७२ वटा वार्ड बेड, १४ वटा सघन उपचार कक्ष र ६ वटा ट्रिएज बेड
रहेका छन् ।
कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.
रोशन पोखरेलले कोभिड–१९ महामारीको कठिन अवस्थामा समेत सशस्त्र प्रहरी बल
नेपालको एपीएफ अस्पतालले कोभिड डेडिकेटेड अस्पतालको रुपमा अनुकरणीय
योगदान पुर्याएको स्मरण गर्नुहुँदै मंगलबार हस्तान्तरण भएको फिल्ड
अस्पतालले श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम
जनतालाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न सफल हुने बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा. पूनम
क्षेत्रपाल सिंहले दक्षिण पूर्वी एशिया क्षेत्रमा नै पहिलो पटक संचालन
हुन लागेकोSevere Acute Respiratory Infection (SARI) Treatment Facility
ले गम्भिर प्रकृतीको स्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा सेवा
प्रदान गर्न आवश्यक दक्ष जनशक्ति तथा भौतिक पूर्वाधारहरु पूर्व तयारी
अवस्थामा रहनुका साथै सामान्य अवस्थामा समेत केन्द्रले दक्ष उपचार सेवा
प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतीक प्रकोप
एवं महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले निर्वाह गर्दै
आईरहेको जिम्मेवारीहरुलाई थप प्रभावकारी बनाउन तथा विशेषत श्वासप्रश्वास
संक्रमण सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्न यस्ता प्रकृतीका संरचना
तथा पूर्वाधारहरुले थप टेवा पुग्ने बताउनुभयो ।
उहाँले मानव जीवनको अस्तित्वसँग जोडिएको श्वासप्रश्वास जस्तो संवेदशिल
विषयमा आवश्यकलाई महसुस गरी यसको महत्व, अपरिहार्यता र भावि चुनौतीको गहन
अध्ययनका साथ स्वास्थ्य उपचार प्रदान गर्ने निकायका रुपमा सशस्त्र प्रहरी
बल नेपाललाई Treatment Facility हस्तान्तरण गर्नुभएकोमा विश्व स्वास्थ्य
संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सम्बन्धित
सरोकारवाला निकायप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले यस Treatment Facility केन्द्रद्धारा सेवा प्रदान गर्ने कार्यमा
भविष्यमा समेत विश्व स्वास्थ्य संगठन, मन्त्रालय र अन्य सरोकारवाला
निकायको निरन्तर सहयोग र समन्वय रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिध डा.राजेश शाम्भाजी
राओ पाण्डव, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत विभिन्न संघ संस्थाका
प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
विश्व स्वास्थ्य संगठनको विशेष सहयोगमा निर्माण भएको दक्षिण एसियाको Severe Acute Respiratory Infection (SARI) Treatment Facility सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण | |
विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल एपीएफ
अस्पताल बलम्वु काठमाडौंको परिषरभित्र निर्मा.....ReadMore |
/uploads/news/QvlbxfnU2YfACeMQVSiIxQ==.jpg
नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा फागुन ३० गते प्रधान कार्यालय हलचोक स्वयम्भूमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो संघका जेष्ठ सदस्यहरु तथा संगठनबाट सेवा निवृत्त भई विभिन्न कारणले सशस्त्र प्रहरी दिवस कार्यक्रममा उपस्थित हुन नसकेका कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गर्नुको साथै संघको E-Bulletin को बिमोचन समेत गर्नुभएको थियो ।
उहाँले जिम्मेवारी निर्वाहको क्रममा प्राणोत्सर्ग गर्नुहुने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको स्मरण गर्नुहुँदै घाईते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
महानिरीक्षक अर्यालले संगठनमा आवद्ध रहँदा अनुभव, शिक्षा, सीप र पेशागत दक्षतालाई संगठनको श्रीवृद्धिमा कुसल परिचालन गर्दै संगठनको लक्षित उद्देश्य हाँसिल गर्न उहाँहरुले बगाउनु भएको पसिना, लगनशिलता र सक्रियकताको मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।
नेपाल पूर्व सशस्त्र प्रहरी संघले बिभिन्न समयमा संगठनको पहिचान तथा प्रवद्र्धनमा पुर्याएको योगदान प्रशंसनिय रहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो– ‘विगत र वर्तमान जस्तै भविष्यमा पनि संघले समग्र राष्ट्र, संगठन र बहाल तथा आवकाश प्राप्त कर्मचारीहरुको हितमा आफ्ना पाईलाहरु अघि बढाउँदै लैजाने कुरामा म विश्वस्त रहेको छु ।’
उहाँले संगठनमा कार्यरत कर्मचारीहरु, अवकाश प्राप्त तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरु र आश्रित परिवारजनको हितमा विगत देखिनै कल्याणकारी कार्य संचालन गरिरहेको र अग्रजहरुबाट प्राप्त सुझाबहरुलाई समेत समेट्दै सांगठानिक विकास विस्तारमा निरन्तर लागिरहेको बताउनुभयो ।
संघका सल्लाकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले विगतमा कति सफलता प्राप्त गर्यौं र भोलीका दिनहरुमा कसरी अघि बढ्ने भन्ने कुराको योजना बनाउँदै गएमा सफलता मिल्ने बताउनुभयो ।
संघका अध्यक्ष अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुँदै अवकाश प्राप्त र बहालमा रहेका कर्मचारी एउटै परिवरका सदस्यहरु रहेको हुँदा एक आपसमा माया, स्नेह, सहयोग र सद्भाव जरुरी रहेको बताउनुभयो ।
उहाँले संगठनको विकास र विस्तार गर्न पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको समेत योगदान जरुरी रहेको बताउनुहुँदै वर्तमान नेतृत्वले अवकाश प्राप्त कर्मचारीहरुसँग भेटघाट र समस्या बुझ्ने कार्यको थालनी गर्नु सह्रानिय र स्वागतयोग्य रहेको बताउनुभयो ।
अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक महेन्द्र कुमार भट्टचनले स्वागत मन्तव्य राख्नुहुँदै नेपाल पूर्व सशस्त्र प्रहरी संघको भवन गण्डकी प्रदेशमा निर्माण कार्य शुरु भएको हुँदा आगामी साधारण सभा उक्त प्रदेशमा राख्नुपर्ने प्रस्ताव गर्नुभयो ।
विशेष अतिथिहरु पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव बालकृष्ण प्रसाई, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापति एवं पूर्व सहायक रथि दिगम्बर शम्शेर राणा, नेपाल पूर्व प्रहरी संगठनका बरिष्ठ उपाध्यक्ष एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बिनोद सिंह, पूर्व राष्ट्रिय अनुसन्धान विभाग कर्मचारी संघका उपाध्यक्ष एवं पूर्व अनुसन्धान निर्देशक रबिन्द्र पण्डितले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघले हालसम्म चारवटा प्रदेशका १६ जिल्लामा कार्यकारी समिति गठन समेत गरिसकेको जानकारी कार्यक्रममा गराईएको थियो ।
कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद् नेपालका महासचिव एवं नेपाल सरकारका पूर्व सह–सचिव तारानाथ सुवेदी लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, अवकाश प्राप्त बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा | |
नेपाल पूर्व सशस्त्र प्रहरी संघको पन्ध्रौं बार्षिकोत्सव तथा साधारण सभा फागुन ३० गते प्रधान कार्यालय हलचोक स्वयम.....ReadMore |
/uploads/news//9SY9vXuYGYMQoo3EHDE0g==.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको बल्ब बरामद रौतहट जिल्लाको कटहरिया नगरपालिका ५ कटहरियाबाट फागुन २९ गते सशस्त्र
प्रहरीले १ लाख ११ हजार रुपैयाँ बराबरको भन्सार छलीको सिपिएल बल्ब बरामद
गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको १
हजार १ सय ३० वटा बल्ब सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दुधियाभारले
बरामद गरेको हो ।
बरामद बल्ब भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको बल्ब बरामद | |
रौतहट जिल्लाको कटहरिया नगरपालिका ५ कटहरियाबाट फागुन २९ गते सशस्त्र
प्रहरीले १ लाख ११ हजार रुपैयाँ बराबरको भन्.....ReadMore |
/uploads/news/4m3i6ZYKuvHdNcuXg0IHZg==.jpg
चोरीपैठारीको सामान नियन्त्रणमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ बाट फागुन २७ गते सशस्त्र
प्रहरीसहितको संयुक्त टोलीले करीब २ लाख ९४ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
सो ठाउँस्थित एक घरमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल,
नेपाल बिओपी मलंगवा, भन्सार कार्यालय र कर कार्यालय मलंगवाबाट खटिएको
संयुक्त टोलीले उल्लेखित मूल्यको सामान बरामद गरेको हो ।
सो घरमा चोरीपैठारीको सामान लुकाई छिपाई राखेको भन्ने जानकारी पाएपश्चात
खटिएको संयुक्त टोलीले खानतलासी गर्दा उल्लेखित मूल्य बराबरको लत्ताकपडा,
इलेक्ट्रोनिक तथा हार्डवेयर लगायतका सामान बरामद फेला पारेको हो ।
बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
चोरीपैठारीको सामान नियन्त्रणमा | |
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ बाट फागुन २७ गते सशस्त्र
प्रहरीसहितको संयुक्त टोलीले करीब २ लाख ९४ हजार र.....ReadMore |
/uploads/news/640ef42b0610e.jpg
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संगठनका नेतृत्व तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा फागुन २८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा विभागीय प्रमुखहरुले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन भएको सि.सं. ३० गुल्मपति तथा स्टाफ कोर्षका प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समयसापेक्ष संगठनको विकास, विस्तार र सुधार कार्यमा परिवर्तन गर्दै लैजाने बताउनुहुँदै यस कार्यमा नेतृत्व तह गम्भीर रुपले लागि परिरहेको बताउनुभयो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कामकारवाही, कार्यपद्धती र भावी योजना सम्बन्धमा प्रशिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नु भएको थियो । मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको प्रशासनिक कामकारवाही, भर्ना तथा तालिम, सरुवा, बढुवा, कल्याणकारी सेवा सुविधा, युएन मिशन लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन पद्धतीलाई समेत बैज्ञानिक, पारदर्शी र वस्तुगत ढंगले अगाडी बढाउँदै लैजाने योजना रहेको बताउनुभयो । यसैगरी कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले न्यूनतम श्रोतसाधन र जनशक्तिका बावजुद पनि देशको आन्तरिक सुरक्षा, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, विपद् उद्धार लगायतका विभिन्न अप्रेशनल गतिविधिहरुमा सशस्त्र प्रहरी बल परिचालित हुँदै आईरहेको बताउनुभयो । सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालको तैनाथी, सीमा अपराध तथा राजश्व चुहावट नियन्त्रण लगायत सीमा सुरक्षासँग सम्बन्धित विविध विषयहरुमा प्रशिक्षार्थी अधिकृतहरुलाई जानकारी गराउनु भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत सिनियर अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संगठनका नेतृत्व तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न | |
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा फागुन २८ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक.....ReadMore |
/uploads/news/MX9FPuU4KxKFslgBh12X8A==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन २८
गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ खेलकुद प्रतियोगिता सुरु
भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मुख्यालयमा
आयोजित एक कार्यक्रमका बीच खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुभएकोे हो
।
उहाँले फुटबलका राष्ट्रिय रेफ्री दिनेश अधिकारीलाई बल हस्तान्तरण गरी
प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ अधिकृत, अधिकृत लगायत खेलाडी तथा
विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता चैत्र ३ गतेसम्म
नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र
सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता
रहेको छ ।
उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय
कैलालीले सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय
सुर्खेतलाई १–० ले पराजित गरी बिजयी भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु | |
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन २८
गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७.....ReadMore |
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान बरामद रौतहट जिल्लाको विभिन्न स्थानबाट फागुन २८ गते सशस्त्र प्रहरीले करीव १
लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानको विल विजक
फेला नपरेपछि नम्बर ११ गण रौतहट मातहत सुरक्षा
बेश तथा बिओपीले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद | |
रौतहट जिल्लाको विभिन्न स्थानबाट फागुन २८ गते सशस्त्र प्रहरीले करीव १
लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र कि.....ReadMore |
/uploads/news/fyOt5zHnmdMZkWBtvfeMWw==.jpg
त्रिशुली नदिमा बेपत्ता महिलाको शव सशस्त्र प्रहरीद्धारा फेलाधादिङ जिल्लाको सिद्धलेख गाउँपालिका ६ स्थित त्रिशुली नदिमा बेपत्ता
भएकी महिलाको शव सशस्त्र प्रहरीले फागुन २८ गते फेला पारेको छ ।
सोही ठाउँको कमपुर बस्ने २० बर्षिया हिरामाया घले यहि फागुन २७
गते उक्त नदिमा हाम फाली बेपत्ता भएकी थिईन् ।
घलेले लगाएको चप्पल, घडी र चुरा त्रिशुली नदि माथिको पुलमा भेटिए
पश्चात् नदिमा हाम फालेको
आशंकामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय
कुरिनटार र सुरक्षा बेश आदमघाटको संयुक्त टोलिले उनको खोजीकार्य गर्ने
क्रममा घटनास्थल भन्दा करीव २५ मिटर तल शव फेला पारी नदिबाट बाहिर
निकालेको हो ।
त्रिशुली नदिमा बेपत्ता महिलाको शव सशस्त्र प्रहरीद्धारा फेला | |
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका ६ स्थित त्रिशुली नदिमा बेपत्ता
भएकी महिलाको शव सशस्त्र प्रहरीले फागुन २८ गत.....ReadMore |
/uploads/news/2y49dEOKlPP5Ukab+E6Wrg==.jpg
नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्नसशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा फागुन २६
गते नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्न
भएको छ ।
कार्यक्रमका विशेष अतिथि रहनु भएका माननीय सांसद रमेश लेखक र सशस्त्र
प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा सो प्रतियोगिता सम्पन्न
भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतियोगिताका विजयी खेलाडीहरुलाई
पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रतियोगिता आयोजन गर्न सहयोग
पुर्याउनुहुने महानुभाव तथा संघसंस्थाहरुलाई धन्यवाद दिनुभयो ।
नेपाल एपीएफ क्लबमा आवद्ध सदस्यहरुवीच भएको मिक्स ओपन ईभेन्ट
प्रतियोगितामा चेत सिंह थापा र हेलन गुरुङ्गको जोडीले धिरेन्द्र बहादुर
चन्द र रमन नेपालको जोडीलाई पराजित गरी प्रथम भएको हो ।
यसैगरी ओपन ईभेन्टमा नरेन्द्र थापा र पदम मगरको जोडीले राजिव पोद्दार र
दिपक गुरुङ्गको जोडीलाई पराजित गरी प्रथम स्थान हासिल गरेका छन् ।
नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स कमिटिका अध्यक्ष हरि सिटौलाले यस्ता
खेलकुद प्रतियोगिताले विभिन्न पेशा, व्यवसायिक परिवेशबाट आएका क्लवका
सदस्यहरुमा एक आपसमा भाईचाराको सम्वन्ध, समन्वय तथा सहयोगको भावनाको
विकासमा टेवा पुग्ने बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले निर्णायकवर्ग
तथा उक्त प्रतियोगिता व्यवस्थापनमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई
प्रशंसापत्र प्रदान गर्नुभएको हो ।
कार्यक्रममा एपीएफ क्लब मेम्बर्स कमिटिका पदाधिकारी, सल्लाहकार सदस्य तथा
अन्य प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमिन्टन प्रतियोगीता सम्पन्न | |
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा फागुन २६
गते नेपाल एपीएफ क्लब ईन्टर मेम्बर्स ब्याडमि.....ReadMore |
/uploads/news/RoM+3Hz5Wuw6765OrH9cvg==.jpg
अवैध काठसहित ट्रयाक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका १ शिवनगरबाट फागुन २५ गते सशस्त्र
प्रहरीले करीब ७ लाख ५० हजार रुपैयाँ बराबरको ३० वटा गोलिया काठ र एउटा
ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
अवैध रुपले लैजाँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको एक सय
क्यू.फिट सगुनको काठसहित लु २ त ८५६४ नम्बरको ट्रयाक्टर सशस्त्र प्रहरी
बल नेपाल बिओपी कृष्णनगरले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको काठ र ट्रयाक्टर सब डिभिजन बन कार्यालय ठाकुरापुर
कपिलवस्तुमा बुझाइएको छ ।
अवैध काठसहित ट्रयाक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा | |
जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका १ शिवनगरबाट फागुन २५ गते सशस्त्र
प्रहरीले करीब ७ लाख ५० हजार रुपैयाँ बराबरक.....ReadMore |
/uploads/news/menAh5CVlHfW7ZqFgsD5Iw==.jpg
एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डद्वारा संयुक्त सांगितीक प्रस्तुतीसशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र
प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा बिहिबार एपीएफ ब्याण्ड
र ब्रिटिस गोर्खा ब्याण्डको संयुक्त सांगितीक प्रस्तुती सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको ब्याण्ड
र ब्रिटिस गोर्खा ब्याण्डबीच बिगतदेखि नै निरन्तर रुपमा सांगितीक
प्रस्तुती तथा प्रशिक्षणको आयोजना हुँदै आएको स्मरण गर्नुहुँदै यस्ता
किसिमका कार्यक्रमले दुई देश र संगठनहरु बीच भएको सुमधुर सम्बन्धलाई
प्रगाढ बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
उहाँले एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्ड बीचको संयुक्त प्रस्तुती
सशस्त्र प्रहरी बल, नेपाल र ब्रिटिस गोर्खा बीचको बलियो बन्धनको प्रतिक
तथा एक आपसमा भईरहेको सहकार्यको एउटा उदाहरण समेत रहेको बताउनुहुँदै यस
किसिमको कार्यक्रम आगामी दिनहरुमा समेत निरन्तर भईरहने विश्वास व्यक्त
गर्नुभयो ।
महानिरीक्षक अर्यालले संयुक्त ब्याण्ड टिमका सदस्यहरुले प्रस्तुत गरेका
उत्कृष्ट सांगितीक धुनको प्रशंसा गर्नुहुँदै धन्यवाद समेत दिनुभएको थियो
। उक्त कार्यक्रममा दुई वटै देशका विभिन्न गितहरुको सुमधुर सांगितीक
धुनहरु प्रस्तुत गरिएको थियो ।
सोही कार्यक्रममा महानिरीक्षक अर्यालले British Gurkhas Band की Music
Director Captain Esther Hayesलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई,
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश
गौतम, बंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा
बेलायती राजदुतावासका प्रतिनिधि लेफ्टिनेन्ट कर्णेल कमल गुरुङ्ग लगायत
सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको समेत
उपस्थिती रहेको थियो ।
एपीएफ ब्याण्ड र ब्रिटिस गोर्खा ब्याण्डद्वारा संयुक्त सांगितीक प्रस्तुती | |
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र
प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वय.....ReadMore |
/uploads/news/no-image-new.jpg
भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित विद्युत चोकबाट फागुन
२१ गते सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको किराना तथा फेन्सी सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान बिओपी
कृष्णनगरले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कपिलवस्तुमा
बुझाईएको छ ।
भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद | |
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित विद्युत चोकबाट फागुन
२१ गते सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजा.....ReadMore |
/uploads/news/MVetEgtAmqooSbC7w+GtNw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फिर्ता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अफ्रिकी मुलुक साउथ सुडानमा भएको
मेडल परेडमा सहभागी भई आईतबार स्वदेश फर्कनु भएको छ । साउथ सुडानमा
सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु)को नवौं डफ्फाका
१ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत रहेका छन् ।
उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो ।
महानिरीक्षक अर्यालले मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप
मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत संयुक्त
राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता तथा छलफल गर्नुभएको थियो ।
सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकार सम्माननीय प्रधानमन्त्री
एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ
उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका
सुरेश कुमार श्रेष्ठलाई दर्ज्यानी चिन्ह समेत प्रदान गर्नुभएको थियो ।
मेडल परेडमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्याल
सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फिर्ता | |
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अफ्रिकी मुलुक साउथ सुडानमा भएको
मेडल परेडमा सहभागी भई आईतबार स्वदेश फ.....ReadMore |
/uploads/news/BPVv3AQs3WjjOU7OQuySjw==.jpg
निःशुल्क आयुर्बेद तथा वैकल्पिक स्वास्थ्य शिविर संचालन “११३ औं अन्तराष्ट्रिय नारी दिवस २०७९” को उपलक्ष्यमा सशस्त्र प्रहरी
परिवार महिला संघले आयुर्वेद चिकित्सालय नरदेवी काठमाण्डौको सहकार्यमा
सशस्त्र प्रहरी बल, नेपाल नं. १९ बगलामुखी (विशेष कार्यदल) गण
काठमाण्डौमा निःशुल्क आयुर्बेद तथा वैकल्पिक स्वास्थ्य शिविर संचालन भएको
छ ।
संघकी अध्यक्ष श्रीमती अनिता लामीछाने अर्यालको प्रमुख आतिथ्यतामा फागुन
१८ गते संचालन भएको स्वास्थ्य शिविरमा स्थानिय बासिन्दा, जेष्ठ नागरिक,
सशस्त्र प्रहरी कर्मचारीहरु र सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रीत
परिवारहरुले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण र उपचार गराएका थिए ।
शिविर स्त्री रोग, छाला रोग, वाथ रोग, पाइल्स, फिस्टुला आदि रोगहरुको
अकुपञ्चर, अकुप्रेशर, कपिंग, स्नेहन र स्वेदन विधि प्रयोग गरी उपचार
गर्नुको साथै निःशुल्क रुपमा औषधी समेत बितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा १ सय ८२ महिला र ३ सय १५ पुरुष गरी ४ सय ९७ जनाले
उपचार सेवा लिएका थिए ।
सोही अवसरमा अजिज फाउण्डेशनकी अध्यक्ष सुश्री सर्की ल्हमु शेर्पाले
महिला सशस्त्र प्रहरी कर्मचारीहरुको लागी अटोमेटिक सेनिटरी प्याड भेण्डिङ
मेशिन समेत हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, आयुर्बेद
चिकित्सालयका निर्देशक डा. प्रदिप के.सी., चिकित्सकहरु लगायत
स्वास्थ्यकर्मीहरुका साथै सशस्त्र प्रहरी बल, नेपाल नं. १९ बगलामुखी
(विशेष कार्यदल) गणका गणपति तथा सिनियर अधिकृत, जुनियर अधिकृत, विल्लादार
जवानहरुको समेत उपस्थिति रहेको थियो ।
निःशुल्क आयुर्बेद तथा वैकल्पिक स्वास्थ्य शिविर संचालन | |
“११३ औं अन्तराष्ट्रिय नारी दिवस २०७९” को उपलक्ष्यमा सशस्त्र प्रहरी
परिवार महिला संघले आयुर्वेद चिकित्सालय न.....ReadMore |
/uploads/news/UcAro4r5kIjHnrKGtCJZJg==.jpg
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्धारा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई विविध विषयमा प्रशिक्षण प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा
संचालित सातौ एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई फागनु
१७ गते विविध विषयमा प्रशिक्षण गराउनुभएको छ ।
उहाँले व्यक्तिगत जीवनमा आईपर्न सक्ने विविध समस्या र त्यस सम्बन्धि
अनुभव तथा वर्तमान समयमा राष्ट्र तथा नागरिकमा आईपर्ने विविध चुनौतीहरुको
बारेमा प्रशिक्षण दिनुभएको थियो ।
साथै उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल बीच एक आपसमा भएका
समन्वय र सहकार्य तथा राष्ट्रिय सुरक्षामा नेपाल प्रहरीको भूमिकाको
बारेमा समेत प्रशिक्षण गराउनु भएको थियो ।
सो प्रशिक्षण कार्यक्रमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
नारायणदत्त पौडेल, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका विषयविज्ञ प्रमुख
नारायण अधिकारी लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको
थियो ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्धारा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई विविध विषयमा प्रशिक्षण | |
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा
संचालित सातौ एपीएफ कमाण्ड तथा स्टाफ कलेज.....ReadMore |
/uploads/news/CZVQaErbTAqKMAe2TPJ0hw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान :- नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको यही फागुन ४
गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव
महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेशकुमार श्रेष्ठलाई सशस्त्र
प्रहरी महानिरीक्षक राजु अर्यालले फागुन १६ गते दर्ज्यानी चिन्ह प्रदान
गर्नुभएको छ ।
दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी हुनुभएका सशस्त्र
प्रहरी महानिरीक्षक अर्यालले सोही ठाउँमा संयुक्त राष्ट्रसंघको
प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रुपमा कार्यरत रहनु
भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान
गर्नुभएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान :- | |
नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको यही फागुन ४
गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपर.....ReadMore |
/uploads/news/bHNPlnG8hQRFfCaX6ryHVQ==.jpg
सशस्त्र प्रहरीद्वारा काठको कोईलासहित तीन वटा ट्याक्टर नियन्त्रणमा :- पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट फागुन १८
गते सशस्त्र प्रहरीले करीव १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोईला र
तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
भन्सार छली अवैध रुपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको
ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोईला तथा ट्याक्टर
सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजाहाले नियन्त्रणमा लिएको हो । ट्याक्टर
जाँच गर्ने क्रममा उक्त ट्याक्टरका चालक भने फरार भएका थिए ।
नियन्त्रणमा ल्याईएको कोईलासहितको तीन वटै ट्याक्टर आवश्यक कारवाहीको
लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा काठको कोईलासहित तीन वटा ट्याक्टर नियन्त्रणमा :- | |
पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट फागुन १८
गते सशस्त्र प्रहरीले करीव १५ लाख ९८ हजार.....ReadMore |
/uploads/news/no-image-new.jpg
श्रोत नखुलेको भारती रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :- श्रोत नखुलेको ७ लाख २० हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले मोरङ
जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार ईलाकाबाट फागनु १७
गते दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने ३९ वर्षिय सुरेन्द्र कुमार र ३३ वर्षिय सहनी गुप्तालाई
सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले उक्त रुपैयाँसहित नियन्त्रणमा
लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र
प्रहरीले जाँच गर्दा उनीहरुले बोकेको झोलामा फेला परेको उल्लेखित रुपैयाँ
श्रोत खुलाउन नसकेपछि सो रुपैयाँसहित नियन्त्रणमा ल्याईएको हो ।
नियन्त्रणमा ल्याईएका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको
लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।
श्रोत नखुलेको भारती रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :- | |
श्रोत नखुलेको ७ लाख २० हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले मोरङ
जिल्लाको विराटनगर महानगरपालिका १५ स्थि.....ReadMore |
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :- सुनसरी जिल्लाको कोशी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १७ गते
सशस्त्र प्रहरीले ४७ वटा स्पास्मो प्रोक्सिभन प्लस र ४ बोतल डालेक्स डिसी
नाम लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सोही जिल्लाको बराहक्षेत्र नगरपालिका १ बस्ने २८ वर्षिय सुजन श्रेष्ठ र
२१ वर्षिय राज कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीले उक्त
लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
को ३९ प ९२५९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
उनीहरुलाई ड्यूटिमा रहेको सशस्त्र प्रहरी जाँच गर्दा उनीहरुमो साथमा उक्त
लागूऔषध तथा ४ हजार ५ सय ७० नेपाली रुपैयाँ, १ थान मोवाईल सेट र सवारी
दर्ता प्रमाणपत्र १ थान समेत फेला पारेको हो ।
नियन्त्रणमा ल्याईएका दुवै जनालाई बरामद लागूऔषध, मोटरसाईकल र अन्य
सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको
छ ।
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना नियन्त्रणमा :- | |
सुनसरी जिल्लाको कोशी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १७ गते
सशस्त्र प्रहरीले ४७ वटा स्पास्मो प्रोक्सि.....ReadMore |
/uploads/news/PlXeuGYKVXt1M14gJuFl8Q==.jpg
यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडानमा मेडल परेड कार्यक्रम सम्पन्न:- संयुक्त राष्ट्र संघको आह्वानमा यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडान
जुवामा फर्म्ड पुलिस युनिट (एफपीयु)मा कार्यरत नवौं डफ्फाका सशस्त्र
प्रहरी कर्मचारीहरु र UNMISS UNPOL Nepalese Contingent मा कार्यरत
कर्मचारीहरुको फागुन १७ गते यूएन मेडल परेड कार्यक्रम सम्पन्न भएको छ ।
UNMISS OIC SRSG/Deputy SRSG-Political Mr. Guang CONG को प्रमुख
आतिथ्यतामा उक्त मेडल परेड कार्यक्रम सम्पन्न भएको हो ।
साथै विशेष प्रतिनिधि संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्याल, Deputy Force Commandar, Deputy Police Commissioner, UNPOL
Senior Leadership का पदाधिकारी, UNMISS अन्तर्गतका विभागीय प्रमुखहरु,
MIlitary Componant का विशिष्ट अधिकृतहरु तथा FPU Coordinator Cell/Field
Office का पदाधिकारीहरुको समेत मेडल परेडमा उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुभकामना
व्यक्त गर्नुभएको थियो भने UNMISS NEPFPU-1 Juba का Commanding Officer
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाले स्वागत मन्तव्य राख्नु
भएको थियो ।
कार्यक्रम पश्चात सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सकल दर्जाका
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु तथा IPOs (Nepalese
Contiongent)लाई निर्देशन तथा कार्यालय निरीक्षण समेत गर्नुभएको थियो ।
यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडानमा मेडल परेड कार्यक्रम सम्पन्न:- | |
संयुक्त राष्ट्र संघको आह्वानमा यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडान
जुवामा फर्म्ड पुलिस युनिट (एफपीयु)मा कार्य.....ReadMore |
/uploads/news/QYePviZ2bRkIgHwhH84aRw==.jpg
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलबाट निर्देशनः- निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त
पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी
प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरुमा प्रमुखको रुपमा जिम्मेवारी पाएका
सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई
संगठनको लक्ष्य र उद्देश्य अनुरुप कार्य गर्न निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा फागुन १७
गते निर्देशन सम्बोधन कार्यक्रममा उहाँले नेतृत्वमा रहँदा आफु मातहतका
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत जिम्मेवारीबोधका साथ
कार्य गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्नुहुँदै संगठनको लक्ष्य,
उद्देश्य र योजनामा रहेर उच्च स्तरको जिम्मेवारी बोधकासाथ कार्य गर्न
निर्देशन दिनुभयो ।
अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका इकाईहरुको
आधारभूत आवश्यकताको व्यवस्थापनलाई तीब्रता दिनुपर्ने उल्लेख गर्नुहुँदै
बडी मास इन्डेक्स (बिएमआई)का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी
कार्यविधि, २०७९ अनुसारको मापदण्डलाई प्राथमिकताकासाथ लागू गर्नुपर्नेमा
समेत जोड दिनुभयो ।
उहाँले सीमामा हुने अवैध गतिविधि, चोरीतस्करी निकासी नियन्त्रणमा गम्भिर
भएर लाग्न र आर्थिक पारदर्शीतामा शुन्य सहनशिलताको नीति अवलम्वन गरी
मानवअधिकारको पूर्ण पालना गर्दै कर्तव्य निर्वाहमा कटिवद्ध रहन निर्देशन
दिनुभयो ।
उहाँले अन्य सरोकारवाला निकाय र सुरक्षा नियकाहरुसँगको समन्वय, सहकार्य
र सहयोगमा कार्य गर्नुपर्ने बताउनुहुँदै भेटघाट आचारसंहिताको समेत पूर्ण
पालना गरी कुनैपनि प्रकारका जन गुनासोहरु नआउने गरी कार्य गर्न निर्देशन
दिनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले विपद्
व्यवस्थापन तथा जोखिम न्यूनिकरणको लागि समुदायमा आधारित जनचेतनामूलक
कार्यक्रम संचालन गर्दै आफ्नो क्षेत्राधिकार भित्रको संवेदनशिलता,
प्रकृती र विपद् सँग सम्बन्धित प्रतिकार्य योजनाहरु बनाउँदै अघि
बढ्नुपर्ने बताउनुभयो ।
उहाँले सूचना श्रोतको विकास गर्दै स्वच्छ र निश्पक्षताकासाथ
मानवअधिकारको सम्मान गर्दै कुनै पनि प्रकारको कमीकमजोरी नआउने गरी कार्य
गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा
क्षेत्रका हरेक गतिविधिहरुलाई उच्च सतर्कता र चनाखो भई समकक्षीहरुसँग
समन्वय र सहकार्यमा सीमा सुरक्षा व्यवस्थापन, चोरीतस्करी नियन्त्रण
लगायतका कार्यहरु त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्ने बताउनुहुँदै सीमा
सुरक्षाको चुनौतीहरुलाई सुक्ष्म ढंगले अध्ययन गरी चुस्त, दुरुस्त कार्य
गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल सरकार (सम्माननीय प्रधानमन्त्री एवं
गृहमन्त्रीस्तर)को यही फागुन १४ गतेको निर्णयले बाहिनीपति, रा.स.प्र.बल
प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा तालिम शिक्षालयहरुमा
समादेशकको रुपमा खटिईजान लाग्नुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु
र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु लगायत सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलबाट निर्देशनः- | |
निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त
पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहि.....ReadMore |
/uploads/news/IahsPLbPUnPy19uGu7gHHg==.jpg
नक्कली सुनका गहना सशस्त्र प्रहरीद्धारा बरामद कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट फागुन १६
गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली
सुनका गहना बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी
बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो ।
बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको छ ।
नक्कली सुनका गहना सशस्त्र प्रहरीद्धारा बरामद | |
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट फागुन १६
गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ ब.....ReadMore |
/uploads/news/no-image-new.jpg
नारायणी नदिमा हाम फालेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते
बेलुका नारायणी नदिमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै
सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षिय मनिष महतो उक्त नदिमा
हाम फालेका थिए ।
सो बारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र
प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई
घटनास्थल भन्दा करीव १ किलोमिटर तल नदिको बीचबाट जिवितै उद्धार गरेको हो
। उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाईएको छ ।
नारायणी नदिमा हाम फालेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार | |
चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते
बेलुका नारायणी नदिमा हाम फालेका एक जनाको .....ReadMore |
/uploads/news/d9DrIwm0fZiL9UznkgCByQ==.jpg
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री
सडक खण्डबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब २ सय ५८ के.जी गाँजासहित
एउटा गाडी नियन्त्रणमा लिएको छ ।
भुटाहाबाट घुस्कीतर्फ आउँदै गरको बि.आर. १ ए.के. ६१०० नम्बरको स्कारपियो
गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरले जाँच गर्दा उल्लेखित
परिमाणको गाँजा फेला परेपछि गाँजासहित गाडी नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरीले सो गाडी रोक्ने वित्तिकै गाडी चालक गाडी छोडेर भागेका
थिए । गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त गाँजा
फेला परेको हो ।
बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद | |
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री
सडक खण्डबाट फागुन १५ गते सशस्त्र प्र.....ReadMore |
/uploads/news/M0zRMll0sfP0gQECPkiQsA==.jpg
सम्पर्क विहिन भएका घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरद्धारा फेला तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्दीमा नदिमा
बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फागुन १६ गते
फेला पारेको छ ।
सोही जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षिय घिमिरे यही
फागुन १२ गतेदेखि सम्पर्क विहिन रहेको थिए । उनले प्रयोग गरेको स्कुटर
तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दी नदिको
किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो
।
सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद्
व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य
गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानिभित्र फेला पारी बाहिर निकालेको हो
। उनको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।
सम्पर्क विहिन भएका घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरद्धारा फेला | |
तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्दीमा नदिमा
बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहर.....ReadMore |
/uploads/news/LTVJco1qOJkjnUIUcYJVGA==.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित
शिवनगरबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब ५ लाख ८० हजार रुपैयाँ
बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा तथा किराना
सामान सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा किराना सामान भन्सार कार्यालय गौरमा बुझाएको छ ।
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद | |
रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित
शिवनगरबाट फागुन १५ गते सशस्त्र प्रहरीले .....ReadMore |
/uploads/news/ajIERDos3W+2+UCexIgSUQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान प्रस्थान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार
अफ्रिकी मुलुक साउथ सुडानतर्फ प्रस्थान गर्नुभएको छ । जहाँ सशस्त्र
प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ ।
मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा
अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले
संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्नुहुने छ ।
सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक
लाईवेरियामा खटिएको थियो । साउथ सुडानको जुवामा सन् २०१४ मा सशस्त्र
प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो
कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक
दर्जामा रहँदा कमाण्ड सम्हाल्नु भएको थियो । सो मिसनमा हाल १ सय ८० जना
सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।
पछिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली
मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट
भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ ।
सोमबार साउथ सुडानतर्फ प्रस्थान गर्नुभएका महानिरीक्षक अर्याललाई
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत बलका बरिष्ठ
अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई
गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितीमा संगठनको नेतृत्व
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्नु हुनेछ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान प्रस्थान | |
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार
अफ्रिकी मुलुक साउथ सुडानतर्फ प्रस्थान गर्.....ReadMore |
/uploads/news/1EK8lOs0WGqjAIuUyW5i7A==.jpg
फ्रेन्च भाषा प्रशिक्षण तालिम समापन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा फागुन १४ गते
सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृतहरुको लागि संचालित फ्रेन्च भाषा
प्रशिक्षण तालिम समापन भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका
बीच भाषा प्रशिक्षण तालिमको समापन गर्नुका साथै सफलतापूर्वक तालिम
सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रमाणपत्र समेत प्रदान
गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिम पश्चात सशस्त्र
प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा खटिदा भाषाको
रुपमा हुने कठिनाईमा सहजता र कार्यसम्पादन गर्न सघाउ मिल्ने विश्वास
व्यक्त गर्नुभयो ।
उहाँले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा पनि एक
महत्वपूर्ण भाषा रहेको चर्चा गर्नुहँुदै तालिम सफलतापूर्वक सम्पन्न गर्ने
सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठानिक तथा व्यक्तिगत रुपमा समेत
सम्भावनाको बाटो खुलेको बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालमा
फ्रेन्च भाषा प्रशिक्षण तालिम पहिलो पटक संचालन गरिएको तथा यस तालिमलाई
निरन्तरता दिईने बताउनुहुँदै आगामी दिनहरुमा समेत फ्रान्सेली केन्द्रसँग
थप समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एलायन्स फ्रँसेका डेपुटी डिरेक्टर प्रविण विक्रम राणाले
सशस्त्र प्रहरी बल नेपालमा फ्रेन्च भाषा सम्बन्धि कक्षा संचालन गर्न
पाउँदा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनहरुमा पनि फ्रेन्च भाषाको
सहकार्य र समन्वयमा आफू सदैव तयार रहने बताउनुभयो ।
कार्यक्रममा सिनियर अधिकृत, फ्रान्सेली केन्द्रका प्रशिक्षक मुकेश
श्रेष्ठ, जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थित रहेको थियो ।
गत साउन २ गतेदेखि संचालन भएको उक्त फ्रेन्च भाषा प्रशिक्षण तालिममा
सिनियर अधिकृत तथा जुनियर अधिकृत गरी कुल ३७ जना अधिकृतहरुले तालिम
सफलतापूर्वक सम्पन्न गरेको छन् ।
फ्रेन्च भाषा प्रशिक्षण तालिम समापन | |
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा फागुन १४ गते
सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृ.....ReadMore |
/uploads/news/UbbORtnjIhKl4TKHM8TGBA==.jpg
सशस्त्र प्रहरीद्वारा भन्सार छलिको लत्ताकपडा बरामद सशस्त्र प्रहरी बल नेपाल बिओपि जमुनाह बाँकेले फागुन ९ गते करीब २ लाख
७६ हजार रुपैयाँ बराबरको भन्सार छलिको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा बाँके
जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो ।
बरामद सामान नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा भन्सार छलिको लत्ताकपडा बरामद | |
सशस्त्र प्रहरी बल नेपाल बिओपि जमुनाह बाँकेले फागुन ९ गते करीब २ लाख
७६ हजार रुपैयाँ बराबरको भन्सार छलिको लत्ता.....ReadMore |
/uploads/news/YjXW8F9XeU0szcXiRewEYQ==.jpg
९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा
ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई
नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीले रोल्पा जिल्लाको थवाङ्ग
गाँउपालिका–५ बस्ने ४४ बर्षिय कुमार पुन, दाङ जिल्लाको लालमोटिया
गाँउपालिका–१ बस्ने ३९ बर्षिया पुनम पुन र ४१ बर्षिया दिलमाया पुनलाई
नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि
जाँग गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको
हो ।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारवाहीको लागि जिल्ला
प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।
९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा | |
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा
ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरील.....ReadMore |
/uploads/news/eT0zD5bRZDjLqMcm2ShgkQ==.jpg
स्ट्रिप्स नक्सा सम्वन्धि प्राविधिक विषय तथा अध्ययन अभिमुखीकरण तालिम संचालनकाठमाण्डौं,
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भु, काठमाण्डौमा
फागुन १० गतेदेखि तीन दिने ‘स्ट्रिप्स नक्सा सम्वन्धि प्राविधिक विषय तथा
नक्सा अध्ययन अभिमुखीकरण तालिम’ संचालन भएको छ ।
नापी विभागसँगको समन्वय र सहकार्यमा संचालन भएको उक्त तालिमको सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले एक कार्यक्रमकावीच उद्घाटन
गर्नुभयो ।
नेपाल भारत सीमा सम्वन्धि स्ट्रिप्स नक्सा सशस्त्र प्रहरी बल नेपाललाई
उपलव्ध गराउने र सो नक्सा सम्बन्धमा सशस्त्र प्रहरी बल नेपालका
अधिकृतहरुलाई प्रशिक्षण गराउने सम्बन्धी भएको सम्झौता अनुसार उक्त
अभिमुखीकरण तालिम संचालन गरिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले सशस्त्र
प्रहरी बल नेपालमा पहिलो पटक संचालन भएको यस तालिमले सशस्त्र प्रहरी बल
नेपालका अधिकृतहरुलाई सीमा सुरक्षा, सीमा व्यवस्थापन र नक्साको सही
प्रयोगमा सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुहुँदै सीमा सम्बन्धमा
संगठन र राज्यले लिएको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने
बताउनुभयो ।
नापी विभागका दक्ष र विज्ञ प्रशिक्षकहरुद्वारा प्रदान गरिने उक्त
प्रशिक्षण कार्यको लागि धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले यस तालिमले
सीमा क्षेत्रमा आईपर्ने समस्या, समकक्षीहरुसँको सम्बन्ध र समन्वय,
स्ट्रिप्स नक्सा प्रयोग सम्वन्धि आईपर्ने सैद्धान्तिक तथा व्यवहारिक
समस्याहरुलाई समाधान गर्न सहज बनाउने बताउनुभयो ।
उक्त अभिमुखिकरण तालिममा सशस्त्र प्रहरी बल नेपालका २६ जना अधिकृतहरु
प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
स्ट्रिप्स नक्सा सम्वन्धि प्राविधिक विषय तथा अध्ययन अभिमुखीकरण तालिम संचालन | |
काठमाण्डौं,
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भु, काठमाण्डौमा
फागुन १० गतेदेखि तीन दिने ‘.....ReadMore |
/uploads/news/UL3TpoOqYhJ1cGzMRrw82Q==.jpg
सशस्त्र प्रहरीद्वारा गाँजासहित व्यक्ति नियन्त्रणमा रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका ९ लक्ष्मिनियास्थित लाल बकैया
खोलाको बाँध ईलाकाबाट फागुन ७ गते सशस्त्र प्रहरीले पाँच के.जी. गाँजा,
स्प्रिङ तराजु र एक थान मोवाइल सेटसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मिनियाले सोही जिल्लाको
कटहरिया नगरपालिका १ बस्ने विकास दासलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनले झोलामा राखेर ल्याउँदै गरेको
अवस्थामा उल्लेखित परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका दासलाई बरामद गाँजा, तराजु र मोवाइल सेटसहित आवश्यक
कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मिनियामा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा गाँजासहित व्यक्ति नियन्त्रणमा | |
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका ९ लक्ष्मिनियास्थित लाल बकैया
खोलाको बाँध ईलाकाबाट फागुन ७ गते सशस्त्.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ मौलापुर, गौर नगरपालिका २, कटहरिया
नगरपालिका ६ दुधियाभार, परोहा नगरपालिका ९ खाँप र राजपुर नगरपालिका ९
बैरियास्थित सीमा नाकाहरुबाट सशस्त्र प्रहरीले फागुन ८ र ९ गते करीब २
लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामानसहित
एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट र सो गण मातहतका सुरक्षा बेस
तथा बिओपीहरुले उल्लेखित सामानहरु बरामद गरेको हो ।
बरामद सामान तथा मोटरसाइकल भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद | |
रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ मौलापुर, गौर नगरपालिका २, कटहरिया
नगरपालिका ६ दुधियाभार, परोहा नगरपालिका ९ .....ReadMore |
/uploads/news/no-image-new.jpg
काठ काट्दै गरेका व्यक्तिहरु सशस्त्र प्रहरीको नियन्त्रणमा : बाँके जिल्लाको डुडुवा गाँउपालिका २ झोर सामुदायिक वनबाट फागुन ८ गते सालको काठ काट्दै गरेका दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी कालाबञ्जरले करीब ४ लाख ५ हजार रुपैयाँ बराबरकोे १० वटा सालको गोलिया काठसहित सोही गाँउपालिका ३ हलबलडोली बस्ने ४५ बर्षिय वकिल खाँ र ४० बर्षिय जालीम खाँलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद काठसहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।
काठ काट्दै गरेका व्यक्तिहरु सशस्त्र प्रहरीको नियन्त्रणमा : | |
बाँके जिल्लाको डुडुवा गाँउपालिका २ झोर सामुदायिक वनबाट फागुन ८ गते सालको काठ काट्दै गरेका दुई जनालाई सशस्त्र .....ReadMore |
/uploads/news/ybgjghBFs9a8X6BB2e43BA==.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुर बाँकेले फागुन ९ गते करीब २ लाख ९
हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त लत्ताकपडा बाँके
जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो ।
बरामद लत्ताकपडा नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद | |
सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुर बाँकेले फागुन ९ गते करीब २ लाख ९
हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ता.....ReadMore |
/uploads/news/AZHVrFLYR1KbPNAHtBbvNg==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानः– नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४
गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव
महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयमा फागुन ८ गते आयोजित एक समारोहका बीच दर्ज्यानी चिन्ह
प्रदान गर्नुभएको छ ।
दज्र्यानी चिन्हबाट शुसोभित हुनुहुने बरिष्ठ अधिकृतहरुमा सशस्त्र प्रहरी
नायव महानिरीक्षकहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम
थापा हुनुहुन्छ ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि
पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै बढुवासंगै बढेको पदिय
जिम्मेवारीलाई अझबढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न
निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व
गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्नुहुँदै
समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र
मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिनुभयो ।
उहाँले बढुवा भएका अधिकृतहरुलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप
जिम्मेवारी दिईएको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचको
रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नती भएकोले यो एउटा ऐतिहासिक
पदोन्नती भएको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहेपनि
त्यहाँ संगठनसंग सम्बन्धित हरेक पक्षहरुमा पथ प्रदर्शक र रोलमोडल बन्नु
पर्ने उल्लेख गर्नुहुँदै संगठनले बिभिन्न पक्षहरुमा सुधारको योजनाहरु अघि
सारेको र यस्ता योजनाहरु प्रभावकारी रुपमा गराउन सकल दर्जाका
राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।
उहाँले संगठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धार जस्ता कार्यहरुको
माध्यमबाट सशक्त सुरक्षा संगठनको रुपमा उभ्याउन सवैले आ–आफ्नो तह र
तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुहँुदै आफ्नो पेशागत
जिम्मेवारी र संगठनप्रति पूर्ण निष्ठावान भई अनुशासित र
ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा अब्बल रुपमा प्रस्तुत हुनुपर्ने
बताउनुभयो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती
अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु
नारायणदत्त पौडेल, चन्द्र प्रकश गौतम र बंशीराज दाहाल, सशस्त्र प्रहरी
परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ
अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानः– | |
नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४
गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ .....ReadMore |
/uploads/news/cxscMua86NOl0yOXSJ0w1A==.jpg
सैनिक कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत अधिकृतहरूबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमणकाठमाडौं,
नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित सि.सं. २९ कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत ९२ जना प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको फागुन ०५ गते अवलोकन भ्रमण गर्नुभएको छ ।
महासेनानी भिम शंकर वनको नेतृत्वमा अवलोकन भ्रमणमा आएका प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी बल नेपालको सङ्ग्राहलय र विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरुको अवलोकन गर्नुभएको थियो ।
अवलोकन भ्रमणको क्रममा उहाँहरुलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिष्णु प्रसाद भट्टले सशस्त्र प्रहरी बल नेपालको परिचय, विकासक्रम, काम कर्तव्य र अधिकार, वर्तमान अवस्थामा सशस्त्र प्रहरी बल नेपालको परिचालन लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्यका क्षेत्रहरु, आन्तरिक सुरक्षा चुनौतीहरु, समस्या एवं भावि कार्यदिशा लगायतका विषयमा अन्तरक्रिया गर्नुभएको थियो ।
अवलोकन भ्रमण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
उक्त कोर्समा अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, केन्या र नाईजेरीया लगायत नेपालबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको छ ।
सैनिक कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत अधिकृतहरूबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण | |
काठमाडौं,
नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित सि.सं. २९ कमाण्ड तथा स्टाफ कोर्समा तालिमरत .....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा चोरपैठारीको सामान बरामद मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन ५ गते
सशस्त्र प्रहरीले करीब २ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त सामान सशस्त्र
प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा चोरपैठारीको सामान बरामद | |
मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन ५ गते
सशस्त्र प्रहरीले करीब २ लाख १२ हजार रुपैय.....ReadMore |
/uploads/news/dXzbLmhuKmfL56UfJLqTFA==.jpg
गाँजासहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ७ स्थित देवानगंज पुल नजिकबाट फागुन
०४ गते राति सशस्त्र प्रहरीले करीब २८ के.जी.गाँजा र ट्रयाक्टरसहित एक
जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपि घुस्की सुनसरीले सोही जिल्लाको दुहबि
नगरपालिका ४ बस्ने २० बर्षिय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको
ट्रयाक्टरमा शंका लागी जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई
लुकाई छिपाई ल्याउँदै गरेको ३ वटा बोराभित्र १४ पोकामा उल्लेखित परिमाणको
गाँजा फेला परेको हो ।
नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको
लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।
गाँजासहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा | |
सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ७ स्थित देवानगंज पुल नजिकबाट फागुन
०४ गते राति सशस्त्र प्रहरीले करीब २८ के......ReadMore |
/uploads/news/90yn7E8qv1m6uQS4oHRLfQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद
प्रतियोगिता–२०७९’मा सहभागी भई विभिन्न विधामा स्वर्ण पदक जित्न सफल
नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान
गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ३ गते आयोजित समारोहमा
सो प्रतियोगितामा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ
क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।
यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षक, व्यवस्थापक तथा
नेपाल एपीएफ क्लबलाई सहयोग पुर्याउनु हुने महानुभावहरुलाई समेत सम्मान
गर्नुभएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु
नारायणदत्त पौडेल र बंशीराज दाहालले रजत तथा कास्य पदक विजेता
खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।
गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न
स्थानहरुमा संचालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ
क्लवले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी
कुल २ सय १९ पदक सहित दोश्रो स्थान हासिल गरेको थियो ।
कूल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल,
नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा ५ सय ४९ जना खेलाडीहरुको
सहभागिता रहेको थियो ।
उक्त समारोहमा सो प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई
जनही तथा सामुहिक खेलतर्फ दुई वा दुई भन्दाबढि विधातर्फ सहभागी भई पदक
विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान
गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा नवौं राष्ट्रिय खेलकुद
प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलाडीहरुको ज्ञान, सिप र
क्षमताको संगठनले उच्च उल्यांकन गरेको बताउनुहुँदै उहाँले आगामी दिनमा
समेत खेलाडीहरुले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने
विश्वास व्यक्त गर्नुभयो ।
नेपाल एपीएफ क्लबबाट सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा
उत्कृष्ट खेल प्रदर्शन गरेवापत सशस्त्र प्रहरी बल नेपालले गत माघ ९ गते
सशस्त्र प्रहरी दिवसको अवसर पारेर पहिलो पटक १६ जना खेलाडीहरुलाई एक तह
बढुवा गर्दै दज्र्यानी चिन्ह प्रदान गरेको थियो ।
उहाँले खेलाडीहरुले प्राप्त गरेको सफलतालाई कायम राख्दै अझै राम्रो र
उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिनुहुँदै आगामी दिनमा नेपाल एपीएफ
क्लबलाई थप विकास गर्दै लैजाने उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले क्लबमा आवद्ध सम्पूर्ण खेलाडी तथा
क्लबलाई सहयोग पुर्याउने संघसंस्था र महानुभावहरुप्रति आभार समेत व्यक्त
गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र
वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सिनियर
अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो
।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान | |
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद
प्रतियोगिता–२०७९’मा सहभागी भई विभिन्न विध.....ReadMore |
/uploads/news/063HtEqQKy5JOZSdtawJlg==.jpg
सशस्त्र प्रहरीद्वारा गाँजा र गाडीसहित व्यक्ति नियन्त्रणमामकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व-पश्चिम लोकमार्गबाट
फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक
जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा
नगरपालिका ३ बस्ने बिशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा
जाँच गर्दा गाडीको क्याविनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला
पारेको थियो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित
आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ ।
सशस्त्र प्रहरीद्वारा गाँजा र गाडीसहित व्यक्ति नियन्त्रणमा | |
मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व-पश्चिम लोकमार्गबाट
फागुन १ गते राति सशस्त्र प्रहरीले .....ReadMore |
/uploads/news//QziffX4rpP9pkqNsI0R2Q==.jpg
श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीको नियन्त्रणमा :- सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगंजले श्रोत नखुलेको ८ लाख नेपाली
रुपैयाँसहित माघ २९ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित
शंकराचार्य गेटबाट सोही महानगरपालिका १६ ईनर्वा बस्ने २५ बर्षिय प्रवेश
कुमारलाई नियन्त्रणमा लिएको हो ।
बिआर ०५ एभी ३४७७ नम्बरको मोटरसाईलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरको उक्त रुपैयाँको श्रोत
खुलाउन नसकेपछि नियन्त्रणमा लिर्ईएको हो ।
सशस्त्र प्रहरीले उनको साथबाट १ हजार दरको ७ सय ५० वटा र १ सय दरको ५ सय
वटा नोट फेला पारेको छ । उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीको नियन्त्रणमा :- | |
सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगंजले श्रोत नखुलेको ८ लाख नेपाली
रुपैयाँसहित माघ २९ गते एक जनालाई नियन्त्रण.....ReadMore |
/uploads/news/VseT0tbWR9P3rnjpwWnJrg==.jpg
सशस्त्र प्रहरीद्वारा रोकायको शव फेला: सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी
खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले
माघ २७ गते फेला पारेको छ ।
माघ २६ गते डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ बर्षिय मकर
रोकाय र २१ बर्षिय बि.बि.रोकाय सो नदीमा पौडी खेल्ने क्रममा डुवेर
वेपत्ता भएका थिए ।
सो बारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी
बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले
बि.बि.रोकायको शव फेला पारेको हो । अर्का एक जनाको खोजीकार्य भईरहेको छ ।
सशस्त्र प्रहरीद्वारा रोकायको शव फेला: | |
सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी
खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक .....ReadMore |
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको गहुँसहित ट्याक्टर नियन्त्रणमा:- रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ७ स्थित वनगाईबाट माघ २५ गते
सशस्त्र प्रहरीले करीव ९ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ
तथा एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले लु ३ त १९१९ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ
ल्याउँदै गरेको उक्त गहुँ सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डा र बिओपी
मजगावाले नियन्त्रणमा ल्याएको हो ।
बरामद गहुँ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय
भैरहवामा बुझाईएको छ ।
चोरीपैठारीको गहुँसहित ट्याक्टर नियन्त्रणमा:- | |
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ७ स्थित वनगाईबाट माघ २५ गते
सशस्त्र प्रहरीले करीव ९ लाख ५० हजार रुपैय.....ReadMore |
/uploads/news/no-image-new.jpg
खैरो हिरोईन जस्तो देखिने धुलोसहित दुई जना नियन्त्रणमा :- खैरो हिरोईन जस्तो देखिने करीव दुई ग्राम धुलोसहित सशस्त्र प्रहरीले
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ३ फुटाहा स्थित सीमा ईलाकाबाट माघ
२५ गते दुई जनालाई नियन्त्रमा लिएको छ ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका १० बस्ने २० वर्षिय बरिष्ठ बहादुर
शाही र २० वर्षिय दिपेन्द्र न्यौपानेलाई उक्त धुलोसहित सशस्त्र प्रहरी बल
नेपाल फरवार्ड सुरक्षा वेश फुटाहाले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको उक्त खैरो हिरोईन जस्तो देखिने धुलोसहित उनीहरुलाई आवश्यक
कारवाहीको लागि ईलाका प्रहरीका कार्यालय मैनापोखरीमा बुझाईएको छ ।
खैरो हिरोईन जस्तो देखिने धुलोसहित दुई जना नियन्त्रणमा :- | |
खैरो हिरोईन जस्तो देखिने करीव दुई ग्राम धुलोसहित सशस्त्र प्रहरीले
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ३ फु.....ReadMore |
/uploads/news/JW7yFkMeRYh6p1KiornVRA==.jpg
१८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमाः- हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २
हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज
महानगरपालिका १६ स्थित बीरगंज रक्सौला सडकखण्डबाट माघ २५ गते दुई जनालाई
नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने २६ वर्षिय राकेश कुमार र २७ वर्षिय प्रसंजित कुमारलाई
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक
सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश
कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख
नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत
फेला परेका थियो । साथै फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन
नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाईएको छ ।
१८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमाः- | |
हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २
हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले प.....ReadMore |
/uploads/news/Vlj+NYpXDVoX55IQO7xd1A==.jpg
प्रशासनिक व्यवस्थापन तालिम उद्घाटन राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा माघ २२
गतेदेखि सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि सि.सं. २
प्रशासनिक व्यवस्थापन तालिम संचालन भएको छ ।
उक्त तालिमको सोही प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिममा सहभागी
प्रशिक्षार्थी अधिकृतहरुले तालिमलाई व्यावसायिक ज्ञान, कला कौशल सिक्ने
महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने बताउनुहुँदै यस्ता व्यावसायिक तालिमले
पेशागत दक्षता अभिबृद्ध गर्नुको साथ व्यावसायिक जीवनमा समेत टेवा
पुर्याउने उल्लेख गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक
कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न यस किसिमको
तालिमले थप मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
पाँच हप्ता अवधिको उक्त तालिममा ७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र
२० जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल २७ जना सशस्त्र प्रहरी
अधिकृतहरुको सहभागित रहेको छ ।
कार्यक्रममा सो प्रतिष्ठानका सिनियर अधिकृत, जुनियर अधिकृत लगायत
विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।
प्रशासनिक व्यवस्थापन तालिम उद्घाटन | |
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा माघ २२
गतेदेखि सशस्त्र प्रहरी बल नेपालका सिनि.....ReadMore |
/uploads/news/t+lpon1Dye7WTNjUw30tZw==.jpg
भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना
व्यक्तिको सशस्त्र प्रहरीले माघ २० गते सकुशल उद्वार गरेको छ ।
सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षिय गौतम
गिरी हिड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए ।
सो बारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका
पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव
शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करीव १५ मिटर
तलबाट सशुकल उद्वार गरेको हो ।
उद्वार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएईको
साथै उनको अवस्था भने सामान्य रहेको बताईएको छ ।
भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार | |
पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना
व्यक्तिको सशस्त्र प्रहरीले माघ २० गते .....ReadMore |
/uploads/news/V6JJLLloVVLMsVFZVhdDDw==.jpg
सशस्त्र प्रहरिको इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोट सहित दुई जना पक्राउ : सशस्त्र प्रहरि बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँ सहित शनिबार सांझ दुई जनालाइ नियन्त्रणमा लिएको छ ।सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट उनिहरुलाइ नियन्त्रणमा लिइएको हो । नक्कली नोट सहित नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित लाहान नगरपालिका वडा नम्बर १९ स्थायि घर भएका वर्ष ३० का माेहम्मद ओसिन र सोहि नपा १० स्थायी घर भएका २२ वर्षिय माेहम्मद राज शेख रहेका छन् ।विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनिहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट , नोट बनाउन प्रयोग गरिने कागजको बण्डल , दुई थान मोबाइल सेट , ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको छ । उनिहरुलाइ बरामद सामान सहित आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ ।
सशस्त्र प्रहरिको इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोट सहित दुई जना पक्राउ : | |
सशस्त्र प्रहरि बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँ सहित शनिबार सांझ दुई जन.....ReadMore |
/uploads/news/oSkr6mGpZyfXACKQeZ8HUQ==.jpg
सीमा सुरक्षा तथा व्यवस्थापन तालिम समापन:- राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित
सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) समापन भएको
छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले माघ १५ गते
एक कार्यक्रमका बीच उक्त तालिमको समापन गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमले सो तालिममा सर्वप्रथम हुन
सफल सशस्त्र प्रहरी निरीक्षक बिमल बानियाँलाई पुरस्कार तथा प्रमाणपत्र
प्रदान गर्नुको साथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने अधिकृतहरुलाई
हार्दिक बधाई दिनुभयो ।
उहाँले सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रणको लागि
संगठनले सीमा सुरक्षालाई अझ सुदृढ र सीमा अनुगमनलाई प्रविधिमैत्री
बनाउँदै लैजाने योजनाकासाथ अघि बढेको चर्चा गर्नुहुँदै सीमा सम्बन्धी
विषयमा संगठनले मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुको
समेत विशेष चासो रहने बताउनुभयो ।
तालिमले व्यक्तिको ज्ञान, सीप र धारणालाई परिवर्तन गर्नुका साथै
कार्यक्षेत्रमा परिचालन हुँदा विगतमा भन्दा फरकपन ल्याउँने विश्वास
व्यक्त गर्नुहुँदै उहाँले सीमामा खटिने सशस्त्र प्रहरी अधिकृतहरुलाई सीमा
सुरक्षामा त्रुटिरहित ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो ।
६ हप्ता अवधिको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र
प्रहरी नायव उपरीक्षकहरु र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५
जना अधिकृतहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सीमा सुरक्षा, सीमा
अपराध, ऐन नियम, मानवअधिकार, नेतृत्व तथा व्यवस्थापन, सूचना संकलन, नक्सा
अध्ययन र भन्सार सुरक्षा लगायतका विविध विषयमा प्रशिक्षण गराईएको थियो ।
कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका
कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत
सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो
सीमा सुरक्षा तथा व्यवस्थापन तालिम समापन:- | |
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित
सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन ता.....ReadMore |
/uploads/news/F8ASwaCwrWVxuAycs2tSng==.jpg
दुर्लभ कस्तुरीमृगको विना र चाँदीसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा:- दुर्लभ कस्तुरीमृगको विनासहित सशस्त्र प्रहरीले गत पौष २९ गते महोत्तरी
जिल्लाको बर्दिवास नगरपालिका ३ गौरीवास बस्ने ४४ वर्षिय यादवराज
घिमिरेलाई नियन्त्रणमा लिएको छ ।
साथै उनको साथबाट करीव ५ लाख ७८ हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका
चाँदीको गरगहना समेत बरामद भएको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याई चीनतर्फ लैजाने योजनाकासाथ ल्याईएको
उक्त कस्तुरीमृगको विना सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर
नगरपालिका ४ बाहुनडाँगी सडकखण्डबाट उनलाई नियन्त्रणमा लिईएको हो ।
मे ५ प २२०४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
घिमिरेलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरी
निरीक्षक विदुर भट्टराईको टोलीले जाँच गर्दा उनको साथमा उक्त
कस्तुरीमृगको विना र चाँदी फेला पारेको हो । साथै बरामद पश्चात उक्त सामाग्री
आवश्यक अनुसन्धानको लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटार
ललितपुर पठाईएकोमा उक्त प्रयोगशालाले समेत सो कस्तुरीमृगको विना प्रमाणीत
गरेको हो ।
बरामद चाँदी मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ भने पक्राउ
परेका घिमिरेको साथमा फेला परेको कस्तुरीमृगको विना र उनले प्रयोग गरेको
उक्त मोटरसाईकल आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय झापामा
बुझाईएको थियो ।
दुर्लभ कस्तुरीमृगको विना र चाँदीसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा:- | |
दुर्लभ कस्तुरीमृगको विनासहित सशस्त्र प्रहरीले गत पौष २९ गते महोत्तरी
जिल्लाको बर्दिवास नगरपालिका ३ गौरीवास .....ReadMore |
/uploads/news/XtHw1KD96sV+YRaBx6UYvQ==.jpg
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) २२औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित सन्ध्याकालिन विशेष समारोहमा सरिक : -काठमाडौं,
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सशस्त्र प्रहरी बल,
नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार ‘२२औं सशस्त्र प्रहरी
दिवस २०७९’को अवसरमा आयोजित सन्ध्याकालिन विशेष समारोहमा सरिक हुनुभएको छ
।
सो अवसरमा प्रधानमन्त्री दाहालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार
चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण
गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव
महानिरीक्षक ज्ञानेन्द्रराज राईलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’
समेत प्रदान गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्री दाहालले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट
बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी
मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर
खड्कालाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल,
नेपालद्वारा प्रकाशित सचित्र पुस्तक "ARMED POLICE FORCE, NEPAL" को
विमोचन समेत गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्री दाहालले विशेष समारोहमा सम्बोधनको क्रममा देश र
जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका
संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत
अमर सशस्त्र प्रहरीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्नुहुँदै कर्तव्य
पालनाको सिलसिलामा घाईते सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य
लाभको कामना गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बलबाट हुने उद्धारका कार्य, सामूहिक व्यायाम वा
सांकृतिक कार्यक्रम मौलिक र सृजनशिल तारिकाबाट हुने बताउनुहुँदै राजनीतिक
संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरी बल नेपालले मुख्यतय २०६४
सालको निर्वाचनमा खेलेको नेतृत्वदायी भुमिकाको साथै २०७०, २०७४ र २०७९
सालमा सम्पन्न आम निर्वाचनहरु शान्तिपूर्ण, निश्पक्ष र भयरहित वातावरणमा
सम्पन्न गराउन निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले २०७२ सालको
विनाशकारी भूकम्प लगायत विभिन्न समयमा भएका प्राकृतिक तथा मानवसृजित
विपत्तीमा आफ्नो ज्यानको प्रवाह नगरी वीरताका साथ खटिएर जनताको जीवन
रक्षाको लागि कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेको उल्लेख
गर्नुहुँदै सीमित साधनश्रोत र चुनौतीको विचमा पनि सुरक्षा र विपद्
व्यवस्थापनको क्षेत्रमा राष्ट्रसेवकहरुको कृयाशिलता र सकारात्मक परिणामको
मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्री दाहालले नेपालको सीमा सुरक्षामा सशस्त्र प्रहरी
बल नेपाल डेडिकेटेड फौजको रुपमा हिमालदेखि तराईसम्म कठिन भौगोलिक तथा
वातावरणीय प्रतिकूलता, सीमित पूर्वाधारका वावजुद परिचालित रहेको उल्लेख
गर्नुहुँदै नेपालको सीमा सुरक्षाको लागि पूर्व, पश्चिम, उत्तर, दक्षिण
सवैतिर परिचालन गर्न र त्यसका लागि आवश्यक साधनश्रोत, तालिम र
प्रोत्साहनको व्यवस्था गर्न नेपाल सरकार प्रतिवद्ध रहेको कुरा व्यक्त
गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल, नेपालले आफुलाई प्राप्त सवै प्रकारका
भूमिकालाई उच्च साहास, इमान्दारी एवं व्यावसायीकताका साथ सम्पादन गरेको
बताउनुहुँदै राजश्व संकलनमा पु¥याएको सहयोग र महत्वपूर्ण व्यक्ति तथा
प्रतिष्ठानको सुरक्षा, आन्तरिक सुरक्षा, कानून कार्यान्वयन, देशमा शान्ति
सुरक्षा र अमन चयन कायम गर्ने तथा जनताको जीउधनको सुरक्षामा पुर्यायएको
योगदानको उच्च प्रशंसा गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका सामान, सवारी
साधन र भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण र जनशक्तिको लागि नेपाल
सरकारको तर्फबाट यथासम्भव पहल हुने बताउनुहुँदै संवैधानिक सर्वोच्चता र
कानूनी शासनको मान्यतालाई आत्मसाथ गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय
अखण्डताको रक्षा, जनताको जीउधनको सुरक्षा, समाजिक सद्भावको विकास र समय
परिस्थिति अनुसार नेपाल सरकारबाट प्रदान गरिएको आदेश तथा निर्देशनहरुलाई
पालन गरी अनुशासित, नैतिकवान, व्यावसायीक एवं कर्तव्यनिष्ठ भई सवै
निकायहरुसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालन हुन सशस्त्र
प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।
उहाँले मानव अधिकारको पूर्णपालना, भ्रष्टाचार तथा लैंगिक विभेदमा शून्य
सहनशीलताका नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मनमस्तिष्क
जित्ने गरी देश र जनताको सेवा र सुरक्षा प्रदान गर्ने कार्यमा संगठनको
सफलताको कामना गर्नुहुँदै सूचना प्रविधिको विकासले मानव जीवनमा सकारात्मक
प्रभाव मात्र नभई अपराधहरुको चरित्रमा समेत बहुआयमिक फेरबदल भईरहेको
चर्चा गर्नुहुँदै वर्तमान विश्व परिवेशलाई मुल्यांकन गरी बदलिँदो सुरक्षा
चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोही अनुसार परिचालित
हुन निर्देशन दिनुभयो ।
साथै उहाँले नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय
रणनैतिक लक्ष्यलाई सफल बनाउन सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुले आफ्नो
क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त
गर्नुभयो ।
सो समारोहका विशिष्ट अतिथि माननीय उपप्रधान एवं गृहमन्त्री रवि
लामिछानेले स्वदेश तथा विदेशमा विभिन्न जिम्मेवारी र नियुक्तीमा रहि
आफ्नो भूमिका निर्वाह गरिरहेका सशस्त्र प्रहरी कर्मचारीहरु ‘काँधमा
जिम्मेवारी, लक्ष्यमा इमान्दारी र मस्तिष्कमा समझदारी’ राखेर कार्य गर्ने
प्रेरणा मिलोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
माननीय उपप्रधान एवं गृहमन्त्री लामिछानेले अवकाश प्राप्त सशस्त्र
प्रहरी कर्मचारीहरुको निवृत्त जीवन सुखमय बनोस, अनुकुल र व्यावसायीक
क्षमतालाई आगामी दिनमा पनि प्रयोग गरी समृद्ध नेपाल निर्माणको अभियानमा
टेवा पुर्यावउन सकियोस् भन्ने शुभकामना व्यक्त गर्नुहुँदै देश र जनताको
सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालमा आवद्ध भई कर्तव्य पालनको सिलसिलामा
वीरगति प्राप्त गर्नुभएका प्रथम सशस्त्र प्रहरी महानिरीक्षक स्वार्गीय
कृष्णमोहन श्रेष्ठ लगायत दिवंगत सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी
कर्मचारीहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बलले स्थापनाको २२औं वार्षिकोत्सव मनाई रहँदा
विभिन्न कालखण्ड पार गर्दै आईरहेको स्मरण गर्नुहुँदै स्थापनाकालका
सुरुवाती वर्षहरुमा श्रोतसाधन र जनशक्तिको अभावका कारण कार्यक्षमतामा कमि
देखिएको भएपनि क्षम्य भएको बताउनुहुँदै संगठन अहिले पूर्ण बयश्क अवस्थामा
प्रवेश गरिसकेकोले नयाँ संगठन भनेर कुनै हालतमा क्षमा पाउने अवस्था छैन
तसर्थ सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीहरुले आफ्नो उर्जा र
क्षमताको अधिकतम उपयोग गरी संगठनको बयश्क समयलाई जीवन्तता दिनुहुने छ र
यसमा गृहमन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा
सुरक्षा एवं व्यवस्थापन, विपद् व्यवस्थापन, सम्पूर्ण प्रतिष्ठान तथा
व्यक्तिहरुको सुरक्षा, औद्योगिक एवं राजश्व संकलनमा उल्लेखनीय भूमिका
निर्वाह गर्दै आईरहेको उल्लेख गर्नुहुँदै ऐनको कार्यादेश र राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय परिस्थितिको मुल्यांकन र अध्ययन गरी जनशक्ति तयार गर्नु
र देशको आवश्यकता र क्षमता बमोजिम सशस्त्र बल नेपाललाई थप मजवुद बनाउन
कानून एवं नीतिगत सुधार लगायत श्रोतसाधन उपलब्ध गराउनुपर्ने आवश्यकता
रहेको बताउनुहुँदै उहाँले भन्नुभयो–‘सुरक्षा फौज जहिले पनि कडा मेहेनत
गर्नुपर्ने संगठन हो, शान्त अवस्था भनेको कठिन समयको तयारी अवस्था हो,
‘लडाईमा शान्ति स्थापना गर्ने हो भने शान्तिमा लडाईको तयारी गर्नुपर्छ ।’
सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बल मार्फत सुरक्षा र विकासको
कार्यक्रम संचालन गरिने नीति लिइएको बताउनुहुँदै उहाँले यसबाट सीमा
क्षेत्रको भौतिक विकासका साथै सीमा क्षेत्रमा राष्ट्रभक्तिको भावना अझ
बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल विपद् जोखिमको हिसावले उच्च स्थानमा रहेको र कुनै पनि विपद्लाई
रोक्न नसकेनि आवश्यक पूर्व तयारी गरी विपत्तीको न्यूनिकरण गर्न सकिने
उल्लेख गर्नुहुँदै उहाँले विपद् व्यवस्थापनका लागि थप जनशक्ति निर्माण
गर्न, श्रोतसाधन उपलब्ध गराउन र आवश्यक नीति निर्माणमा समेत मन्त्रालयले
विशेष भूमिका खेल्ने बताउनुभयो ।
नेपाल सरकारले २०७२ को भूकम्प र तत्पश्चातका विभिन्न विपद्का घटना
पश्चात उद्धारमा सशस्त्र प्रहरी बलले गरेको कामको उच्च मुल्यांकन गर्दै
अबोप्रान्त हुनसक्ने विपद्मा प्रभावकारी भूमिका निर्वाह गर्न थप
श्रोतसाधान उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुहुँदै दुषित मनसायले
कहिले पनि कार्य नगर्न निर्देशन दिनुभयो ।
धन्यवादको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र
देशवासीको हितको लागि नेपाल सरकारले लिएको सुशासन, समृद्धि र आर्थिक
बृद्धिको लक्ष्य प्राप्तीको लागि सशस्त्र प्रहरी बल नेपालाई निर्दिष्ट
कार्यादेशहरु ईमान्दारिताकासाथ पालना गर्दै आईरहेको बताउनुहुँदै नेपाली
जनताको सेवा, सुरक्षामा सेतीको खोचदेखि गोक्यो हिमतालको बीच भागसम्म
पुगेको सशस्त्र प्रहरी बल नेपाल भुकम्पको भग्नाअवशेषसम्म पुग्नुको साथै
बाढि, पहिरो, र आगलागी नियन्त्रण लगायत आपत् विपद्का परेका नागरिकहरुको
उद्वार कार्यमा सकृयताकासाथ खटिई आईरहेको बताउनुभयो ।
उहाँले हालै सम्पन्न भएको संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन
शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालले
खेलेको अहम भूमिकाको प्रशंसा गर्नुहुँदै तराईको गर्मीदेखि हिमालको
कठ्यांग्रीदो जाडोसम्म आफ्नो कर्तव्य पालनामा अविचलित नभई खटिई रहेका
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट
गर्नुभयो ।
महानिरीक्षक अर्यालले संगठन सुधारका कार्यहरुको लागि संस्थागत, संरचनागत
तथा नीतिगत सुधारका कार्यहरु तर्जुमा गरी क्रमश कार्यान्वयमा लगिएको
हुँदा उक्त नीति तथा कार्यहरु कार्यान्वयनका लागि नेपाल सरकार तथा नेपाल
सरकारका विभिन्न मन्त्रालय तथा निकायहरुको आवश्यक निर्देशन र सहयोगको
अपेक्षा गरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षालाई थप प्रभाकारी बनाउन हालसम्म
२ सय २८ वटा बिओपीहरु स्थापना गरिएको र सीमा सुरक्षालाई थप व्यवस्थित
बनाउन कम्तीमा ५ सय वटा बिओपी स्थापनाको लागि थप जनशक्ति र भौतिक
संरचनाको अलावा डिजिटल बोर्डर कन्सेप्टलाई आधुनिक उपकरण तत्कालै आवश्यकता
रहेको बताउनुभयो ।
निरन्तर सहयोग र सहकार्यका साथ राष्ट्रसेवाको अविरल यात्रामा संगठनलाई
अनुकरणीय निर्देशन, समन्वय र सहयोगी भूमिका निर्वाह गर्नुहुने नेपाल
सरकार, संवैधानिक निकायहरु, कुटनीतिक नियोगहरु, अग्रज राष्ट्रसेवकहरु,
सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरु, नागरिक समाज लगायत सरोकारवाला सबै
प्रति हार्दिक कृतज्ञाता प्रकट गर्नुभयो ।
नेपाल सरकार तथा गृहमन्त्रालयबाट प्राप्त भएका आदेश तथा निर्देशहरुलाई
अक्षरस पालना गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुहुँदै वार्षिकोत्वसको
अवसरमा लाईभ टाईम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुहुने अवकाश प्राप्त
सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राई र उत्कृष्ट बाहिनी
अवार्ड प्राप्त गर्ने बाहिनीपतिप्रति विशेष धन्यवाद प्रकट गर्नुभयो ।
सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष
प्रसारण गरिएको उक्त विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी
प्रभुराम शर्मा, गृहसचिव विनोद प्रकाश सिंह, संवैधानिक निकायका
प्रमुखहरु, कामठमाडौं महानगरपालिका प्रमुख, प्रहरी महानिरीक्षक धिरज
प्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक,
अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं
सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल,
नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) २२औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित सन्ध्याकालिन विशेष समारोहमा सरिक : - | |
काठमाडौं,
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सशस्त्र प्रहरी बल,
नेपाल प्रधान कार्यालय हल्चोक स.....ReadMore |
/uploads/news/eBzz2qcPN03OI1HqOhpr1Q==.jpg
सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम :-२२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार सशस्त्र प्रहरी महानिरीक्षक
राजु अर्यालको प्रमुख आतिथ्यतामा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न
भएको छ ।
विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर
सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक
सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत अमर
सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको
सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र
स्वास्थ्य लाभको कामना गर्नुभयो ।
साथै अमर सशस्त्र प्रहरीहरुको पवित्र आत्माको चिरशान्तिको लागि अति
आवश्यक पञ्चतत्वको परिपूर्ती गर्न सशस्त्र प्रहरी बल नेपालको ईष्टदेवी
बगलामुखी मन्दिरबाट अग्नि ल्याई स्मृती वाटिकामा अखण्ड ज्योतीको रुपमा
बलिरहने व्यवस्था समेत मिलाईएको छ ।
संगठनलाई निरन्तर समन्वय र सहकार्यकासाथ राष्ट्रसेवाको अबिरल यात्रामा
अनुकरणीय एवं सहयोगी भूमिका निर्वाह गर्नुहुने अग्रज नेतृत्व तथा अवकाश
प्राप्त सशस्त्र प्रहरी कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्नुहुँदै
उहाँहरुको साथ र सहयोगको श्रृखंला भविष्यमा समेत जारी रहेन विश्वास
व्यक्त गर्नुभयो ।
महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवकहरुले राज्यप्रदत्त
कार्यादेशहरु पुरा गर्न पुर्याएको अथक प्रयासहरुको मुक्तकण्ठले प्रशंसा
गर्नुहुँदै सिमित श्रोतसाधनका बावजुद हिमालको कठ्यांग्रीदो जाडो देखि
तराईको गर्मीसम्म आफ्नो ज्यानको प्रवाह नगरी विविध सुरक्षा चुनौतीहरुको
सामना गरी देशमा आईपर्ने प्राकृतिक एवं कृतिम विपत्ति, राज्यको सीमा
सुरक्षा गर्न, शान्ति सु–व्यवस्था कायम गर्न र राजश्व संकलनमा सहयोगी
भूमिका निर्वाह गर्न कार्यक्षेत्रमा पुर्याएएको योगदानको सह्राना
गर्नुभयो ।
व्यावसायिकता, ईमान्दारिता र बफादारितालाई आफ्नो कार्यशैलीको मूलमन्त्र
बनाई संगठनलाई राज्यले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह
गर्नुपर्नेमा जोड दिनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो ‘राष्ट्रसेवा
हाम्रो धर्म हो, यो एउटा अनुपम, अद्वित्तिय र गौरवपूर्ण पेशा हो ।’
प्रत्येक कमाण्डरले आफू स्वयम् नैतिकरुपमा चरित्रवान भई व्यावसायिकता र
असल आचरणको नमुना प्रस्तुत गर्न सकेमा मात्र संगठन बलियो हुने विश्वास
व्यक्त गर्नुहुँदै सकल दर्जाका राष्ट्रसेवकहरुले यही कुरालाई हृदयङ्गम
गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
उहाँले संगठनको बिकास विस्तार एवं सकल दर्जाको सेवा, सुविधा एवं
बृत्तिविकासको लागि सम्बन्धित निकायहरुसँग निरन्तर पहल गरिरहेको
बताउनुहुँदै संगठनका राष्ट्रसेवकहरुलाई श्रोतसाधनको सिमितताको निहुँमा
आफ्नो कर्तव्यबाट बिमुख हुने छुट नरहेको उल्लेख गर्नुभयो ।
विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘वर्ष
जवान–२०७९’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार दिर्घ नारायण पौडेललाई
‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो ।
कदर पत्र प्रदान
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रभातकालिन विशेष समारोहमा
सशस्त्र प्रहरी बल नेपाललाई अनुकरणीय सहयोग पुर्याषउँदै आउनु भएका
विभिन्न संघसंस्था तथा महानुभावहरुलाई उहाँहरुको सहयोगप्रति आभार प्रकट
गर्दै कदरपत्र प्रदान गर्नुभएको छ ।
विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ का समयमा नेपाल एपीएफ अस्पतालबाट
महामारी पीडित नागरिकहरुलाई स्वास्थ्य उपचार सेवा दिलाउनका लागि
महत्वपूर्ण सहयोग पुर्यााउने विश्व स्वास्थ्य संगठनको कार्यालय नेपाल,
पुल्चोक र अस्पतालको सेवालाई उत्कृष्ट बनाउन अनुकरणीय योगदान पुर्याेउने
जि.आई.जेड. नेपाल सानेपा, ललितपुरलाई कदर पत्र प्रदान गर्नुभयो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजना तथा सञ्चालन हुने विभिन्न
खेलकुद प्रतियोगिताहरुमा पोशाक, खेल सामाग्री लगायत विविध खेलकुद
गतिविधिमा सहयोग पुर्या उने कामारु ट्रेडिङ्ग प्रा.लि.(केल्मी नेपाल)का
प्रबन्ध निर्देशक उत्तम न्यौपाने, चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरी
र ब्ल्याक हर्ष सुज ईन्डष्ट्रिज प्रा.लि.का सञ्चालक चिन बहादुर श्रेष्ठ र
सशस्त्र प्रहरी बल नेपालद्वारा निर्माण गरिने टेलिभिजन कार्यक्रम समर्पण
राष्ट्रका लागिमा सहयोग पुर्यालउने कृष्ण पाण्डे, फ्रेञ्च भाषामा अध्ययन
अध्यापन गराउन समन्वयकारी भूमिका निर्वाह गर्नुहुने अलायन्स फ्रँसेका
उपनिर्देशक प्रविण बिक्रम राणा र प्रशिक्षक मुकेश श्रेष्ठलाई महानिरीक्षक
अर्यालले कदरपत्र प्रदान गर्नुभयो ।
प्रभातकालिन विशेष समारोहमा विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त
गर्नुभएका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु शैलेन्द्र खनाल,
पुष्पराम के.सी., अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
रामशरण पौडेल लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ अधिकृत तथा सकल
दर्जाका ४३ जना राष्ट्रसेवकहरुलाई सेवाकालिन योगदानको उच्च कदर गर्दै
आगामी दिनमा सुझाव र सहकार्यको अपेक्षाका साथ कदरपत्र प्रदान गरिएको छ ।
कर्तव्य पालनाकै सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी नायव
उपरीक्षक स्व.निर्मल गुरुङ्गको स्मृतीमा सि.सं. ३ सशस्त्र प्रहरी
निरीक्षक आधारभूत तालिमका अधिकृतहरुद्वारा स्थापित २ लाख ५० हजार राशीको
स्व.निर्मल गुरुङ्ग स्मृती अक्षयकोषबाट वहाँकी आमालाई २५ हजार रुपैयाँ र
सम्मान पत्र प्रदान गरिएको छ ।
ब्याज र कदर पत्र सहित IG APF Commendation
विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पुर्या उनु हुने व्यक्ति
तथा संघसंस्थालाई संगठनबाट यसै वर्षदेखि पहिलो पटक शुरुवात गरिएको कदर
पत्र सहितको IG APF Commendation ब्याज संस्थापक महानिरीक्षक स्व.
कृष्णमोहन श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक स्व. सहबिर थापा लगायत ३१
जना महानुभावहरुलाई र पेशागत दक्षता प्रदर्शन गर्दै उत्कृष्ट कार्य गर्ने
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश
गौतम, बंशिराज दाहाल लगायत ३६ जना राष्ट्रसेवकहरुलाई कदर पत्र सहितको IG
APF Commendation ब्याज प्रदान गर्नुभयो ।
एपीएफ सम्मान
कर्तव्य पालनाकै सिलसिलामा सशस्त्र द्वन्द्व ताका घाईते भई उपचाररत
सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित र २०७९ साल माघ १ गते भएको विमान
दुर्घटनामा कठीन पूर्ण उद्दारमा खटिएर उत्कृष्ट कार्य गरेका ७ जना
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई एपीएफ सम्मानद्वारा सम्मानित
गरिएको छ ।
बिशेष बढुवा
खेलकुदको माध्यमबाट राष्ट्र र संगठनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा
परिचित गराउन सफल तथा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय
कीर्तिमान बनाउन सफल भएका १६ जना खेलाडी सशस्त्र प्रहरी जवानहरुलाई सोही
समारोहमा एक तह विशेष बढुवाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
रनिङ्ग अवार्ड
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका
क्रममा देशभरका इकाईहरुबाट यस वर्ष सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी
बल, नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, सशस्त्र प्रहरी बल,
नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल
नं. १८ गुल्म हे.क्वा. दोलखा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट, कप्तानगंज सुनसरीलाई रनिङ्ग अवार्ड प्रदान गर्नुभयो ।
बिभूषण सुशोभन
सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न मितिमा संविधान दिवसका अवसरमा
घोषित बिभूषणहरु मध्ये सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अलंकार र पदक
प्राप्त गर्ने ६६ जना राष्ट्रसेवकहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालले सोही समारोहमा बिभूषणबाट सुशोभन गर्नुभयो ।
यसकासाथै वार्षिकोत्वसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालले संगठनको नेतृत्व सम्हाल्दै गर्दा अवकाश प्राप्त विशिष्ट
अधिकृतहरुको परिकल्पनालाई समेत समेटि सेवा सुविधामा निम्न क्षेत्रहरुलाई
पहिचाहान गरी सुधार गर्दै लैजाने पहलकदमी लिएको बताउनुभयो ।
जस अन्तर्गत :–
नीतिगत सुधारका क्षेत्रहरु
क. विद्यमान ऐन तथा नियमावलीमा समय सापेक्ष परिमार्जन गर्दै सकल दर्जाको
वृत्ति विकासको लागि निश्चित अवधी पश्चात् स्वतः बढुवा हुने पद्धती विकास
गरी मौजुदा दरबन्दीमा थप दरबन्दी स्वीकृत गराई जवानमा भर्ना भएको व्यक्ती
जुनियर अधिकृत सम्म र सिनियर अधिकृतमा भर्ना भएको व्यक्ति कम्तीमा प्रथम
श्रेणीको अधिकृत सम्म पुग्ने अवस्था सिर्जना गर्ने साथै जुनियर अधिकृत र
अन्य दर्जाको पेन्सन अवधि परिमार्जन गर्न नियम पुनरावलोकन कार्य थालनी
भएको ।
ख. सशस्त्र प्रहरी कर्मचारीले गर्ने कार्य सम्पादनलाई कानूनी मान्यता
प्रदान गराउन आवश्यक देखिएकोले विद्यमान संघिय ऐनहरुमा संशोधन गर्नका
लागि आवश्यक पहल गर्ने कार्य संगठनले सुरु गरीसकेको ।
ग. सशस्त्र प्रहरी नियमावली २०७२ को अनुसुची १५ मा संशोधन गरी उक्त महलमा
ट्रयाक्सुट, स्पोर्टस् जुत्ता, डाउन ज्याकेट, हिमाली चुस्ता लगायतका
फ्री– स्केलका सामाग्रीहरु थप गरि बजेट समेत विनियोजित भई खरिद प्रकृया
अगाडि बढाईएको । साथै हिमाली क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागी मौसम
अनुसारको पोशाक तथा भौतिक पूर्वाधारका लागि यथोचित बजेट विनियोजन गराउन
पहल गरीएको ।
घ. एपिएफ कमान्ड तथा स्टाफ कलेजलाई वृत्तिविकाससंग जोड्नुका साथै
प्रत्येक दर्जामा अनिवार्य तालिम पश्चात् मात्र बढुवा हुने गरी
वृत्तिविकास योजनामा पुनरावलोकन गरिने । हरेक दर्जामा अनिवार्य
प्रतिस्पर्धात्मक तालिम पश्चात् मात्र बढुवा हुने प्रणालीको विकास गर्ने
नीति संगठनले लिएको साथै वैदेशिक तालिम छनौटलाई पारदर्शी एवं न्यायोचित
बनाउन निर्देशिका तर्जुमा गर्ने कार्य गरीएको ।
ङ. सशस्त्र प्रहरी कर्मचारी र अन्य सुरक्षा निकायका सोही दर्जाका
कर्मचारी बीच रहेको ग्रेड संख्याको असमानता हटाउने लगायतका कार्यहरुमा
संगठनले गृहकार्य गरिरहेको।
च. Digital Border Concept लागु गर्नको लागि सीमामा थप CC Camera लगायत
आधुनिक प्रविधिको व्यवस्था गरी खुला सीमानाको मोनिटरिङ्ग Digital Wall
मार्फत गरिने साथै Border Area Development Program -BADP सञ्चालनका लागि
आवश्यक पहल र जग्गा तथा भौतिक संरचना नभएका ९१ वटा विओपीका लागि भौतिक
पूर्वाधारको व्यवस्था गर्न संगठन लागिरहेको ।
छ. विकट हिमाली तथा पहाडी क्षेत्रमा Supply Chain Maintain गरी विविध
Operation एवं उद्धार कार्यका लागि तुरुन्त परिचालन हुन सक्ने गरी Heli–
Support को उपलब्धताको लागि आवश्यक पहल गर्ने योजना लिईएको ।
ज. सीमा सुरक्षा विभागको पुनस्र्थापना सँगै प्रभावकारी सीमा व्यवस्थापनका
लागि Border Research and Resource Center को स्थापना, सीमापार अपराध
सम्बन्धी सूचना आदान प्रदान गर्न हटलाईनको व्यवस्था, सीमामा Dedicated
Force बनाउने लक्ष्य अनुरुप Reinforcement Plan तर्जुमा गरी थप जनशक्ती
परिचालन गरिएको । नापी विभागसँग समन्वय गरि Strip Map प्राप्त गर्नको
साथै “सीमा स्तम्भ मर्मत सम्बन्धी कार्यविधी“ र “सीमा निगरानी समूह
स्थापना सम्बन्धी कार्यविधी तयार गरी स्वीकृतिको चरणमा रहेको ।
झ. FPU छनौट निर्देशिकामा संशोधन गरी ज्येष्ठताका आधारमा मिसन जान पाउने
नितिगत व्यवस्था गरिएको छ र उत्कृष्ट कोटा अन्तर्गत न्यूनतम १५ वर्ष सेवा
अवधि पुगेकालाई छनौट गर्ने व्यवस्था मिलाईएको ।
संस्थागत सुधारका क्षेत्रहरु
क. सशस्त्र प्रहरी बल, नेपालका कार्यादेशहरुलाई BIRD Concept अनुरूप
प्राथमिकिकरण गरी कार्य गर्ने निती अनुरुप Border Security, Internal
Security, Riot and Mob Management र Disaster Risk Reduction मा क्षमता
विस्तार गरीने ।
ख. आर्थिक अनुशासन, पारदर्शीता र मितव्ययिताको अवधारणा अनुरुप आर्थिक
बेरुजु शुन्य बनाउने नीति अवलम्बन गरिएको र संगठनका कामकारवाहीहरु तल्लो
तहसम्म जानकारी होस् भन्ने उद्देश्यले नियमित रुपमा समर्पण एपीएफ मासिक
पत्रिका प्रकाशित गरी सबै कार्यालयहरुमा वितरणको व्यवस्था मिलाईएको ।
गुनासो व्यवस्थापन गर्नको लागी वेवसाईटमा कमेन्ट बक्सको अवधारणा ल्याई
हटलाईन टेलिफोनहरुको व्यवस्था गरी गुनासोहरु सिधै सचिवालयमा आउने
व्यवस्था मिलाईएको ।
ग. दण्ड र पुरस्कारको नीति अनुरुप राज्यबाट प्राप्त मानपदवी विभूषण तथा
पदक बाहेक संगठनबाट प्रदान गरिने सम्मानलाई आवश्यक नीति तर्जुमा गर्दै
उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा संगठनको लागि विशिष्ठ
योगदान पुर्याशउने सर्वसाधारणलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान
गर्नको लागि ‘सशस्त्र प्रहरी बल नेपाल पुरस्कार तथा सम्मान कार्यविधि
२०७९’ मजकुर गृह मन्त्रालयबाट स्वीकृत भई आजैबाट कार्यान्वयन गरिएको ।
घ. सीमा क्षेत्रमा हुने चोरी तस्करी लगायतका अपराधिक गतिविधिको नियन्त्रण
गरि राजश्व वृद्धि गर्न समकक्षी सुरक्षाकर्मीहरुबीच समन्वय हुने संयन्त्र
खडा गरि विओपीहरुको वर्गीकरण गर्दै जवाफदेहीता सहितको प्रभावकारी कार्य
सञ्चालन गर्न सक्ने बनाउन Intelligence–Based Border Security को अवधारणा
अनुरुप विओपी तहसम्म ईन्टेलिजेन्स ब्यूरोबाट सशस्त्र प्रहरी
कर्मचारीहरुलाई परिचालन गरी युनिटहरुले आफूखुशी साधा पोषाकका कर्मचारी
खटाउने कार्यलाई पूर्णतः निपेध गर्ने व्यवस्था मिलाईएको ।
ङ. सरुवालाई ISC Concept अनुरुप अधिकृतहरुलाई Instructor, Staff र
Command मा क्रमिक रुपमा सरुवा गर्ने, काज तथा सरुवालाई न्यायोचित एवं
पुर्वानुमान योग्य बनाउन आवश्यक मापदण्ड लागू गरिएको जसअनुसार सम्बन्धित
कर्मचारीहरुको प्राथमिकता सूचि अनुसार सरुवा गर्ने र कमाण्डमा जाने
अधिकृतहरुको पुर्वानुमान सूचि प्रकाशीत गरी सोही अनुसार सरुवा गर्ने
कार्यको शूरुवात गर्नुका अतिरीक्त सेवामा रहेका जु. अ. तथा विल्लादार
जवानका श्रीमान÷श्रीमतीलाई सम्भव भएसम्म एउटै यूनिटमा सरुवा गर्नुका साथै
अनिवार्य अवकाशपूर्व एक वर्ष अगावै घरपायक यूनिट सरुवा गर्ने निती लिईएको
।
च. व्यावसायिक ज्ञान अभिवृद्धि गर्ने हेतुले प्रशिक्षक पुल तयार गर्नको
लागी समिति गठन गरि १५ दिनभित्र कार्यविधि तयार गरिने ।
छ. अवकास हुन लागेका कर्मचारीहरुको सीप सहित अवकास कार्यक्रम अन्तर्गत
सीप बिकास तालिमको सुरुवात गरीसकिएको र यसलाई निरन्तरता दिईने ।
ज. संगठनको Institutional Memory लाई प्रविधियुक्त बनाउने र विदा
प्रणालीलाई Digitized गर्ने कार्यको शुरुवात गरिएको ।
झ. संगठन भित्र हुने निर्माण कार्यको स्तरीयता, गुणस्तर र एकरुपताका लागि
जग्गा प्राप्ती तथा निर्माण सम्बन्धी कार्यविधि २०७९ पारित भई सोही
अनुरुप निर्माण कार्यहरु गरिने ।
संरचनागत सुधारका क्षेत्रहरु
क. २२८ विओपिहरु विस्तार भईसकेको तथा ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल
भौतिक पूर्वाधार नभएकोले पुर्वाधार निर्माण गर्ने कार्य सुरु गरीएको एवं
लामो समयदेखि जनशक्ति थप नभएकोले प्राप्त कार्यादेशलाई प्रभावकारी ढंगबाट
सम्पादन गर्न कठिनाई हुनुका साथै कर्मचारीहरुको वृत्तिविकासमा पनि गम्भिर
असर परेकोले दरबन्दी थप गर्न प्रकृया अगाडि बढाईएको ।
ख. आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरी र कैलालीमा विपद व्यवस्थापन
सम्बन्धि तालिम शिक्षालय स्थापना गर्ने घोषणा अनुरुप आवश्यक बजेट
व्यवस्था, गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा उल्लेख भए अनुसार
सशस्त्र प्रहरी बल, नेपालमा रेल्वे सुरक्षा गुल्म स्थापना, प्रति आतंकवाद
सेल स्थापना, ६ वटा तालिम शिक्षालयको स्तरोन्नति र १७ वटा आश्रित
गुल्मलाई अनाश्रित बनाउन साथै हाल संगठनमा रहेका ७.६२ मि.मि.का हतियारलाई
प्रतिस्थापन गर्नको लागि संगठनले आवश्यक पहल गरिरहेको ।
ग. नेपाल एपिएफ स्कुल समेत प्रादेशीक रुपमा स्थापना गर्दै लैजाने नीति रहेको ।
घ. संगठनमा espirit de corps को भावना अभिवृद्धि गर्न विओपिदेखि बाहिनी
स्तर सम्म तहगत रुपमा संचालन गर्नुपर्ने कार्यहरुको सुझाव दिन कार्य
विभाग प्रमुखको अध्यक्षतामा बोर्ड गठन गरि बाहिनी, गण गुल्म सेमु र
सेक्सन सम्मको फर्मेशन बलियो बनाउने कार्य प्रारम्भ गरिएको ।
ड. गोताखोर, फायर फाईटर लगाएतका जोखिमयुक्त काममा परिचालन हुने सशस्त्र
प्रहरी कर्मचारीहरुलाई जोखिम भत्ताको व्यवस्था, मुल्यवृद्धिको तुलनामा
राशन वापतको रकमको पुनरावलोकनका लागि समेत पहल गरिएको छ । प्रशिक्षक
भत्ता वितरण सुरु गरिएको ।
च. सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा Post Graduate Diploma सञ्चालनको
लागि स्वीकृति प्राप्त भई आवश्यक तयारी भईरहेको जानकारी गराउँदै भविश्यमा
यसलाई वृत्ति विकासमा समावेश गर्ने योजना रहेको ।
छ. प्राकृतिक तथा गैर प्राकृतिक विपद् पश्चात्को उद्दारलाई व्यवस्थित
गर्न मजकुर गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा
व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा हरेक प्रदेशमा Mass Casualty Vehicle
र सुविधासम्पन्न ब्mदगबिलअभ सहितको टोली परिचालन गरिसकिएको तथा हिमाली
क्षेत्रको परिचालनलाई प्रभावकारी बनाउन पर्वतिय तालिम शिक्षालयमा
आवश्यकता अनुसार Mountain Rescue Training सञ्चालन गर्दै कुरिनटारस्थित
विपद् व्यवस्थापन तालिम शिक्षालयलाई प्राज्ञिक थलोको रुपमा बिकास गर्ने
योजना रहेको ।
सशस्त्र प्रहरी कर्मचारीहरु, सेवानिवृत्त सशस्त्र प्रहरी कर्मचारी,
सशस्त्र प्रहरी परिवार र अमर सशस्त्र प्रहरी परिवारको लागि कल्याणकारी
कार्य
उपलब्ध सीमित श्रोतहरुको अधिकतम् उपयोग गरी विगतमा घोषणा गरी लागू
गरिएका कल्याणकारी कार्यहरुलाई निरन्तरता दिँदै यस वर्ष पनि केही नयाँ
कार्यक्रमहरुको थालनी गरिएको ।
– स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी काम गरिने, जस अन्तर्गत
हस्पिटल सुधार र विस्तार गरी सबै सशस्त्र प्रहरी कर्मचारीहरुलाई सुलभ एवं
सहज पहुँच गराई क्रमश निशुल्क उपचारको व्यवस्था गरीने ।
– पश्चिम अफ्रिकी मुलुक माली स्थित MINSUMA मिसनमा १४० जनाको Formed
Police Unit -FPU_ March 2023 मा परिचालन गरीने ।
– फ्रेन्च मिसनको लागि योग्य सशस्त्र प्रहरी कर्मचारीहरु तयार पार्ने
उद्देश्यले फ्रेन्च भाषा अध्ययनको व्यवस्था मिलाईएको ।
– सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा भूतपूर्व कर्मचारीहरुलाई
विभिन्न उपचार शुल्कमा सहुलियत प्रदान गर्न सशस्त्र प्रहरी परिवार महिला
संघ र विभिन्न अस्पतालहरु बीच सम्झौता भएको ।
– एपीएफ अस्पतालको सेवाको थप प्रभावकारीता, सहजता तथा पृष्ठपोषणका लागि
Help Desk को स्थापना गरिएको ।
– सबै प्रदेशमा Field Hospital विस्तार गर्ने लक्ष्य अनुरूप आजैबाट
सुभारम्भ गरीएको ।
– एपीएफ अस्पतालमा डायलासिस तथा प्रसुती सेवा उपलब्ध गराउन आवश्यक तयारी
गरिएको साथै CTEVT बाट मान्यता प्राप्त Health Assistance, Nursing, Lab
Technician कोर्ष सन्चालन गर्नको लागि प्रकृया अगाडी बढाईएको ।
– टेली मेडिसीन सेवा सञ्चालन गर्नको लागि आवश्यक तयारी गरिएको । HOT LINE
NUMBER समेत प्रदान गरीएको र सो नम्बरमा कल गरेर उक्त सुविधा लिन सकिने ।
– सशस्त्र प्रहरी कर्मचारीहरुका पूर्ण रुपले अपाङ्ग सन्ततीका लागि
वार्षिक १० हजार राहत प्रदान गर्ने निर्णय गरिएको ।
– एब्द्यक्इल् सँग आवद्ध नेपाल भरका हरेक विद्यालयहरुमा ११ र १२ कक्षामा
भर्ना तथा मासिक शुल्कमा अमर सशस्त्र प्रहरी कर्मचारीका सन्ततीलाई पूर्ण
र अवकास प्राप्त एवं वहालवाला सशस्त्र प्रहरी परिचर देखि सशस्त्र प्रहरी
वरिष्ठ नायव निरिक्षकसम्मका सन्ततीलाई ५० प्रतिशत छुट प्रदान गर्ने गरी
सशस्त्र प्रहरी परिवार महिला संघ र एब्द्यक्इल् बीच सम्झौता भई
कार्यान्वयनमा आईसकेको र हाल सम्म ३ जनाले सुविधा लिईरहेका ् ।
– हाल सिनियर अधिकृतलाई मात्र उपलब्ध हुने सवारी साधन (चारपाङ्ग्रे)
कर्जा जुनियर अधिकृतलाई पनि उपलब्ध गराउने व्यवस्था मिलाईएको ।
– विल्लादार जवान तथा परिचरलाई आवास कर्जा उपलब्ध गराउन शुरुवात गरिएको ।
– कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सुविधालाई ध्यानमा
राख्दै उनीहरुको लागि स्तरीय मेश निर्माण कार्यलाई अभियानकै रुपमा अगाडि
बढाईएको ।
– राष्ट्रसेवक कर्मचारीहरुका लागि १०ः१ को अनुपातमा शौचालय तथा स्नानकक्ष
निर्माण गर्ने अभियानलाई पनि अगाडी बढाइएको ।
– सरुवा, काज, तालिम र वेशमा जाँदा वेड विस्तारा वोकेर जानुपर्ने
बाध्यतालाई हटाउन हाल सम्म ११ हजार ६ सय १६ वटा वेडिङ्गको व्यवस्था
गरिसकिएको र यो कार्यलाई २०७९ सालभित्रै सम्पन्न गर्ने लक्ष्य लिईएको ।
– गुल्मस्तरसम्म मन्टेश्वरी कक्षा सहितका शिशु स्याहार केन्द्र स्थापना
गर्ने लक्ष्य अनुरूप हालसम्म ६१ वटा शिशु स्याहार केन्द्रको स्थापना
गरिसकिएको र यसलाई निरन्तर अगाडी बढाईने ।
– हरेक वाहिनी अन्तर्गत उत्कृष्ट कार्य गर्ने ५ जना सशस्त्र प्रहरी
कर्मचारीहरुलाई वार्षिक रुपमा जनही १० हजार भत्ता सहितको पारिवारिक
भ्रमणको व्यवस्था गरिएको ।
– नेपाल बिद्युत प्राधिकरणसँग सम्झौता गरी विभिन्न १७ स्थानमा Electric
Vehicle Charging Station र सशस्त्र प्रहरी बल, नेपालका कार्यालयहरुमा
विद्युतीय चुल्हो उपयोग गर्न अनुकूल हुने गरी बिजुलीको फेज बढाउने कार्य
प्रारम्भ गरीएको, जस अन्तर्गत पोखरामा चाँडै नै सुरुवात हुने ।
– निवृत्तिभरणमा जाने सशस्त्र प्रहरी कर्मचारीको सुविधा एवं सहजताका लागि
प्रधान कार्यालयमा Help desk को स्थापना गरिएको ।
– कर्मचारीहरुले आफ्नो जेष्ठताक्रम, लत्ताकपडा सम्बन्धि विवरण तथा पोशाक
र जुत्ताको साईजका साथै व्यक्तिगत गुनासो समेत दर्ता गराउन सक्ने नयाँ
APF Mobile Application लागू गरिएको ।
– निकट भविष्यमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरु संग सम्झौता गरी
वार्षिक एक लाख सम्मको स्वास्थ्य बिमा गरिने प्रकृया अगाडि बढाईएको । जस
अन्तर्गत क्यान्सर, मृगौला रोग जस्ता घातक रोगको उपचारको लागि वार्षिक १०
लाखसम्मको उपचार खर्चको बिमादाबी गर्न सकिने ।
सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष
प्रसारण गरिएको उक्त विशेष समारोहमा सशस्त्र प्रहरी गठन सुझाव कार्यदलका
अध्यक्ष पूर्वसचिव खेमराज रेग्मी, अवकाश प्राप्त सशस्त्र प्रहरी
महानिरीक्षकहरु, उपरथी डा.अरुण न्यौपाने, सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं
सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल,
नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम :- | |
२२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सोमबार सशस्त.....ReadMore |
/uploads/news/+gj+KvqPhF299XZt97cUYA==.jpg
वेपत्ता खत्रीको शब सशस्त्र प्रहरी बलको गोताखोर टोलीद्वारा फेला :-काठमाडौं,
काठमाण्डौं जिल्लाको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल
नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव
माघ ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार
गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय
मिटर तल फेला पारेको हो ।
माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको
थियो । दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १
वस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४०
बर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन् ।
सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।
वेपत्ता खत्रीको शब सशस्त्र प्रहरी बलको गोताखोर टोलीद्वारा फेला :- | |
काठमाडौं,
काठमाण्डौं जिल्लाको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल
नजिकै बागमती नदीको किनारमा कार .....ReadMore |
/uploads/news/BqCM4Ug285Ayn73hfIAf6Q==.jpg
अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृत पुनर्मिलन कार्यक्रम :- ‘संगठनलाई बलियो बनाउन लागिरहने प्रतिबद्धता’ अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृतहरुले सशस्त्र प्रहरी बललाई
बलियो र सशक्त बनाउन आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्ने बताउनुभएको
छ ।
२२ औं सशस्त्र प्रहरी दिवस सप्ताह अन्तर्गत पहिलो कार्यक्रमको रुपमा
सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकमा आयोजित अवकाश प्राप्त विशिष्ट
सशस्त्र प्रहरी अधिकृत पुनर्मिलन कार्यक्रममा उहाँहरुले सो धारणा व्यक्त
गर्नुभएको हो ।
कार्यक्रमको शुरुवातमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले
संगठनका अग्रजहरुबाट सिक्दै यहाँसम्म आएको स्मरण गर्नुहुँदै अवकाश
प्राप्त अग्रजहरुको सल्लाह, सुझाव र मार्गदर्शनको आवश्यकता संगठनलाई सधैं
रहिरहने भएकोेले यस प्रकारका पुनर्मिलन कार्यक्रम आयोजना गरिएको
बताउनुभयो ।
उहाँले संस्थागत, संरचनागत प्रयासहरु थालिएको र यसमा अवकाशप्राप्त
विशिष्ट अधिकृतहरुको तर्फबाट सल्लाह सुझावको अपेक्षा गरिएको समेत
बताउनुभयो ।
कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार
बस्नेतले संगठनको उच्च तहमा पुगी अवकाश भएका सवै अधिकृतले आफ्नो समयमा
केही न केही योगदान संगठनलाई पु¥याएको स्मरण गर्नुहुँदै अवकाश पछि पनि
संगठन प्रतिको उत्तरदायित्व रहिरहने भएकोले क्षमता र अनुभवलाई आवश्यक
परेको जुनसुकै वेला संगठनको हितमा लगाउन सकिने बताउनु भयो ।
यसैगरी अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार
श्रेष्ठले अवकाश प्राप्त कर्मचारीलाई रिजर्भ फोर्सको रुपमा लिनुपर्ने
विचार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले हौसला र उर्जा दिएको
बताउनुहुँदै यसबाट संगठनलाई मजबुत बनाउनका साथै अवकाश प्राप्त कर्मचारी र
संगठनलाई नजिक बनाउने संस्कारको थालनी भएकोमा यसले आगामी दिनमा निरन्तरता
पाउने विश्वास व्यक्त गर्नुुभयो ।
अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनलाई थप
उचाईमा पु¥याउन र यसको बृहद हितको लागि बहालवाला र अवकाश प्राप्त सवै
कर्मचारीको उत्तिकै प्रयास हुनुपर्ने उल्लेख गर्नुहुँदै संगठनको गौरवमय
ईतिहास र अस्तित्व कायम राख्न एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड
दिनुभयो । संगठनलाई कमजोर हुन नदिन एकता नै बल हो भन्ने सोच्नु जरुरी
रहेको बताउनु हँुदै उहाँले संगठनप्रति प्रत्येक अवकाश प्राप्त कर्मचारी
सकारात्मक हुनुपर्ने र नेतृत्वलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिँदै
संगठनको विकास र विस्तारमा थप कार्य गर्न जरुरी भएको बताउनुभयो ।
अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले अहिले मिशन
छनौट निर्देशिका लगायत आन्तरिक रुपमा थुप्रै सुधारका काम भएको थाहा
पाउँदा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । अवकाश
प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले प्रविधिसंगै
संगठनको विकास पनि हुँदै जाने भएकोले संगठनको कामकारवाहीमा प्रविधिको
व्यापक प्रयोग गर्दै लैजानुपर्ने बताउनुभयो ।
अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण विष्टले
संगठनमा विभिन्न कल्याणकारी कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूपु
संघलाई समेत समेट्दै जाुनपर्ने धारणा व्यक्त गर्नुभयो भने अवकाश प्राप्त
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ऋषवदेब भट्टराईले करियरप्लान बनाएर
बृत्तिविकासमा थप कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिनुहुँदै संगठनको
बृहद हितका लागि आफूहरु सदैव लागिपर्ने बताउनुभयो ।
अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले
संगठनको म्याण्डेट अनुसार प्रतिआतंकवाद युनिटको आवश्यकता औल्याउनुभएको
थियो ।
अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले
तल्लो दर्जालाई फौजमा टिकाउने चुनौती बढ्दै गएको अनुभव सुनाउनुहुँदै
राजीनामा जाने प्रबृत्ति किन बढेको छ भन्ने अध्ययनको जरुरी भईसकेको
बताउनुभयो । यसका कमिकमजोरी पत्ता लगाएर समाधानतर्फ जानुपर्ने र सीमा
व्यवस्थित गर्न जनशक्ति थप गर्नुपर्ने आवश्यकता औलाउनुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुदै सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षक नारायणदत्त पौडेलले भेटघाटको सुरुवात भएकोले यसलाई निरन्तरता
दिदै पूर्व अग्रजहरुबाट प्राप्त सल्लाह सुझावलाई अभिलेखिकरण गरेर
कार्यान्वयमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । नीति निर्माताहरुमा
औपचारिक संवादको थालनी गरिएको बताउनुहुँदै उहाँले अग्रजहरुबाट सल्लाह र
सुझावको अपेक्षा संगठनले गरिरहने बताउनुभयो ।
कार्यक्रमको सुरुवातमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद
भट्टले संगठनका पछिल्लो गतिविधि, मुख्य समस्या र भावि योजना प्रस्तुत
गर्नुभएको थियो । उहाँले मेश सुधार योजनालाई गत असारदेखि प्रभावकारी
बनाएकै कारण त्यस यता राशन सम्बन्धि गुनासो शून्यमा झरेको जानकारी
दिनुहुँदै एक जवान एक बेड कार्यक्रम अन्तर्गत हालसम्म करीव ३९ प्रतिशत
कर्मचारीलाई बेड व्यवस्थापन भएको बताउनुभयो ।
पछिल्लो गतिविधि अन्तर्गत नै देशका ६१ वटा युनिटमा शिसु स्याहार केन्द्र
स्थापना भएको, जनशक्ति अनुसार शौचालय र स्नान घर व्यवस्थित गर्दै लगिएको,
कमाण्ड पूर्वानुमान सूचि प्रकाशन गरिएको, बिएमआई लागू भएको, विदालाई
बैज्ञानिक बनाउन ‘विदा व्यवस्थापन सफ्टवेयर’को निर्माण गरिएको, सीमा
व्यवस्थापनका लागि कार्यविधि बनाई लागू गरिएको, सीमा ईलाकामा सूचना
संकलनको लागि इन्टेलिजेन्स व्यूरो मार्फत तालिम प्राप्त कर्मचारी
खटाईएको, सीमा निगरानी समूह स्थापना सम्बन्धि कार्यविधि २०७९ बनाईएको
जानकारी दिनुभयो ।
यसैगरी कल्याणकारीतर्फ मुख्यालय र नेपाल एपीएफ अस्पतालमा समन्वय कक्ष
स्थापना गरिएको, कुनै पनि दर्जाका अवकाश प्राप्त सशस्त्र प्रहरी
कर्मचारीको निधन भएमा सम्मान गारद दिईने व्यवस्था मिलाईएको, माली मिशनको
सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु किशोर कुमार
लामा, सिंह बहादुर श्रेष्ठ, दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकहरु चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल, अवकाश प्राप्त
अतिरिक्त महानिरीक्षकहरु रोहित थापा, कृष्ण विष्ट, ठाकुरमोहन श्रेष्ठ,
कृष्ण कुमार तामाङ्ग, प्रकाश ओझा, प्रेम कुमार शाही, खडानन्द चौधरी,
सुबोध अधिकारी, राजेश श्रेष्ठ, जानकीराज भट्टराई लगायत सशस्त्र प्रहरी
बलका बरिष्ठ अधिकृतहरुको सभागिता रहेको थियो ।
अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृत पुनर्मिलन कार्यक्रम :- ‘संगठनलाई बलियो बनाउन लागिरहने प्रतिबद्धता’ | |
अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृतहरुले सशस्त्र प्रहरी बललाई
बलियो र सशक्त बनाउन आ–आफ्नो ठाउँबाट र.....ReadMore |
/uploads/news/jazjyWqp01twUIlyhQCKcg==.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमाधनुषा जिल्लाको विदेह नगरपालिका १ महिनाथपुर स्थित सीमा ईलाकाबाट पौष २४
गते सशस्त्र प्रहरीले विभिन्न किमिसका लागूऔषधसहित दुई जनालाई
नियन्त्रणमा लिएको छ ।
धनुषा जिल्लाको सबेला नगरपालिका ४ मखना बस्ने ३४ वर्षिय खालिल राईन र
सोही जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्रबजार बस्ने २७ वर्षिय
गुड्डु आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी महिनाथपुरले उक्त
लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्र २–०२–००४ प ६३१५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै
गरेकामध्ये खालिल राईनको साथमा डाईजेपाम ईन्जेक्सन ७५ वटा, फेनारगन
ईन्जेक्सन ७० वटा र आईपिपिएल ईन्जेक्सन ७५ वटा फेला पारेको थियो ।
पक्राउ परेका दुवैजनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक
कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा | |
धनुषा जिल्लाको विदेह नगरपालिका १ महिनाथपुर स्थित सीमा ईलाकाबाट पौष २४
गते सशस्त्र प्रहरीले विभिन्न किमिसका लाग.....ReadMore |
/uploads/news/9jlySXgmvIvbSBIRUNO4Pg==.jpg
पेशागत जिम्मेवारीमा रहि ईमान्दारिताकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र
प्रहरी कर्मचारीहरुलाई पेशागत जिम्मेवारीमा रहि ईमान्दारिताकासाथ
कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल
प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १४ सशस्त्र प्रहरी
निरीक्षक अल्पकालिन आधारभूत तालिमको पौष २५ गते अन्तिम प्रवचन
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो ।
महानिरीक्षक अर्यालले राज्यले सुम्पिएको जिम्मेवारी पुरा गर्नु हामी
सबैको दायित्व रहेको बताउनुहुँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी
कर्मचारीहरु आफ्नो जिम्मेवारीको क्षेत्रहरुमा खटिदा राष्ट्र र नागरिकले
अपेक्षा लिए अनुरुपको कार्यसम्पादन गरी संगठनको लक्ष्य प्राप्तीतर्फ
लाग्नुपर्ने बताउनुभयो ।
उहाँले दर्जासँगै बढेको जिम्मेवारीलाई उच्च अनुशासित र ईमान्दार भई
जिम्मेवारी पुरा गर्न कुनै पनि हालतमा विचलित नभई कार्यक्षेत्रमा
परिस्थिती अनुसार देश र जनताको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको
उद्धार कार्यमा लाग्नुपर्ने बताउनुहुँदै प्रतिष्पर्धात्मक युगमा
समयसापेक्ष आफूलाई परिवर्तन गरी एउटा कर्तव्यनिष्ठ अधिकृतको रुपमा
उभ्याउँदै सदैव मुलुक र मुलुकवासीको सेवामा समर्पित रहन निर्देशन दिनुभयो
।
महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा आईपर्नेे जस्तोसुकै चुनौतीहरुलाई
सामना गर्दा चेनअफ कमाण्डमा रहि कार्य गर्नुपर्ने बताउनुहुँदै संगठनको
कार्यादेश अनुरुप विभिन्न दर्जागत तहमा तालिम संचालन गरी संगठनलाई
प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्नुकासाथै राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय क्षेत्रहरुमा कुशलतापूर्वक कार्यसम्पादन बहन गर्नसक्ने
सक्षम एवं पेशागत दक्ष जनशक्ति उत्पादनको लक्ष्य लिई तालिमहरु संचालन
गर्दै आईरहको बताउनुभयो ।
सशस्त्र प्रहरीको विभिन्न तहमा भर्ना भई लामो समय जुनियर अधिकृतमा रहेर
सेवा प्रदान गरी बढुवा भएका सिनियर अधिकृतहरुको जिम्मेवारी सहजताकासाथ
बहन गर्न सकियोस् भन्ने अभिप्रायले संचालन गरिएको यस तालिमले
कार्यक्षेत्रमा देखिने सुरक्षा चुनौती र प्रतिकुलताहरु चिर्न सफल हुने र
संगठनले लिएको अपेक्षालाई कटिबद्ध भएर पुरा गर्न मद्दत पुग्ने विश्वास
व्यक्त गर्नुभयो ।
१२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र
नायव निरीक्षकबाट बढुवा भएका १ सय जना सशस्त्र प्रहरी अधिकृतहरुको
सहभागिता रहेको थियो ।
उक्त तालिममा हतियार, कवाज, फिल्ड क्राफ्ट, व्याटल क्राफ्ट, अपराध
अनुसन्धान, व्यवस्थापन लगायतका विषयवस्तुमा लेक्चर, छलफल, शोधपत्र तथा
बाहिरी अभ्यासको विधिबाट सैद्धान्तिक एवं व्यवहारिक रुपमा प्रशिक्षण
प्रदान गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी अधिकृत तथा
विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
पेशागत जिम्मेवारीमा रहि ईमान्दारिताकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन | |
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र
प्रहरी कर्मचारीहरुलाई पेशागत जिम्मेवा.....ReadMore |
/uploads/news/r4sYIeCt0sQhb2VGPHwThQ==.jpg
नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुतहरुप्रति सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु –उपप्रधान तथा गृृहमन्त्री लामिछानेमाननीय उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी
बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई सकल दर्जाका सशस्त्र
प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा उप–प्रधान तथा गृहमन्त्री लामिछानेले संगठनमा
रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाई म्याण्डेट
अनुसार काम गर्नुपर्ने बताउनुहुँदै विगतमा भएका कमजोरीहरुलाई सुधार्दै
लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ
कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो
चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार
कमजोर हालतमा रहेको बताउनुहुँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक
बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले
भन्नुभयो– नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुत
तपाईहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले
गरेको सलामको इज्जत राख्ने छु ।
जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर
वा सहिद भएर मात्र देशभक्ति नहुने बताउनुहुँदै उप–प्रधान तथा गृहमन्त्री
लामिछानेले भन्नुभयो–‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने
खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’
उहाँले मनमा जहिले पनि हामी थोरै छाँै तर पनि विशेष छौँ त्यसैले त ‘बल’
हो, भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखि सोही अनुसार कार्यसम्पादन
गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसंग बल छ, त्यसैले त हामी बलिया
छौ, हामी जे गर्ने छा,ै राम्रो गर्ने छौ, कानुन सम्मत गर्ने छौ, आफ्ना
लागि मात्र होईन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने
भावना लिएर अगाडी बढ्नु जरुरी रहेको बताउनुभयो ।
उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले
विश्वास गर्नु हो, भरोषा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण
नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने
सधै डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको
बताउनुभयो ।
उहाँले सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरुको मन
अमिलो भएको हुन सक्छ भने केहि घमण्डको गुलियो र हिनतावोधको कारण एकै
ठाँउमा कार्यगर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भएको हुँदा
सरुवा, बढुवा लगायतका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा
आधारित रही सम्पादन गरिने समेत बताउनुभयो ।
धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले
सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत
प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त
जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताउनुहुँदै
नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्वार तथा
सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको
बताउनुभयो ।
उहाँले आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई
चल्ने अवस्था श्रृजना गर्नको लागि पारदर्शीता र जवाफदेहिता सहितको
पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी
कार्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी
गरिएको बताउनुभयो ।
संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको आचरण, आर्थिक अनुशासन
प्रतिको संवेदनशिलता, फौजी अनुशासन, चेनअफ कमाण्डको पालना, सेवाग्राही
जनताप्रतिको संवेदनशिलता एवं उत्तरदायी र जवाफदेहीपूर्ण कार्यसम्पादनको
आधारमा संगठनको व्यावसायिकताको स्तर मापन हुनुकासाथै आम जनमानसको विश्वास
कायम रहने चर्चा गर्नुहुँदै संगठनलाई शुद्धिकरण गर्दै व्यावसायिकता तथा
विश्वासको धरातलमा पु¥याउन निष्ठापूर्वक गरिने प्रयासहरुमा मन्त्रालयबाट
पूर्ण रुपमा सहयोग मिल्ने तथा आवश्यक निर्देशन हुने समेत विश्वास व्यक्त
गर्नुभयो ।
महानिरीक्षक अर्यालले संगठनमा शुरुवात गरिएका नीतिगत, संस्थागत एवं
संरचनागत सुधारका योजनाहरु माननीय उप–प्रधान तथा गृहमन्त्री समक्ष
प्रस्तुत गर्नुभएको थियो । उहाँले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भई १६
वर्षसम्म बढुवा हुन नसकेको र १९ वर्ष सेवा अवधि पुग्दा समेत सशस्त्र
प्रहरी नायव उपरीक्षक पदमा नै रहनुपर्ने तथा जवान पदमा भर्ना भई १३
वर्षसम्म एक तह पनि बढुवा हुन नसकेको अवस्था रहेको बताउनुहुँदै
बृत्तिबिकासको साथसाथै पेन्सन अवधि जुनियर अधिकृतको १८ वर्ष, विल्लादार
जवानको १६ वर्ष निर्धारण गर्ने योजना कार्यान्वयन गर्नुपर्नेमा समेत जोड
दिनुभयो ।
यसैगरी जुनियर अधिकृतमा भर्ना नलिने र सशस्त्र प्रहरी निरीक्षकमा खुल्ला
प्रतिस्पर्धाबाट भर्नाको अनुपात बढाउने नीतिगत सुधारका योजना प्रस्तुत
गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनको स्वायत्तताको लागि विद्यमान
संघिय ऐन तथा नियममा समेत समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने आवश्यकता
रहेको बताउनुभयो ।
निरीक्षणका क्रममा उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रिय
आदेशकक्ष, अनुगम सेल, केन्द्रिय संग्राहलय, विपद् व्यवस्थापनमा सशस्त्र
प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरि सो
सम्बन्धि जानकारी लिनुको साथै गोताखोर टोलीसँग उद्वारका विषयमा जानकारी
लिनुभएको थियो । सोही क्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु
प्रसाद भट्टले संगठनको विषयवस्तु सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा
सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने
ब्यवस्था मिलाईएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका
पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार
जवानहरुको उपस्थिती रहेको थियो ।
नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुतहरुप्रति सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु –उपप्रधान तथा गृृहमन्त्री लामिछाने | |
माननीय उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी
बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रम.....ReadMore |
/uploads/news/zSP0agZEU8HSormAia09jQ==.jpg
सैनिक वार कलेजका शिक्षार्थी अधिकृतहरुद्वारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको भ्रमण नेपाली सेना सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ४ अल आम्र्स
कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले पौष २१ गते सशस्त्र
प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल
नेपालमा भए गरेका विविध कार्यहरुको जानकारी लिएका छन् ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले शिक्षार्थी
अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना,
परिचालनका क्षेत्रहरु, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल
नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल
नेपालको परिचालन, नेपाली सेनासँग सशस्त्र प्रहरी बल नेपालको समन्वय तथा
सहकार्य, सुरक्षा चुनौतीहरु लगायतका विविध विषयमा प्रस्तुतीकरण मार्फत
जानकारी गराउनुु भएको थियो ।
अवलोकन तथा भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल
नेपालबारे राखेको विविध जिज्ञासाहरुको समेत सशस्त्र प्रहरी बरिष्ठ
उपरीक्षक भट्टले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी बरिष्ठ
उपरीक्षक विष्णु प्रसाद भट्ट र उक्त तालिमका डाईरेक्टिङ्ग स्टाफ प्रमुख
सेनानी बिदुर अधिकारीले एक आपसमा माया चिनो आदान–प्रदान गर्नुभएको थियो ।
भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र
प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरि सो
सम्बन्धि जानकारी समेत लिएका थिए ।
सैनिक वार कलेजका शिक्षार्थी अधिकृतहरुद्वारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको भ्रमण | |
नेपाली सेना सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ४ अल आम्र्स
कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहर.....ReadMore |
/uploads/news/LY9ND+goPAz16nNNc5c6dw==.jpg
सीमामा हुने अवैध गतिविधि रोक्न सरोकारवाला निकायसँग सशस्त्र प्रहरी बल मुख्यालयमा छलफलः सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल
नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । पौष २१ गते बिहिबार
मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी
उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल
ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरेको हो । सीमा ईलाकाबाट
त्यस प्रकारका सामान तथा वस्तुको चोरीतस्करी नियन्त्रण कसरी गर्न सकिन्छ,
भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै सरोकारवाला
निकायसँग मिलेर काम गर्न आफुहरु तयार रहेको बताउनुहुँदै चोरीपैठारी
नियन्त्रणमा संगठन प्रतिवद्ध भएकोे उल्लेख गर्नुभयो ।
छलफलका लागि मात्र छलफल नगरी समस्या पहिचानकासाथ समाधानको निश्कर्षमा
पुग्ने संगठनको प्रयास रहेको उल्लेख गर्नुहुँदै महानिरीक्षक अर्यालले एक
निकायको एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको
सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने बताउनुभयो ।
उहाँले यस प्रकारका अवैध कार्य रोक्न सीमा ईलाकामा सबै पक्ष समेटेर
कमिटी नै बनाई अघि बढ्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी बलले आफ्नो
कार्यक्षेत्रमा कुनैपनि किसिमका अवैध गतिविधि गर्न नदिने नीति लिएको र
त्यसलाई कडाईकासाथ पालना गराउन सीमा क्षेत्रका युनिटहरुलाई निर्देशन समेत
दिईएको बताउनुभयो ।
कार्यक्रममा उल्लेखित संघ संस्थाका प्रतिनिधिहरुले तस्करी नियन्त्रणमा
सशस्त्र प्रहरीले उल्लेख्य कार्य गरिरहेको भएपनि देशका केही मुख्य
नाकाबाट अवैध वस्तु भित्रन सक्ने भएकोले त्यस प्रकारका कार्यले राजश्वमा
प्रत्यक्ष असर पर्ने र उद्योगधन्दा धरासायी हुने वा बन्द गर्ने अवस्था
आउन सक्ने बताउनुभएको थियो ।
चोरीतस्करी रोक्नको लागि सरोकारवाला अन्य निकायसँगको समन्वय र नाकाबाट
नै नियन्त्रण गर्ने कार्य प्रभावकारी हुनेमा छलफलमा उपस्थित उद्योग
व्यवसायीसँग सम्बन्धित प्रतिनिधिहरुले जोड दिनु भएको थियो । कुखुराको
मासु र अण्डामा मुलुक आत्मनिर्भर रहेपनि अवैध रुपले ती वस्तु मुलुक
भित्रेको खण्डमा उद्योग धरासयी हुनेमा पनि उहाँहरुको चिन्ता थियो ।
व्यवसायीहरुले अत्याधुनिक स्रोतसाधनसहित सीमा ईलाकामा सशस्त्र प्रहरी
बलको जनशक्तिलाई बढाउँदै लैजानु पर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो
।
छलफल कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले
सीमा हटलाईन नम्बर ९८५१२६०७३० को व्यवस्था गरिएको बताउनुहुँदै यस
प्रकारका रिर्पोटिङ सिधै मुख्यालयलाई गर्नसक्ने व्यवस्था गरिएको हुँदा
अवैध कार्य भएको थाहा भएमा तत्काल खबर गर्न समेत व्यवसायीहरुलाई आग्रह
गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २
छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव
महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सीमा नजिक पोल्ट्री फर्म र माछा
पोखरी भएकोले अवैध रुपमा आएका त्यस प्रकारका वस्तुको नियन्त्रण
प्रभावकारी हुन नसकेको व्यवहारिक कठिनाई औंल्याउनुहुँदै त्यसको उचित
व्यवस्थापनको लागि सीमाबाट निश्चित दुरी तोक्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह
बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल
गिरी र लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५
विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी
नायव महानिरीक्षक विदुर खड्काले अवैध आयात हुनसक्ने नाकामा विशेष निगरानी
राख्ने र त्यसका लागि व्यवसायीसँग पनि सहकार्य गर्दै अघि बढ्ने
प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विगत केही दिनदेखि सीमा क्षेत्रका बाहिनीपतिहरुसँग त्यस क्षेत्रका
समस्या र समाधानको उपायका बारे मुख्यालयमा छलफल चलिरहेका बेला सरोकारवाला
अन्य निकायहरुसँग समेत समाधानको उपाय निकाल्ने उद्देश्यले कार्यक्रम
आयोजना गरिएको हो । सीमा ईलाकामा सशस्त्र प्रहरी बलको सकृयताको कारण
अघिल्लो आर्थिक वर्षको यहि अवधि पौष १८ गते सम्मको तुलनामा यो आर्थिक
वर्षमा ४० प्रतिशत बढि बरामदी दाखिला भएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल
र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु र
सुदूरपश्चिम प्रदेशस्थित नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपतिको
समेत उपस्थिती रहेको थियो ।
सीमामा हुने अवैध गतिविधि रोक्न सरोकारवाला निकायसँग सशस्त्र प्रहरी बल मुख्यालयमा छलफलः | |
सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल
नेपालले विभिन्न सरोकारवाला निकायसँग छल.....ReadMore |
/uploads/news/no-image-new.jpg
भारततर्फ जाँदै गरेका व्यक्ति चरेशसहित सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ संतगंज सीमा ईलाकाबाट सशस्त्र
प्रहरीले पौष १९ गते करीव दुई केजी चरेश बोकी भारततर्फ जाँदै गरेका एक
जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
भारतको मोतिहारी जिल्ला बेलागाउँ ग्रामपञ्चायत घर बताउने ३० वर्षिय राज
कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बारा मातहत बिओपी
कबहिगोठले उक्त चरेशसहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरीबाट प्राप्त सूचनाको आधारमा उक्त गणले बी.आर. ०५ ए.भी. ३०४२
नम्बरको मोटरसाईकलमा सवार उनको साथबाट चारवटा प्याकेटमा राखिएको चरेश
लगायत केही भारतीय तथा नेपाली रुपैयाँ, भारतीय आधार कार्ड, बिलबुक र
लाईसेन्स समेत फेला पारेको हो ।
बरामद चरेश तथा अन्य सामाग्रीसहित उनलाई आवश्यक कारवाहीको लागि जिल्ला
प्रहरी कार्यालय बारामा बुझाईएको छ ।
भारततर्फ जाँदै गरेका व्यक्ति चरेशसहित सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा | |
बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ संतगंज सीमा ईलाकाबाट सशस्त्र
प्रहरीले पौष १९ गते करीव दुई केजी चरेश बोकी भा.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरी बलमा आचरण सम्बन्धि स्थायी आदेश जारी सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरुलाई कुटनैतिक नियोग तथा
विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारण
सम्बन्धि स्थायी आदेश २०७९ जारी गरेको छ ।
यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र
राजनैतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन
सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले सो स्थायी
आदेश जारी गरेको हो ।
यसबाट आफुखुशी भेटघाट गर्ने परम्पराको अन्त्य हुनेछ भने भेटघाट
गर्नुपरेमा आचारण सम्बन्धि स्थायी आदेशनुसार अनिवार्य रुपमा स्वीकृति
लिनुपर्ने छ । सशस्त्र प्रहरी कर्मचारीहरुले सरकारी प्रयोजनको लागि
भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी
गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानुपर्ने छ ।
यसैगरी कुटनैतिक भेटघाटका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको
कुटनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएनुसारको प्रक्रिया पुरा
गर्नुपर्नेछ । साथै सशस्त्र प्रहरी बल नेपालले सांगठानिक तथा व्यक्तिगत
भेटघाट तथा सम्पर्कको लागि र विभिन्न संचारमाध्यहरुसँग सम्पर्क एवं
अन्तरवार्ताको लागि दुई वटा स्वीकृतीको निवेदन फारम समेत जारी गरेको छ ।
।
भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्राङ्कित अधिकृतहरुले फारम अनुसारको
निवेदन आफु कार्यरत कार्यालबाट सिलसिलेवार रुपमा सशस्त्र प्रहरी
महानिरीक्षकको सचिवालय मार्फत सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृती
लिनुपर्नेछ, भने राजपत्र अनाङ्कित कर्मचारीहरुले आफु कार्यरत कार्यालय
मार्फत सिलसिलेवार मानवश्रोत विभाग प्रमुखको स्वीकृती लिनुपर्नेछ र सो
स्वीकृतीको जानकारी मानवश्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई
गराउनु पर्नेछ ।
यसरी स्वीकृती लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरणको
जानकारी सिलसिलेवार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा
दिनुपर्ने छ । यसकासाथै सो स्थायी आदेशमा विभिन्न संचारमाध्यहरुमा
सम्पर्क तथा सूचना आदनप्रदान गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका
प्रवक्ता वा सूचना अधिकारीबाट मात्र गर्नुपर्नेछ भने मातहत इकाईका सूचना
अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालको परिचालन सम्बन्धमा सूचना प्रवाह
गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्तासँग समन्वय
गर्नुपर्ने छ ।
सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीहरु बाहेक
अन्य सशस्त्र प्रहरी कर्मचारीले संचारमाध्यममा कुनैपनि सूचना संप्रेषण
गर्नुपरेमा वा अन्तरवार्ता दिनुपरेमा स्थायी आदेशमा जारी गरिए अनुसारको
निवेदन दिई सशस्त्र प्रहरी प्रवक्ता मार्फत सशस्त्र प्रहरी महानिरीक्षकको
स्वीकृति लिनुपर्ने छ ।
यसकासाथै सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठानिक तथा व्यक्तिगत विषयमा
कुनैपनि पिरमर्का, गुनासो तथा सुझावहरु भएमा बाह्य व्यक्ति तथा
निकायहरुमा सम्पर्क नगरी सशस्त्र प्रहरी प्रवक्ताको मोवाईल नम्बर
९८५१२७२००७, सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सशस्त्र
प्रहरी वरिष्ठ उपरीक्षकको मोवाईल नम्बर ९८५१२६०७३६, ईमेल
spokesperson@.apf.gov.np वा सशस्त्र प्रहरी बल नेपालको वेभसाईट
www.apf.gov.np मा रहेको गुनासो/सुझाव फारम भरी दिन सकिने आचरण सम्बन्धि
स्थायी आदेशमा व्यवस्था रहेको छ ।
सो आचरण सम्बन्धि स्थायी आदेश कडाईकासाथ पालना गर्न सशस्त्र प्रहरी
महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण मातहत
इकाईहरुलाई निर्देशन दिनुकोसाथै कुनैपनि कर्मचारीले आचरण सम्बन्धि स्थायी
आदेश विपरीत कार्य गरेको पाईएमा सशस्त्र प्रहरी नियमावली बमोजिम कडाभन्दा
कडा विभागीय सजाय गरिने संगठनको नीति रहेको छ ।
सशस्त्र प्रहरी बलमा आचरण सम्बन्धि स्थायी आदेश जारी | |
सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरुलाई कुटनैतिक नियोग तथा
विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रमम.....ReadMore |
/uploads/news/id4uJHtvnTVmrxjr4j41Rg==.jpg
लोड अवस्थामा राखिएको पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमाकम्मरमा बाधेको होल्स्टरभित्र लोड अवस्थामा राखिएको एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिका ४ गुलरिया सीमा ईलाकाबाट पौष १७ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको पूर्वीचम्पारण मोतिहानी १६ घर बताउने ४० वर्षिय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले उक्त पेस्तोल र ७ राउन्ड गोलि सहित नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर.एफ.आई.को एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होल्स्टरभित्र राखेको ४ राउण्ड गोली समेत फेला पारेको हो ।
साथै उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट समेत बरामद भएको छ ।
पक्राउ परेका कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्राौनगढ बारामा बुझाईएको छ ।
यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुटहीमा पौष ८ गते दुई वटा मोटरसाईकलमा सवार अज्ञात समूले भारत घर भएका ५० वर्षिय शिवपुजन प्रसाद यादवलाई गोली हानी फरार भएको थियो ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बरियारपट्टिले उनलाई उपचारको लागि न्यूरो अस्पताल बीरगंजतर्फ पठाएकोमा बाटोमा नै मृत्यु भएको थियो । सो घटना पछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्दै आएको छ ।
लोड अवस्थामा राखिएको पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा | |
कम्मरमा बाधेको होल्स्टरभित्र लोड अवस्थामा राखिएको एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नग.....ReadMore |
/uploads/news/fuWWuYKxM0rCJDpGPC9koQ==.jpg
सशस्त्र प्रहरीद्वारा २९ लाख भन्दा बढि मुल्यको सामान बरामद :-सिरहाको विभिन्न स्थानबाट पौष १३ गते सशस्त्र प्रहरीले करीव २९ लाख २२
हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो
बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई
छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको
धुलो बरामद गरेको हो ।
सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने संजय महतोको जस्तापाताले
छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको
लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा
बुझाईएको छ ।
सोही गाउँपालिका ५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई
राखेको ५ लाख रुपैयाँ बराबरको १ सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद
भएको छ ।
सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले
बनाएको टहरोमा ५ लाख ५० हजार रुपैयाँ बराबरको १ सय ६० बोरा अगरबत्तीको
धुलो र सोही गाउँपालिका ३ जगतपुर बस्ने शिवनारायण यादवको आगनमा लुकाई
राखेको अवस्थामा २ लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो
समेत बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुङ्गा हान्दा
सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षती पुगेको छ ।
सशस्त्र प्रहरीद्वारा २९ लाख भन्दा बढि मुल्यको सामान बरामद :- | |
सिरहाको विभिन्न स्थानबाट पौष १३ गते सशस्त्र प्रहरीले करीव २९ लाख २२
हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्.....ReadMore |
/uploads/news/6399c17fa45e2.JPG
मोटरसाईकलको ट्याङ्किभित्र लुकाई छिपाई ल्याउँदै गरेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रण
धनुषा,
मोटरसाईकलको ट्याङ्किभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले मंसीर २७ गते भारत घर बताउने २३ वर्षिय उमेश कुमारलाई नियन्त्रणमा लिएको छ ।
धनुषा जिल्लाको बिदेह नगरपालिका ९ ईटहर्वा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाईकलमा उल्लेखित रुपैयाँ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपैयाँ तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
मोटरसाईकलको ट्याङ्किभित्र लुकाई छिपाई ल्याउँदै गरेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रण | |
धनुषा,
मोटरसाईकलको ट्याङ्किभित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त.....ReadMore |
/uploads/news/ZiFYfwct5xdUAyAlmF91YA==.jpg
दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला कालिकोट,
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदिमा
मंसीर २४ गते फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता
भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको
छ ।
बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव
मंसीर २६ गते र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय
जेसीबी चालक मंगल चुडारीको शव मंसीर २७ गते फेला परेकोे हो ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण
बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीसँगै
दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीकोे
खोजीकार्य जारी छ ।
यही मंसीर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको
प्रदेश नं.३ -०१-००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८०
मिटर तल कर्णाली नदिमा खस्न गई दुर्घटना हुँदा जेसीबीमा रहेका ८ जना
मध्ये दुई जनाको घटनास्थलमै मृत्यु, ३ जना घाईते र ३ जना बेपत्ता भएका
थिए ।
दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला | |
कालिकोट,
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदिमा
मंसीर २४ गते फुकोट जलविद्युत आयोज.....ReadMore |
/uploads/news/booe4JCZKGm+GVc4Ymouzw==.jpg
गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीद्वारा नियन्त्रण पर्सा,
पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ स्थित ठुटेखोला ईलाकाबाट मंसीर २६ गते
सशस्त्र प्रहरीले करीब ३ सय ६३ के.जी. गाँजा र सो गाँजा बोकेको ट्रक
नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको
विशेष सूचनाको आधारमा बिओपी ठोरीले मकवानपुरको हेटौडाबाट पर्साको विजय
बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई
२२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक
नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ
ट्रक सोही ठाउँमा छाडि फरार भएका थिए ।
बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय
ठोरीमा बुझाईएको छ ।
गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीद्वारा नियन्त्रण | |
पर्सा,
पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ स्थित ठुटेखोला ईलाकाबाट मंसीर २६ गते
सशस्त्र प्रहरीले करीब ३ सय ६३ के......ReadMore |
/uploads/news/KowiGPnmi2dkUcvpmcWa3Q==.jpg
मदिरा बोकेको गाडीसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमहोत्तरी,
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट
मंसीर २६ गते सशस्त्र प्रहरीले करीव ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४०
कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई
नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षिय
राजा साह र २२ वर्षिय अजित कुमारलाई नियन्त्रणमा लिएको हो ।
बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ
चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा
लिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि
भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
मदिरा बोकेको गाडीसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रण | |
महोत्तरी,
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट
मंसीर २६ गते सशस्त्र प्रहरीले क.....ReadMore |
/uploads/news/JnjtiQCZyGFmGOf2COaTTQ==.jpg
निःशुल्क स्वास्थ्य शिविर संचालनकाठमाडौं,
नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त
आयोजनामा कलेज अफ मेडिकल साइन्स भरतपुरका चिकित्सकहरुद्वारा एक दिने
निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारी, उनीहरुका आश्रित परिवारजन
लगायत स्थानीय सर्वसाधारणकोे लागि यही मंसीर २४ गते बाग्मती प्रदेश
प्रहरी कार्यालय हेटौडा परिषरमा र २५ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर
४० रिजर्भ गण पिलुवा बारामा उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो ।
सो स्वास्थ्य शिविरमा नेपाल प्रहरीका ७२ जना तथा सशस्त्र प्रहरी बल
नेपालका १३२ जना र स्थानीय सर्वसाधारण ११६ जना गरी कुल ३२० जनाको
स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क रुपमा औषधी वितरण समेत गरिएको
थियो ।
सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुशुमलता सिंहलाई
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले मायाको चिनो
प्रदान गर्नुभएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता
लामिछाने अर्याललाई बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय
प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो प्रदान
गर्नुभएको थियो ।
कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले
निःशुल्क स्वास्थ्य शिविर संचालनबाट प्रदेश स्थित नेपाल प्रहरी तथा
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको मात्र नभई
स्थानीय सर्वसाधारणहरुको समेत स्वास्थ्य परिक्षण गर्ने अवसर मिलेकोमा
खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रमा प्रदेश स्थित नेपाल प्रहरी श्रीमती संघ तथा सशस्त्र प्रहरी
परिवार महिला संघका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलाद्मी र
संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
निःशुल्क स्वास्थ्य शिविर संचालन | |
काठमाडौं,
नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त
आयोजनामा कलेज अफ मेडिकल साइन्.....ReadMore |
/uploads/news/akR23fEyyf98tZsmVl7QBg==.jpg
गुल्मपति तथा स्टाफ तालिम र सीमा सुरक्षा तथा ब्यवस्थापन तालिम संचालनकाठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा मंसिर २५
गतेदेखि सि.सं. ३० गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं ४ सीमा
सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ ।
सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान
मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास
धौवजीले एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले मनोनित भई तालिममा सहभागी हुने
प्रशिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना दिनुहुँदै तालिमलाई
तालिमको रुपमा नलिई आफुले हासिल गरेका ज्ञान, सीप र कलालाई एक आपसमा शेयर
गर्ने ठाउँको रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले वार्षिक तालिम क्यालेण्डर अनुसार दर्जागत तालिम र विभिन्न उन्नत
तालिम नियमित रुपमा संचालन गरिने कुरा बताउनुुहुँदै देश तथा संगठनलाई
आईपर्न सक्ने जस्तोसुकै चुनौतीहरुलाई सामना गर्न तालिम अपरिहार्य रहेको
बताउनुभयो ।
१२ हप्ता अवधिको सिसिएससी तालिममा ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरु
प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ६ हप्ता अवधिकोे सीमा
सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु
र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५ जना अधिकृतहरुको
सहभागिता रहेको छ ।
गुल्मपति तथा स्टाफ तालिम र सीमा सुरक्षा तथा ब्यवस्थापन तालिम संचालन | |
काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा मंसिर २५
गतेदेखि सि.सं. ३० गुल्मपति त.....ReadMore |
/uploads/news/L8FmCqT56X4mcl9Z+O9czQ==.jpg
आर्मोरर मेकानिक्स तालिम संचालनकाठमाडौं,
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले मंसीर २५ गते
सशस्त्र प्रहरी बल नेपाल हातहतियार तथा यन्त्रिक कार्याशाला बलम्बुमा
संचालन हुने सि.सं. १० आर्मोरर मेकानिक्स (ग्रेड ii) तालिम उद्घाटन
गर्नुभएको छ ।
उहाँले संगठनमा व्यवसायिक र दक्ष जनशक्ति उत्पादन गर्न तालिम अपरिहार्य
रहेको बताउनहुँदै प्रशिक्षक तथा प्रशिक्षार्थी वर्गहरुले तालिममा सिक्छु
र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने असम्भव भन्ने कुरा केही
नभएको बताउनुभयो ।
२४ हप्ता अवधिको सो तालिममा १ जना सशस्त्र प्रहरी सहायक निरीक्षक सहित
कुल २७ जना विल्लादार तथा जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका
छन् ।
आर्मोरर मेकानिक्स तालिम संचालन | |
काठमाडौं,
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले मंसीर २५ गते
सशस्त्र प्रहरी बल नेपाल हातहतियार.....ReadMore |
/uploads/news/63845be637778.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र अमेरिकी राजदुत थम्पसन बीच भेटवार्ता
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी महामहिम राजदुत डिन आर. थम्पसन बीच सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा शुक्रबार शिष्टाचार भेट भएको छ ।
भेटका अवसरमा महानिरीक्षक अर्याल र महामहिम राजदुतबीच दुई देशको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भयो । शिष्टाचार भेटवार्ताले दुई देशका बीच रहिआएको सम्बन्धलाई थप उचाईमा पु¥याउने बिश्वास सशस्त्र प्रहरी बल मुख्यालयले लिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र अमेरिकी राजदुत थम्पसन बीच भेटवार्ता | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी मह.....ReadMore |
/uploads/news/lfbN6IdscsIis+di6P7azQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा “समर्पण एपीएफ मासिक” पत्रिका बिमोचनकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालय, हल्चोक, स्वयम्भुमा मंसीर १ गते एक कार्यक्रमका बीच
“समर्पण एपीएफ मासिक” पत्रिकाको बिमोचन गर्नुभयो ।
उहाँले संगठनमा भएका गतिविधिहरुका बारेमा सकल दर्जाका राष्ट्रसेवक
सशस्त्र प्रहरी कर्मचारीहरु जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको
उक्त मासिक पत्रिका संगठनको एक ऐतिहासिक क्षण समेत हुने विश्वास व्यक्त
गर्नुभयो ।
महानिरीक्षक अर्यालले प्रधान कार्यालयदेखि फिल्ड लेवलमा भएका
कामकारवाहीहरु समावेश गरी मासिक पत्रिका प्रकाशन गरिने भएको हुँदा
सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण कर्मचारीहरु यसबाट संगठनका
क्रियाकलापका बारे समयमै जानकार हुने विश्वास समेत व्यक्त गर्नुुभयो ।
उहाँले संगठनको यस उपलब्धी र प्रयासलाई भविष्यमा अझै बढी स्तरीय बनाउँदै
लगिने बताउनुभयो ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा
सशस्त्र प्रहरी बल, नेपालको भूमिका उल्लेखनीय रहने बताउनुुहुँदै निर्वाचन
सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी कर्मचारीहरु जुन ठाउँमा परिचालित
भएतापनि आ–आफ्नो ठाउँबाट उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्न समेत
उहाँले निर्देशन दिनुभयो । यसअघि सशस्त्र प्रहरी बल, नेपालको पाक्षिक
रुपमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट “समर्पण राष्ट्रका लागि” नामक
कार्यक्रम सञ्चालनमा छ ।
उक्त बिमोचन कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्र
प्रकाश गौतम र बंशी राज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपाल बरिष्ठ
अधिकृत, अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा “समर्पण एपीएफ मासिक” पत्रिका बिमोचन | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालय, हल्चोक, स्वयम्भ.....ReadMore |
/uploads/news/yoohF7u+EORFXYudbpecWw==.jpg
उच्च मनोवलकासाथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालबाट युनिट कमाण्डरहरुलाई निर्देशनकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालयबाट कार्तिक २७ गते वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा
पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ ।
भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिनुहुँदै
महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिंदा आईपर्ने
जस्तोसुकै चुनौतीहरुको सामना गर्न तयार भएर बस्न निर्देशन दिनुहुँदै
निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्त अनुसार
सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनैपनि कमीकमजोरी
भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताउनुभयो ।
सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनु पर्ने सावधानी र न्यूनतम
श्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४सैं
घण्टा क्रियाशील रहँदै राष्ट्रको यस महान अभियानमा उच्च मनोवल र
हौसलाकासाथ कार्यक्षेत्रमा खटिन निर्देशन दिनुहुँदै उहाँले भन्नुभयो–
‘निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन ।’
फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमाण्डमा रिपोर्ट गर्नुकासाथै
मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका
समस्याहरुलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग
र समाधानमा कुनै कसर बाँकी नराख्न उहाँले विभागीय प्रमुखहरुलाई समेत सोही
अवसरमा निर्देशन दिनुभयो ।
निर्वाचनको समयमा फिल्डमा खटिंदा सामान्य भन्दा सामान्य त्रुटि समेत
आफुले सुन्न र देख्न नचाहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले
बन्दोबस्ती लगायत अन्य भौतीक व्यवस्थापन संगठनले मातहत इकाईहरुसम्म
पुर्याई सकेकोले त्यसको उच्चतम र भरपूर प्रयोग गर्न समेत निर्देशन
दिनुभयो ।
सो कार्यक्रममा आसन्न निर्वाचनबारे वाहिनीपतिहरुले महानिरीक्षक अर्याल
समक्ष सम्पूर्ण तयारी पूरा भएको योजना प्रस्तुत गरेका थिए ।
सशस्त्र प्रहरी बल, नेपालले देशैभरी खटिएका जुनसुकै दर्जाका कमाण्डर तथा
अन्य सशस्त्र प्रहरी कर्मचारीहरुले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी
अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम, केन्द्रिय निर्वाचन सेल प्रमुख
सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ
उपरीक्षक विष्णु प्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी आजैबाट हटलाईन
टेलिफोनको समेत व्यवस्था गरेको छ ।
महानिरीक्षक अर्यालको निर्देशन अघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
चन्द्र प्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा
कार्यक्षेत्रमा खटिंदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरहरुलाई
निर्देशन दिनुभएको थियो भने महानिरीक्षक अर्याल समक्ष सशस्त्र प्रहरी
नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गर्नुभएको
थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्र प्रकाश गौतम तथा बंशी राज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपालका
वाहिनीपतिहरु, मुख्यालयका वरिष्ठ अधिकृतहरु, गणपति र गुल्मपतिहरुको
प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।
उच्च मनोवलकासाथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालबाट युनिट कमाण्डरहरुलाई निर्देशन | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालयबाट कार्तिक २७ ग.....ReadMore |
/uploads/news/63677e09180b9.jpg
कालिगण्डकी नदिमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
स्याङजा,
स्याङजा जिल्लाको गल्याङ्ग नगरपालिका १ स्थित राम्दी पुलबाट कालिगण्डकी नदिमा हाम फालेका एक युवकको सशस्त्र प्रहरीले कार्तिक १८ गते सकुशल उद्वार गरेको छ ।
हरिबोधनि एकादशी स्नान गर्न गएका सोही जिल्लाको भिरकोट नगरपालिका १ बयरघारी बस्ने ३७ वर्षिय ईश्वर दर्जी उक्त नदिमा हाम फालेका थिए ।
सो घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अर्जुन चन्दको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनलाई सकुशल उद्वार गरेको हो ।
उद्वार पश्चात उनलाई प्रहरी चौकी राम्दीमा बुझाईएको छ ।
कालिगण्डकी नदिमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार | |
स्याङजा,
स्याङजा जिल्लाको गल्याङ्ग नगरपालिका १ स्थित राम्दी पुलबाट कालिगण्डकी नदिमा हाम फालेका एक यु.....ReadMore |
/uploads/news/8hGi0wlKp78Imc8+XD2ipw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई हार्दिक बधाई तथा सम्मानकाठमाण्डौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद
प्रतियोगिता २०७९’मा सहभागी भई विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्न
सफल नेपाल एपीएफ क्लवका खेलाडीहरुलाई कार्तिक १५ गते सशस्त्र प्रहरी बल
नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा आयोजित एक कार्यक्रमका बीच
हार्दिक बधाई तथा सम्मान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा नेपाल एपीएफ क्लवका
खेलाडीहरुले विभिन्न विधामा सहभागी भई हासिल गरेको पदकले खेलाडीहरुको
मात्र नभई संगठनको नाम समेत उच्च रहेको बताउनुहुँदै आगामी दिनहरुमा
खेलाडीहरुले अनुशासन, मेहनत र लगनशिल भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
स्तरका प्रतियोगिताहरुमा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त
गर्नुभयो ।
उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका
खेलाडीहरुले बिभिन्न बिधामा हासिल गरेकोे राष्ट्रिय कीर्तिमानको प्रशंसा
गर्नुहुँदै उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई संगठनको तर्फबाट आगामी
दिनमा थप सेवा र सुविधा प्रदान गरिने बताउनुभयो ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन
शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल एपीएफ क्लवका खेलाडी
लगायत सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्वाचन
सुरक्षार्थ परिचालन हुन समेत निर्देशन दिनुभएको छ ।
गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न
स्थानहरुमा संचालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ
क्लवले ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक सहित दोश्रो
स्थान हासिल गरेको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ
अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत लगायत बिल्लादार तथा जवानहरुको
समेत उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई हार्दिक बधाई तथा सम्मान | |
काठमाण्डौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद
प्रतियोगिता २०७९’मा सहभागी भई व.....ReadMore |
/uploads/news/no-image-new.jpg
आचरण विपरित कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु निलम्बन गरिएको [२०७९/०७/१४ गते]
(क) सशस्त्र प्रहरी बल¸ नेपाल बि.ओ.पि. छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादव मिति २०७९/०६/२० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेको घटना सम्बन्धमा प्रारम्भिक छानविनबाट विभागीय नीति तथा आदेश विपरीत कार्य गरेको देखिएका तत्कालीन बि.ओ.पि.पति सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई विभागीय कारवाही प्रक्रियाको लागि मिति २०७९/०७/१४ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी नियमावली¸ २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ बमोजिम निलम्बन गरिएको ।
(ख) सशस्त्र प्रहरी बल¸ नेपाल नं. २८ गण हे.क्वा. कपिलबस्तुबाट निर्वाचन सुरक्षा वेश स्थापना गर्न मिति २०७९/०७/०४ गते टोली पुर्याई फर्कने क्रममा गाडि सुरक्षा कमाण्डरको रुपमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदीले कमाण्डरको जिम्मेवारी सही ढंगले निर्वाह नगरी सवारी दुर्घटना हुन गई ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुको समेत मृत्यु भएको घटना सम्बन्धमा प्रारम्भिक छानविनबाट समेत निज दोषी देखिएको हुँदा निजलाई विभागीय कारवाही प्रक्रियाको लागि मिति २०७९/०७/१४ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी नियमावली¸ २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ बमोजिम निलम्बन गरिएको।
आचरण विपरित कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु निलम्बन गरिएको [२०७९/०७/१४ गते] | |
(क) सशस्त्र प्रहरी बल¸ नेपाल बि.ओ.पि. छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण याद.....ReadMore |
/uploads/news/634fc3ab3ccfe.JPG
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा कार्तिक २ गते आयोजित दिक्षान्त समारोहमा उक्त कोर्षमा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ र रिसर्चतर्फ प्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बहादुर सिंहलाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गर्नुभयो ।
सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो अवसरमा उक्त कोर्ष सफलतापूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै सांगठानिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यवसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन दिनुभयो ।
उहाँले दिक्षित अधिकृतहरुले यस कोर्षबाट प्राप्त गरेका ज्ञान, सिप, कला र कौशललाई सदुयोग गर्दै सांगठानिक बिकासमा ईमान्दार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशिल रहनुपर्ने बताउनुभयो ।
उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलतापूर्वक संचालन गर्न नेपाल सरकार गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार समेत प्रकट गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले संगठन र राष्ट्रका लागि दक्ष अधिकृत उत्पादनमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दिक्षित अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको कामना गर्नुहँुदै भोलिका दिनमा आउनसक्ने सुरक्षा चुनौतीहरु परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन तथा कुशल नेतृत्व प्रर्दशन गरी व्यवसायिक जिम्मेवारी निर्वाहमा यस्ता कोर्षबाट प्राप्त ज्ञान उपयोगी रहने बताउनुभयो ।
उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको कुरा कार्यक्रममा जानकारी गराईएको थियो ।
२०७८ साल जेठ १६ गतेबाट संचालन भएको सो कोर्षमा २ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकसहित कुल १० जना जना अधिकृतहरुको सहभागीता रहेको थियो ।
सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।
उक्त विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित छ.....ReadMore |
{
/images/misc/no-image.jpg
}
भारतबाट अवैध रुपले ल्याउँदै गरेको औषधीसहित घोडा बरामद
सप्तरी,
सशस्त्र प्रहरी बल नेपाल बिओपी रामनगरले सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट असोज २७ गते करीव ५१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधीसहित घोडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले घोडामा राखी ल्याउँदै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त औषधी तथा घोडा सोही ठाउँमा छाडी फरार भएका थिए ।
बरामद औषधी तथा घोडा भन्सार कार्यालय राजविराजमा बुझाईएको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको औषधीसहित घोडा बरामद | |
सप्तरी,
सशस्त्र प्रहरी बल नेपाल बिओपी रामनगरले सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका ६ स्थित सीमा ईला.....ReadMore |
{
/images/misc/no-image.jpg
}
बेवारिसे अवस्थामा रहेको चिनी सशस्त्र प्रहरीद्वारा बरामद
पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ४ स्थित बडसारे सडक किनाराबाट असोज २६ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको ६० बोरा चिनी बरामद गरेको छ ।
वेवारिसे अवस्थामा रहेको उक्त चिनी सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र बिओपी भुजहवाले बरामद गरेको हो ।
बरामद चिनी महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।
बेवारिसे अवस्थामा रहेको चिनी सशस्त्र प्रहरीद्वारा बरामद | |
पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ४ स्थित बडसारे सडक किनाराबाट असोज २६ गते स.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठ बरामद
महोत्तरी,
महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित खेतमा अवैध रुपले कटान गरी लुकाई छिपाई राखेको करीव १ लाख ५० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ सशस्त्र प्रहरीले असोज २६ गते बरामद गरेको छ ।
उक्त काठ सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्ष पोष्ट लक्ष्मिनियाले बरामद गरेको हो ।
बरामद काठ सव डिभिजन वन कार्यालय लक्ष्मिनियामा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठ बरामद | |
महोत्तरी,
महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित खेतमा अवैध रुपले कटान गरी लुकाई छिपाई राखेको कर.....ReadMore |
{
/images/misc/no-image.jpg
}
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सिरहा,
सिरहा जिल्लाको बरियापट्टि गाउँपालिका ३ स्थित भन्सार ईलाकाबाट असोज २७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको सुखिपुर गाउँपालिका ३ बस्ने २८ वर्षिय विरेन्द्र यादवलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल वरियापट्टिले जाँच गर्दा उनको साथमा बुप्रेनोथाईजिन १ वटा, हाईड्रोक्लोराईड ३ एम्पुल फेबुप्रेनोर्फिन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र रन्टीडाईन इन्जेक्सन १ एम्पुल फेला पारेको हो ।
पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ | |
सिरहा,
सिरहा जिल्लाको बरियापट्टि गाउँपालिका ३ स्थित भन्सार ईलाकाबाट असोज २७ गते सशस्त्र प्रहरीले विभ.....ReadMore |
{
/images/misc/no-image.jpg
}
विलविजक भन्दा फरक सामानसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सुनसरी,
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट असोज २६ गते सशस्त्र प्रहरीले बरीव ४१ लाख ५४ हजार रुपैयाँ बराबरको ५ सय ४० कार्टुन पेय पदार्थ र सय बोरा मैदा बोकेको दुई वटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ६ बस्ने ४१ वर्षिय सभापती यादव र सिन्धुली जिल्लाको कमलामाई नगपालिका ५ बस्ने ३८ वर्षिय जितबहादुर थिङ्ग छन् ।
विराटनगरबाट सप्तरीतर्फ आउँदै गरेको ना ४ ख ७८८३ र बा ५ ख ६९३५ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामानको विलविजकमा उल्लेख भएभन्दा फरक पाईएपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी हरिपुरले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
विलविजक भन्दा फरक सामानसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ | |
सुनसरी,
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट असोज २६ गते सशस्त्र प्रहरील.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न
काठमाडौं, बडादशैंको अवसरमा आज महानवमीको दिन सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा आयोजित विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको हो । उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा बिल्लादार जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा सुरु गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न | |
काठमाडौं, बडादशैंको अवसरमा आज महानवमीको दिन सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्.....ReadMore |
/uploads/news/6336b0a7acfb2.JPG
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सिसिएससी तालिम समापन
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको समापन गर्नुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असोज १४ गते आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
कार्यक्रममा उहाँले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्न संगठनका सवै तहका कर्मचारीहरु पेशागत ज्ञानले शिक्षित प्रशिक्षित हुनुपर्ने उल्लेख गर्नुहुँदै उपलब्ध जनशक्तिलाई प्रभावकारी नेतृत्व प्रदान गर्न सक्षम नेतृत्वको अपरिहार्यतालाई यस्ता पेशागत तालिमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडबाडसँगै आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गईरहेको सन्दर्भमा सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्वाचन सुरक्षा, परिचालन र आईपर्ने सुरक्षा चुनौती र यसको व्यवस्थापनतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।
उहाँले दर्जा अनुसारको तालिम प्राप्त निपूर्ण जनशक्तिबाट संगठनले लक्षित उद्देश्य हासिल गर्न सक्ने भएकोले तालिमबाट आर्जन गरेको सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा व्यवहारिक रुपमा समेत लागू गर्नुपर्ने बताउनुभयो ।
महानिरीक्षक अर्यालले सीमित श्रोत साधनका बावजुद देशका ७७ वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपाल परिचालित रहेको सन्दर्भमा प्रतिकूल भूगोल, मौसम र परिस्थितिको सामना गर्दै समयानुकुल परिवर्तित सुरक्षा चुनौतीहरुलाई परास्त गरी कार्यक्षेत्रमा थप हौसला, जोश, जाँगर र उर्जाका साथ परिचालित हुन तालिमबाट सिकेको ज्ञानले थप मद्दत पुर्याउने उल्लेख गर्नुभयो ।
१२ हप्ता अवधिको उक्त तालिम ३३ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।
उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका आन्तरिक तथा विभिन्न क्षेत्रका विषय विज्ञबाट प्रशिक्षण प्रदान गरिएको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सिसिएससी तालिम समापन | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मात.....ReadMore |
/uploads/news/63358b2bce302.JPG
एपीएफ र एसएसबी वीचको समन्वयात्क बैठक सम्पन्न
काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ ।
असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकको बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गर्नुभएको थियो ।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायवीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको छ ।
यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको छ ।
एपीएफ र एसएसबी वीचको समन्वयात्क बैठक सम्पन्न | |
काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच भएको छैठौं समन्वयात्म.....ReadMore |
/uploads/news/63357c2bbeae5.JPG
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली, छठपर्व र नेपाल संवतको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।
उहाँले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज १२ गते शुभकामना दिनुहुँदै स्वदेश तथा विदेशमा विभिन्न कार्यक्षेत्रमा परिचालित सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्नुुहुँदै जिम्मेवारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा समेत नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद विपद्मा परेकाहरुको उद्धारमा थप जोश, जाँगर, हौसला र वफादारिताका साथ परिचालित हुन सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई निर्देशन समेत दिनुभयो ।
उहाँले सुरक्षा आफैमा जटिल, संवेदनशील र चुनौतीपूर्ण हुनेहुँदा सुरक्षासँग सरोकार राख्ने अन्य निकायसँग समन्वय गरी चाडपर्वका वेला सजकताकासाथ अझ बढी सक्रिय भई परिचालन हुनुपर्ने बताउनुभयो ।
महानिरीक्षक अर्यालले चाडपर्वको बेला स्वदेश तथा विदेशमा आवतजावत गर्ने नागरिकको सहयोग तथा सुरक्षका लागि देशका विभिन्न नाकाहरुमा आवश्यकता अनुसार सहायता कक्ष स्थापना गरी देश र आम नागरिकको सेवा, सुरक्षमा निःस्वार्थभावले सेवा प्रदान गर्न कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो ।
उक्त शुभकामना सन्देश देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको श.....ReadMore |
/uploads/news/633408df0e590.JPG
गृहसचिव विनोद प्रकाश सिंहबाट सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन
काठमाडौं,
गृहसचिव विनोद प्रकाश सिंहले असोज १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फतं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिनुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोत साधनको बावजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।
गृहसचिव सिंहले आगामी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहने तथा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिहरुले आफु मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
सशस्त्र प्रहर बल नेपालले शान्ति सुरक्षा कायमा गर्न सक्षमता, निपूर्णता तथा तदरुकताका साथ कार्य गर्नु हुनेछ भन्ने अपेक्षा राखेको बताउनुहुँदै उहाँले सीमा सुरक्षामा काठिन परिस्थितिका बावजुद परिचालित कर्मचारीहरुप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।
गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तो सुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आईरहेको उल्लेख गर्नुहुँदै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासको लागि प्राथमिकताका साथ कार्य गरिहेको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्नुहुँदै गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरस पालना गरी ईमान्दारितापूर्वक जम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीहरुलाई सदैव शीरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनु पर्ने बताउनुभयो ।
उहाँले मानव अधिकारको रक्षा, लैंगिक हिंसा र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिनुहुँदै सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी तस्करी नियन्त्रण लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि सम्पूर्ण तयारी गरिएको बताउनुहुँदै जस्तो सुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गर्नुभयो ।
उक्त निर्देशन सम्बोधन ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, नेपाल सरकार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोख्रेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा काठमाडौ स्थित सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो ।
गृहसचिव विनोद प्रकाश सिंहबाट सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन | |
काठमाडौं,
गृहसचिव विनोद प्रकाश सिंहले असोज १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वय.....ReadMore |
/uploads/news/63307e945abe1.JPG
नेपाल एपीएफ स्कूलको अभिभावक दिवस सम्पन्न
काठमाडौं,
नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लव हलमा असोज ९ गते विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विद्यालयको गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयको छात्रवृत्ति अक्षय कोषमा सहयोग गर्नुहुने विभिन्न महानुभाव तथा सो स्कुलमा दश बर्ष सेवा अवधि पूरा गर्नुहुने शिक्षक, शिक्षिकाहरुलाई कदर पत्र समेत प्रदान गर्नुभयो ।
कार्यक्रममा महानिरीक्षक अर्यालले भविष्यका कर्णधार बिद्यार्थीबर्गले उच्च अनुशासनमा रहि शिक्षा आर्जन गर्न मेहनतकासाथ लाग्नुपर्ने उल्लेख गर्नुहुँदै शिक्षक, शिक्षिकाहरुले समेत अनुशासन कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले बिद्यार्थीहरुको व्यक्तित्व निर्माणमा नेपाल एपीएफ स्कुल अझ बढी सकृय रहने कुरामा विश्वास व्यक्त गर्नुहुँदै नेपाल एपीएफ स्कुललाई सात वटै प्रदेशमा स्थापना गर्ने संगठनको लक्ष्य समेत रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ स्कूलले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्न मेहनतका साथ लागिरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल एपीएफ स्कुलले उत्कृष्ट परिणाम हासिल गर्नुका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सो स्कुलका विद्यार्थीहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुती गर्नुकासाथै आफुमा निहित प्रतिभाहरु प्रदर्शन गरेका थिए ।
नेपाल एपीएफ स्कूलको अभिभावक दिवस सम्पन्न | |
काठमाडौं,
नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ सम्पन्न भएको छ ।
सशस्त्.....ReadMore |
/uploads/news/63305579cdab7.jpg
१९ किलो चाँदीसहित सशस्त्र प्रहरीद्वारा पक्राउ
धनुषा,
धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० बर्षिय चन्द्रकान्त झा लाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउदैं गरेका झालाई बिओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको १९ के.जी. ४ सय १७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको छ ।
१९ किलो चाँदीसहित सशस्त्र प्रहरीद्वारा पक्राउ | |
धनुषा,
धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ ब.....ReadMore |
/uploads/news/633054f7985b3.JPG
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि प्रदर्शन
काठमाडौं,
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना अनुरुप आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा प्रदर्शन गरिएको हो ।
कार्यक्रममा महानिरीक्षक अर्यालले रनिङ ट्रफिलाई विजयको प्रतिकको रुपमा लिई नेपाल एपिएफ क्लबबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरुले उच्च मनोबलका साथ आ–आफ्नो खेलकुद विधामा पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशको पोखरा लगायत आसपासका जिल्लाहरुमा संचालन हुने उक्त प्रतियोगितामा कुल ३६ खेल विधा समावेश गराई संचालन गरिने कुरा सो अवसरमा जानकारी गराइएको थियो ।
उक्त खेलकुद प्रतियोगितामा नेपाल एपिएफ क्लवको तर्फबाट ३१ खेल विधामा ५३४ जना खेलाडीहरुको सहभागीता रहने छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, रनिङ ट्रफि टुर कार्यदल समितिका संयोजक नेपाल ओलम्पियन संघका अध्यक्ष ओलम्पियन दिपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाही, अल्ट्रा म्याराथुन धाविका मिरा राई, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, नेपाल एपीएफ क्लबका खेलाडी तथा अफिसियलहरु लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, बिल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि प्रदर्शन | |
काठमाडौं,
‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफि सशस्त्र प्रहरी महानिरीक्षक रा.....ReadMore |
/uploads/news/632eaa4e47862.jpg
पौडी खेल्ने क्रममा वेपत्ता भएका तीन जना मृत अवस्थामा फेला
मकवानपुर,
पौडी खेल्ने क्रममा वेपत्ता भएका तीन जनालाई सशस्त्र प्रहरीले मृत अवस्थामा फेला पारेको छ । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ७ स्थित कर्रा खोलामा असोज ७ गते सोही ठाउँ बस्ने १३ बर्षिय संजिव मोक्तान, १७ बर्षिय साहिल लामा र १२ बर्षिय कर्साङ जिम्बा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।
स्थानीयबाट सो बारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट खोजी कार्यको लागि सशस्त्र प्रहरी खटिएको थियो ।
सोही खोलामा तीनै जनाको शव पानीमा डुबिरहेको अवस्थामा सशस्त्र प्रहरीले अन्य सुरक्षा निकाय सहितको संयुक्त प्रयासमा फेला पारेको हो ।
पौडी खेल्ने क्रममा वेपत्ता भएका तीन जना मृत अवस्थामा फेला | |
मकवानपुर,
पौडी खेल्ने क्रममा वेपत्ता भएका तीन जनालाई सशस्त्र प्रहरीले मृत अवस्थामा फेला पारेको छ । &n.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई दिईएको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहनु भएका
सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काको सशस्त्र प्रहरी बल नेपाल
नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा
भए पश्चात बरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी दिईएको हो ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि उहाँलाई मोबाईल नम्बर
९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने
छ ।
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी
सशस्त्र प्रह.....ReadMore |
/uploads/news/6329b7dc71d00.jpeg
निःशुल्क महिला स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न
काठमाडौं,
नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाण्डौं र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाको संयुक्त आयोजनामा ओखलढुङ्गा जिल्लाको ओखलढुङ्गा सामुदायिक मिसन अस्पतालमा गत भाद्र २७, २८ र २९ गते दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर तथा १ दिने महिला स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न भएको छ ।
सो स्वास्थ्य शिविरमा नेपाल ए.पि.एफ अस्पतालको क्यान्सर विशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी उपरिक्षक डा. सौजन्य कर्माचार्यको कमाण्डमा खटिएका स्वास्थ्यकर्मीहरुले ६ सय २६ जना स्थानिय महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ (प्याप टेस्ट, भि.आई.ए. र भि.आई.एल.आई. जाँच) गरेका थिए । साथै निःशुल्क रुपमा औषधी समेत बितरण गरिएको थियो ।
यसैगरी सो सामुदायिक अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मिहरुलाई क्यान्सर स्क्रिनिङ तालिम समेत प्रदान गरिएको छ ।
सो शिविरमा ३ सय ५० जना स्थानिय महिलाहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रममा समेत संचालन गरिएको थियो ।
निःशुल्क महिला स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न | |
काठमाडौं,
नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाण्डौं र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाको संयुक्त आयोजना.....ReadMore |
/uploads/news/YaEUpc59TjUQPR1OjP9LkA==.jpg
ब्याण्ड उन्नत तालिम समापनकाठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय साँस्कृतिक तथा बाद्यवादन गुल्म
काठमाडौमा संचालित सि.सं. ६ ब्याण्ड उन्नत ग्रुप ए ग्रेड III तालिम
भाद्र १५ गते सम्पन्न भएको छ ।
उक्त तालिमको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले एक
कार्यक्रमका बीच समापन गर्नुका साथै तालिममा सर्वप्रथम भएका सशस्त्र
प्रहरी जवान बुद्धिलाल श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान
गर्नुभयो ।
उहाँले तालिमबाट सिकेका ज्ञान तथा कलाकौशललाई कार्यक्षेत्रमा परिचालित
हुँदा अनुशासित एवं ईमान्दारीतापूर्वक सेवा प्रवाहमा लाग्नुपर्ने
बताउनुभयो ।
४२ हप्ता अवधिको उक्त तालिम ३२ जना सशस्त्र प्रहरी कर्मचारीहरुले
सफलतापुर्वक सम्पन्न गरेका छन् ।
ब्याण्ड उन्नत तालिम समापन | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय साँस्कृतिक तथा बाद्यवादन गुल्म
काठमाडौमा संचालित सि.सं. ६ ब्या.....ReadMore |
/uploads/news/RwunPuL3B8p5kS4l2QOUCA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थानकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यहि भाद्र १५ गते देखि १७ गते
(अगस्ट ३१ देखि सेप्टेम्बर २) सम्म संयुक्त राष्ट्रसंघको मुख्यालय
न्युयोर्कमा संचालन हुन गइरहेको तेश्रो United Nations Chiefs of Police
Summit (UNCOPS) मा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गर्नुभएको छ ।
उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ
अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक बिदाइ
गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त
संगठन प्रमुखको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
नारायणदत्त पौडेलले सम्हाल्नुहुनेछ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यहि भाद्र १५ गते देखि १७ गते
(अगस्ट ३१ देखि सेप्टेम्बर २) सम्म .....ReadMore |
/uploads/news/lAEZAUl0M3Rp+G1TrAgV7Q==.jpg
नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन सम्झौताकाठमाडौं,
नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी
चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न
इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पु¥याउने सम्बन्धी सम्झौता भएको
छ ।
गैर नविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो
सम्झौता गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र
प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान
कार्यालय हल्चोकमा भाद्र १० गते आयोजित कार्यक्रमका वीच सो सम्झौतामा
हस्ताक्षर गर्नुभएको हो ।
कार्यक्रममा सो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट
चार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको
उल्लेख गर्नुहुँदै ग्याँसको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने
लक्ष्य अनुरुप प्राधिकरणले काम गरिरहेको बताउनुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता
प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउनुहुँदै आगामी दिनमा
समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
सो सम्झौता अनुसार सशस्त्र प्रहरी बलका हाल संचालित २ वटा पेट्रोल पम्प
तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण
गरिनेछ ।
सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च
नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा संचालन
सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ ।
इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा
सवै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सवै गुल्महरुको
लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उर्जा दक्षता तथा चुहावट
नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल, सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकद्वय नारायदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र
प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल विद्युत प्राधिकरणका
पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन सम्झौता | |
काठमाडौं,
नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी
चार्जिङ स्टेशन निर्माण तथा सं.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई पक्राउ सुनसरी,
सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ स्थित घुस्कीबाट भाद्र ५ गते
बेलुका सशस्त्र प्रहरीले ३ सय वटा नाईट्राभेट ट्याब्लेटसहित दुई जनालाई
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको हरिनगर गाँउपालिका ४ बस्ने १९ बर्षिय
शिवराम कुमार महत्तो र २० बर्षिय राम प्रवेश कुमार मण्डल छन् ।
को ३५ प ७५४२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी
बल नेपाल बिओपी घुस्कीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी
चौकी घुस्कीमा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई पक्राउ | |
सुनसरी,
सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ स्थित घुस्कीबाट भाद्र ५ गते
बेलुका सशस्त्र प्रहरीले ३ सय वटा नाईट.....ReadMore |
/uploads/news/CtsdRN3RKzxszIzAShw1SQ==.jpg
पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउकाठमाडौं,
मोरङ्ग जिल्लाको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट भाद्र ५
गते सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षिय
आरिफ आलमलाई पक्राउ गरेको छ ।
को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई
सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल,
सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित
पक्राउ गरेको हो ।
आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९
वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि
मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ ।
धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय
७० नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल,
रुपैयाँ र मोवाईल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ
।
यसै गरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले भाद्र ५ गते सप्तरी
जिल्लाको राजगढ नगरपालिका २ बनैनिया सीमा ईलाकाबाट एउटा कटुवा पेस्तोल
तथा सोको एउटा गोली बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र
प्रहरीलाई देख्नासाथै उनीहरुले बोकेको शंकास्पद वस्तु छाडी फरार भएपछि सो
बस्तु जाँच गर्दा उक्त पेस्तोल तथा गोली बरामद गरिएको हो ।
पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ | |
काठमाडौं,
मोरङ्ग जिल्लाको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट भाद्र ५
गते सशस्त्र प्रहरीले दुई वटा पे.....ReadMore |
/uploads/news/VD6EPil1UGaZucZSLiTltw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट छिन्नमस्ता बाहिनी र मातहत इकाईहरुको निरीक्षणकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र १ गते सशस्त्र प्रहरी
बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सो बाहिनी मातहत
इकाईहरुको निरीक्षण गर्नुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निरीक्षण भ्रमणको क्रममा सो बाहिनी
र बाहिनी मातहत इकाईहरुका प्रमुखसँग सुरक्षा सम्बन्धी विविध विषयमा छलफल
तथा अन्तरक्रिया गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न निर्देशन समेत
दिनुभयो ।
यसअघि साउन ३१ गते धनुषास्थित जनकपुरधाममा प्रहरी महानिरीक्षक धिरज
प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समुपस्थितिमा
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल वीच शान्ति सुरक्षामा समन्वय,
सहकार्य र सहयोग सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको
थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट छिन्नमस्ता बाहिनी र मातहत इकाईहरुको निरीक्षण | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र १ गते सशस्त्र प्रहरी
बल नेपाल नम्बर २ छिन्नमस्ता बा.....ReadMore |
/uploads/news/x8T9sS2ge2p1FT++InP8ag==.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको विभिन्न सामान बरामदकाठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट पश्चिम नवलपरासीले साउन ३१गते पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १८ स्थित सीमा ईलाकाबाट अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९० हजार रुपैयाँ बराबरको ३० बोरा चिनी बोलेरो पिकअपसहित बरामद गरेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाले सोही जिल्लाको सरावल गाँउपालिका ७ बाट करीब ५६ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
यसअघि सोही जिल्लाको प्रतापपुर गाँउपालिका ५ बाट साउन २१ गते सशस्त्र प्रहरीले करीब ३ लाख ४४ हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको एउटा ट्रयाक्टर, ट्रली र त्यसमा रहेको अवैध कवाडी सामान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीले बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ ।
यसैगरी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही र सशस्त्र प्रहरी बल
नेपालको संयुक्त टोलीले साउन २२ गते पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर
गाँउपालिका ५ बाट बिल बिजक नभएको पाँच बोरा लत्ताकपडासहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
यूपी ५३ एम १८०० नम्बरको अल्टो कारमा राखेर ल्याउँदै गरेको उक्त
लत्ताकपडाको बिल बिजक नभएको फेला परेपछि उक्त लत्तापकडा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको विभिन्न सामान बरामद | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट पश्चिम नवलपरासीले साउन ३१गते पश्चिम नवलपरासी जिल्लाको .....ReadMore |
/uploads/news/zrqLyXd+CC8gGe6a2AERDg==.jpg
व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता सम्पन्न काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हल्चोकमा साउन ३१ गते
‘व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता’ सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उक्त
प्रतियोगिताका विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रथम पटक
सशस्त्र प्रहरी अधिकृतहरुको लागि संचालन गरिएको यस्ता प्रतियोगिताले
व्यवसायीक दक्षता अभिवृद्धि गर्न थप टेवा पु¥याउने विश्वास समेत व्यक्त
गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायत प्रदेश स्तरमा रहेका
सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुमा मासिक रुपमा नियमित सो
प्रतियोगिता संचालन गरिने योजना रहेको छ ।
व्यवसायीक ज्ञान परिक्षण प्रतियोगिता सम्पन्न | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हल्चोकमा साउन ३१ गते
‘व्यवसायीक ज्ञान परिक्षण प्रतियोगि.....ReadMore |
/uploads/news/9FTjH+3rlHSqzlKBjH5jNw==.jpg
दश लाख बराबरको यार्सागुम्बा सशस्त्र प्रहरीद्वारा बरामदबाँके,
बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते
सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम
यार्सागुम्बा बरामद गरेको छ ।
अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र
प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो ।
सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई
देख्नासाथै सोही ठाउँमा छाडि भागेका थिए ।
बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज
बाँकेमा बुझाइएको छ ।
दश लाख बराबरको यार्सागुम्बा सशस्त्र प्रहरीद्वारा बरामद | |
बाँके,
बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते
सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ ब.....ReadMore |
/uploads/news/EB06kZ5kbHWgudPrE62EJA==.jpg
सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम उद्घाटनकाठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा साउन २९
गतेदेखि सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम
संचालन भएको छ ।
उक्त तालिम सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
सोही अवसरमा उहाँले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिम अवधिमा
सिक्ने र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा
आईपर्ने जुनसुकै चुनौतीलाई पनि सामना गर्न सकिने बताउनुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले दर्जासँगै बढेको जिम्मेवारी
पुरा गर्न तालिम अपरिहार्य रहेको बताउनुहुँदै तालिममा सहभागी अधिकृतहरु
अनुशासित, इमान्दारिता र कर्तव्यनिष्ठ भई पुरा गर्नेतर्फ लाग्नुपर्ने
उल्लेख गर्नुभयो ।
१२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र
सशस्त्र प्रहरी नायव निरीक्षकबाट बढुवा हुनुभएका १०३ जना सशस्त्र प्रहरी
निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम उद्घाटन | |
काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा साउन २९
गतेदेखि सि.सं. १४ सशस्त्र प्र.....ReadMore |
/uploads/news/+F5tXsmY85NSVPzKN9XLRg==.jpg
सशस्त्र प्रहरीद्वारा विलविजक अनुरुप नभएको विभिन्न सामानसहित पक्राउझापा,
झापा जिल्लाको गौरादह नगरपालिका ७ ग्वालडुब्बाबाट साउन २५ गते राति
सशस्त्र प्रहरीले करीव ९४ लाख ४८ हजार रुपैयाँ बराबरको विलविजक अनुरुप
नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ
।
सोही जिल्लाको बिर्तामोड नगरपालिका ७ बस्ने ४४ वर्षिय धनिलाल राजबंशीलाई
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले
पक्राउ गरेको हो ।
ग्वालडुब्बाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकमा
राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ९ सय ९० के.जी. रेडिमेड
कपाल, लत्ताकपडा, स्टेशनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामानसहित
राजबंशी पक्राउ परेका हुन् ।
बरामद ट्रकसहित राजबंशीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान
कार्यालय ईटहरीमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा विलविजक अनुरुप नभएको विभिन्न सामानसहित पक्राउ | |
झापा,
झापा जिल्लाको गौरादह नगरपालिका ७ ग्वालडुब्बाबाट साउन २५ गते राति
सशस्त्र प्रहरीले करीव ९४ लाख ४८ हजार रु.....ReadMore |
/uploads/news/SYX5Fmh9jGqQulNdHQVWcw==.jpg
लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धारःरसुवा,
रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका ५ स्थित गोसाइकुण्ड तिर्थबाट साउन
२७ गते घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले
सकुशल उद्धार गरेको छ ।
बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ बर्षिय
नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका ११ बस्ने २० बर्षिय
साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १० बर्षिय
निर्जिव दुवाडी छन् ।
सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २०
गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे
अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको
जिम्मा लगाई पठाइएको छ ।
लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धारः | |
रसुवा,
रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका ५ स्थित गोसाइकुण्ड तिर्थबाट साउन
२७ गते घर फर्कने क्रममा लेक लाग.....ReadMore |
/uploads/news/ze+YLfmxc8MM8G1YIgxk+Q==.jpg
सशस्त्र प्रहरीद्वारा करीब १४४ के.जी. गाँजा बरामदकाठमाडौ,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक
खण्डस्थित बहुअरी चोकबाट साउन २४ गते राति सशस्त्र प्रहरीले करीब १ सय ४४
के.जी. गाँजा बरामद गरेको छ ।
सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र
प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित
गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीले सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाई छिपाई
राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि
गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।
बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा करीब १४४ के.जी. गाँजा बरामद | |
काठमाडौ,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक
खण्डस्थित बहुअरी चोकबाट साउन २४ गते .....ReadMore |
/uploads/news/ZI24McAj2A6dbrL7WGrZwg==.jpg
प्रशासनिक व्यवस्थापन तालिम समापनकाठमाडौं,
सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल
नेपालका सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन
तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले साउन १७
गते एक कार्यक्रमका बीच समापन गर्नुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा
सर्वप्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक जगतसिंह डागालाई
पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक
कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा
आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा
गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पु¥याउने बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई
सदुपयोग गर्दै आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यवसायिक एवं
कार्यालयको काममा एकरुपता ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्ने विश्वास
समेत व्यक्त गर्नुभयो ।
पाँच हप्ता अवधिको उक्त तालिम ९ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २३
जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल ३२ जना सशस्त्र प्रहरी अधिकृतहरुले
सफलतापूर्वक सम्पन्न गरेका छन् ।
कार्यक्रममा उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र
प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपालका
अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
प्रशासनिक व्यवस्थापन तालिम समापन | |
काठमाडौं,
सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल
नेपालका सिनियर अधिकृतहरुको .....ReadMore |
/uploads/news/61P0T0B68lvgPQaWyttY0Q==.jpg
पौडी खेल्ने क्रममा हराएका व्यक्तिको शव सशस्त्र प्रहरीद्वारा फेलाझापा,
झापा जिल्लाको गौरदह नगरपालिका ९ स्थित कमल खोलामा साउन १७ गते पौडी
खेल्ने क्रममा वेपत्ता भएका १८ बर्षिय उज्वल खरेलको शव सशस्त्र प्रहरीले
फेला पारी खोलाबाट बाहिर निकालेको छ ।
सोही जिल्लाको कमल गाँउपालिका १ बस्ने निज खरेल सो खोलामा पौडी
खेल्दाखेल्दै एक्कासी वेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र
प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरसहितको
सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट
खटिएको टोली उनको खोजी कार्यमा जुटेको थियो ।
सशस्त्र प्रहरीले साउन १८ गते विहान ०८ः२० बजेको समयमा सोही ठाउँमा करीब
२० फिट गहिरो पानी मुनि उनको शव फेला पारेको हो ।
पौडी खेल्ने क्रममा हराएका व्यक्तिको शव सशस्त्र प्रहरीद्वारा फेला | |
झापा,
झापा जिल्लाको गौरदह नगरपालिका ९ स्थित कमल खोलामा साउन १७ गते पौडी
खेल्ने क्रममा वेपत्ता भएका १८ बर्षिय उ.....ReadMore |
/uploads/news/2IoNlYl9CeJDmV06MmksSQ==.jpg
भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धारःसिन्धुपाल्चोक,
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा
अड्किएका एक जनाको सशस्त्र प्रहरीले साउन २१ गते सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ बर्षिय छिरिङ्ग
शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल
मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए ।
सो बारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना
सुरक्षा बेश मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त टोली
खटिगई उनको उद्धार गरेको हो ।
भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धारः | |
सिन्धुपाल्चोक,
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित भिरमा
अड्किएका एक जनाको सशस्त्र प्र.....ReadMore |
/uploads/news/uIujgfvh8+zLVAgQG4IPtg==.jpg
सशस्त्र प्रहरीद्वारा एक जनाको शव फेलामोरङ,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६
गते डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी बाहिर
निकालेको छ ।
सोही ठाउँ बस्ने ३० बर्षिय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा
वेपत्ता भएको भन्ने खबर प्रहरी चौकी घिनाघाटबाट प्राप्त हुनासाथ सशस्त्र
प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङबाट टोली खटिगई उनको खोजी कार्यमा
जुटेको थियो ।
सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।
सशस्त्र प्रहरीद्वारा एक जनाको शव फेला | |
मोरङ,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६
गते डुवेर वेपत्ता भएका एक जनाको शव सश.....ReadMore |
/uploads/news/no-image-new.jpg
टिकटक बनाउने क्रममा तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला सल्यान,
सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ बावियाँ चौरस्थित कुपिण्डे
तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीले साउन ११ गते फेला पारेको
छ ।
दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षिय बेदबहादुर
बस्नेत टिकटक बनाउने क्रममा चिप्लिएर उक्त तालमा खसेका थिए ।
सो बारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट
सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र
प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त तालमा फेला पारेको हो ।
टिकटक बनाउने क्रममा तालमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला | |
सल्यान,
सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ बावियाँ चौरस्थित कुपिण्डे
तालमा डुवेर बेपत्ता भएकाको शव स.....ReadMore |
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउपर्सा,
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट साउन १० गते
सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १९
वर्षिय रोहित कुमार सोनारलाई पक्राउ गरेको छ ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले शंका लागि
जाँच गर्दा उनको साथमा डाईजोपाम ३ सय एम्पुल, नोफिन ३ सय एम्पुल र
फेनारगन ३ सय एम्पुल फेला पारेको हो ।
पक्राउ परेका सोनारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ | |
पर्सा,
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट साउन १० गते
सशस्त्र प्रहरीले विभिन्न किसिमका.....ReadMore |
/uploads/news/6RpO3E34Mop3mE2YWsWfzg==.jpg
माननीय गृहमन्त्री खाँणद्वारा विपद् सामाग्री हस्तान्तरण काठमाडौं,
माननीय गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाललाई विपद्मा
प्रयोग हुने विभिन्न उपकरण, तथा सवारी साधन साउन ७ गते हस्तान्तरण
गर्नुभएको छ ।
त्यसअवसरमा माननीय गृहमन्त्री खाँणले सबै सामाग्री सम्बन्धित ठाउँमा
पु¥याउन र जनधनको क्षति कम गर्न खोज तथा उद्धारमा यी सामाग्रीहरुको
सदुपयोग गर्न निर्देशन दिनुभयो ।
गृह सचिव टेक नारायण पाण्डेले मानिसको जीवन जोगाउन एम्बुलेन्स तथा
उपकरणहरु महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी
प्रमुख अनिल पोखरेलले एम्बुलेन्स तथा उपकरणहरुको व्यवस्थाले नेपालमा
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण उपलब्धी
भएको उल्लेख गर्नुहुँदै यसबाट खोज तथा उद्धारमा ठूलो प्रभाव पर्ने
बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय विपद्
जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट विभिन्न समयमा प्राप्त
उपकरणहरुले सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धार क्षमता अभिबृद्धि
भएको बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन
गरेका आठ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स, एम्बुलेन्समा भन्टिलेटर
अल्ट्रासाउण्ड उपकरण तथा ‘ए क्लास’का एम्बुलेन्समा हुने सबै खालका
उपकरणहरु समेत जडान गरिएको छ । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा
राखेर उपचार गर्न सकिन्छ ।
नेपालमै पहिलो विपद् सामूहिक उद्धार एम्बुलेन्सहरुमा सीसीटिभी क्यामेरा
जाडान गरिएकाले टाढा रहेका विशेषज्ञ चिकित्सकहरुले समेत उपचारमा गाईड
गर्न सक्छन् ।
मोबाईल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सातवटै
प्रदेशमा एक–एक वटाका दरले बितरण गरिनेछ । एउटा काठमाडौं उपत्यकामा रहने
एउटा एम्बुलेन्स सशस्त्र प्रहरी बल नेपालद्वारा संचालित नेपाल एपीएफ
अस्पतालसँगको समन्वयमा संचालन हुनेछ ।
यसैगरी भूकम्प, बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनापछि खोज तथा
उद्धार कार्यका लागि आवश्यक पर्ने ६२ प्रकारका खोज तथा उद्धार उपकरणहरु
पनि हस्तान्तरण गरिएका छन् ।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताम सिंह, उद्योग
बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल तथा राष्ट्रिय अपाङ्ग कोषका
अध्यक्ष डेकराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
--
माननीय गृहमन्त्री खाँणद्वारा विपद् सामाग्री हस्तान्तरण | |
काठमाडौं,
माननीय गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाललाई विपद्मा
प्रयोग हुने विभिन्न उपकरण, त.....ReadMore |
/uploads/news/+Fj+KkyKaTzxUthwKrxD2w==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ‘स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षक प्रशिक्षण तालिम समापनकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल
प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालितFirst Asian United
Nations Training of Trainers Course for the New Specialized Training
Materials for UN Police (UNPOL STM 2021) प्रशिक्षक प्रशिक्षण तालिमको
साउन ६ गते सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच समापन गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले The Integrated
Training Service (ITS) of the Department of Peace Operations (DPO) /
The US Department of State Bureau of International Narcotics and Law
Enforcement Affairs (INL) को सहकार्यमा सो प्रतिष्ठानले तालिम संचालन
गरी सफलतापूर्वक सम्पन्न गराएकोमा सशस्त्र प्रहरी बल नेपालको छबि उच्च
राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
उहाँले यस्ता तालिमले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसनको
लागि जाने अधिकारीहरुको तैनाथी पूर्व तालिम प्रदान गरी क्षमता अभिबृद्धि
गर्न थप मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिमको दौरानमा सहभागी सदस्य
राष्ट्रका प्रशिक्षार्थीहरु बीच उत्साहजनक छलफल र एक आपसमा ज्ञानको
आदान–प्रदान भएको र यसले संयुक्त राष्ट्रसंघको म्याण्डेटमा रहेर
द्वन्द्वग्रष्त मुलुकमा शान्ति सुरक्षा बहाली गर्न तथा मानव सेवा कार्यमा
खटिईने अधिकारीहरुलाई थप टेवा पुग्ने समेत उल्लेख गर्नुभयो ।
दश दिनसम्म संचालन भएको उक्त प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल,
अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, किर्गिज गणतन्त्र, मलेसिया,
मंगोलिया, श्रीलंका र टर्की गरी ९ देशका कुल २४ जना प्रहरी अधिकृतहरु
सहभागी रहेका थिए ।
कार्यक्रममा यूएस एम्बेसीका विशेष अतिथि म्यानुयल पी. मिकलर जुनियर,
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र
चन्द्रप्रकाश गौतम, अष्ट्रेलियन एम्बेसीका प्रतिनिधि पावल म्याकअर्न,
प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी नायव
महानिरीक्षकहरु बंशीराज दाहाल र कालिदास धौवजी, The Integrated Training
Service (ITS) का प्रशिक्षकहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका
अधिकृतहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ‘स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षक प्रशिक्षण तालिम समापन | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल
प्रशिक्षण प्रतिष्ठान माताति.....ReadMore |
/uploads/news/TqZ7Uv8jEuoNqUNBC6Vqsw==.jpg
सशस्त्र प्रहरीद्वारा एक जनाको सकुशल उद्धारपर्सा,
पर्सा जिल्लाको ठोरी गाँउपालिका २ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई
ल्याएका एक जनाको सशस्त्र प्रहरीले असार ५ गते सकुशल उद्धार गरेको छ ।
एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी
पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट उद्धार कार्यको लागि
तत्कालै टोलीले खटिएको थियो ।
सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ बर्षिय पुरुष व्यक्तिको
मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य
चौकी ठोरीमा बुझाएको छ ।
सशस्त्र प्रहरीद्वारा एक जनाको सकुशल उद्धार | |
पर्सा,
पर्सा जिल्लाको ठोरी गाँउपालिका २ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई
ल्याएका एक जनाको सशस्त्र प्रहरीले.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामदबर्दिया,
बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट साउन ५ गते
सशस्त्र प्रहरीले एउटा भरुवाबन्दुक बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले उक्त
भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो ।
बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामद | |
बर्दिया,
बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट साउन ५ गते
सशस्त्र प्रहरीले एउटा भरुवाबन.....ReadMore |
/uploads/news/no-image-new.jpg
यार्सागुम्बासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउबर्दिया,
बर्दिया जिल्लाको गुलरिया नगरपालिका ११ गणेशपुरस्थित सीमा ईलाकाबाट साउन
४ गते सशस्त्र प्रहरीले करीब ३९ लाख २० हजार रुपैयाँ बराबरको
यार्सागुम्बासहित भारत घर बताउने ३० बर्षिय कमल अहमदलाई पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखितमूल्य बराबरको १ के.जी.७००
ग्राम यार्सागुम्बासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण
बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका निज अहमदलाई बरामद यार्सागुम्बासहित आवश्यक कारवाहीको लागि
डिभिजन वनकार्यालय गुलरियामा बुझाइएको छ ।
यार्सागुम्बासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ | |
बर्दिया,
बर्दिया जिल्लाको गुलरिया नगरपालिका ११ गणेशपुरस्थित सीमा ईलाकाबाट साउन
४ गते सशस्त्र प्रहरीले करीब ३.....ReadMore |
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउमोरङ,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित हुलास चोकबाट साउन ४ गते
सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित धनकुटा जिल्लाको पाख्रीवास
३ बस्ने २१ वर्षिय बिशाल लिम्बुलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका लिम्बुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी
रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा
डाईजेपाम १५ एम्पुल, एभिल १५ एम्पुल, फेनारगन १५ एम्पुल, लुपिजेसिक १५
एम्पुल र ९ वटा निट्राभेट ट्याब्लेट फेला पारेको हो ।
पक्राउ परेका लिम्बुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीमा बुझाईएको छ ।
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ | |
मोरङ,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित हुलास चोकबाट साउन ४ गते
सशस्त्र प्रहरीले विभिन्न किसिमका .....ReadMore |
/uploads/news/no-image-new.jpg
श्रोत नखुलेको नेपाली रुपैयासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउसर्लाही,
सर्लाही जिल्लाको बिष्णु गाँउपालिका १ बारास्थित सीमा ईलाकाबाट साउन ४
गते सशस्त्र प्रहरीले श्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय नेपाली
रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बाग्मती नगरपालिका १० बस्ने २३ वर्षिय
सुमन बि.क. छन् ।
प्रदेश ०२–००३–००६ प ३४५१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै
गरेका निज बि.क.लाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बाराबाट खटिएको
सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त
रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो ।
त्यसवेला उनको साथबाट ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर, चाँदीको
ब्रास्लेट १ थान, चाँदीको औंठी १ थान, मोवाईल सेट ३ वटा र उक्त मोटरसाईकल
समेत बरामद गरिएको छ ।
श्रोत नखुलेको नेपाली रुपैयासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ | |
सर्लाही,
सर्लाही जिल्लाको बिष्णु गाँउपालिका १ बारास्थित सीमा ईलाकाबाट साउन ४
गते सशस्त्र प्रहरीले श्रोत नखुल.....ReadMore |
/uploads/news/8feVplMffvP32Lzx1Ghiqg==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानः–काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयमा साउन ५ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी
निरीक्षक पदमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान
गर्नुभयो ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही साउन २ गतेको निर्णयले
सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र
प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका ७ जना जुनियर अधिकृतहरु
सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको हो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लामो सयम जुनियर अधिकृत
दर्जामा रहँदाको अनुभवलाई संगठनको हित र उच्चतम् विकासमा योगदान
पुर्याउन निर्देशन दिनुहुँदै बढुवा भएका अधिकृतहरुलाई हार्दिक बधाई तथा
आगामी दिनको कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
उहाँले संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि
संगठनले हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै कार्य सम्पादन
मूल्यांकन तथा चुनौतीपूर्ण कार्यको मूल्यांकनलाई यथार्थपरक बनाउनुको साथै
व्यावसायीक कार्यशैलीको निष्पक्ष र पारदर्शी तवरले बढुवा समितले
मूल्यांकन गरिरहेको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जुनियर अधिकृतबाट सिनियर अधिकृतका
रुपमा रुपान्तरण हुँदा जिम्मेवारी पनि स्वतः बृद्धि हुने र सोको मर्यादा
र गरिमा राखेर आगामी दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसालाका
साथ कार्य गर्न समेत निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त
पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ
अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानः– | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयमा साउन ५ गते आयोज.....ReadMore |
/uploads/news/XTSB1VeclBLNffYI8Ct7uA==.jpg
१ सय ९२ के.जी. गाँजासहित स्कारपियो गाडी बरामदरौतहट,
रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट साउन १ गते सशस्त्र
प्रहरीले करीव १ सय ९२ के.जी. गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले
सो ठाउँमा रहेको बगैचामा पार्किङ्ग गरि राखेको डीएल ४ सीएनबी ६२२९
नम्बरको स्कारपियो गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको गाँजा
बरामद गरिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको
छ ।
बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाईएको छ ।
१ सय ९२ के.जी. गाँजासहित स्कारपियो गाडी बरामद | |
रौतहट,
रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट साउन १ गते सशस्त्र
प्रहरीले करीव १ सय ९२ के.जी. गाँजा ब.....ReadMore |
/uploads/news/no-image-new.jpg
लाखौ मुल्यको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद काठमाडौं,
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट साउन १
गते सशस्त्र प्रहरीले करीव २ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी
बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका २ स्थित टेङ्गरबाट साउन
१ गते सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
किराना सामान बरामद गरेको छ ।
ज १ ह ५१०३ नम्बरको अटोमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको
अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी पोखरभिण्डाबाट खटिएको
सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त अटो समेत बरामद गरिएको
छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र
प्रहरीले साउन १ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद
गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरीले मोरङ
जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी पशुपतिनगरबाट खटिएको सशस्त्र
प्रहरीले साउन २ गते करीब १ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा
ईलाम जिल्लाको सूर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट बरामद
गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट खटिएको सशस्त्र
प्रहरीले साउन २ गते रौतहट जिल्लाको गरुडा नगरपालिका १ जयनगरबाट करीब १
लाख ३ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ ।
बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
लाखौ मुल्यको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद | |
काठमाडौं,
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट साउन १
गते सशस्त्र प्रहरीले करीव २ लाख.....ReadMore |
/uploads/news/xu8A0wcpfx1zs+BB9giNow==.jpg
सशस्त्र प्रहरी अधिकृतहरुलाई फ्रेन्च भाषा प्रशिक्षण सुरुकाठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २
गतेदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण
कक्षा संचालन गरिएको छ ।
सो प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फ्रेन्च भाषाको
आवश्यकता र महत्व दिनानु दिन बढ्दै गईरहेको चर्चा गर्नुहुँदै संयुक्त
राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी
कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन
प्रमुखको उद्देश्य अनुरुप उक्त प्रशिक्षण कक्षा संचालन गरिएको बताउनुभयो
।
उहाँले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा एक
महत्वपूर्ण भाषा रहेकोले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त भाषामा दक्ष
बनाई भविष्यमा विभिन्न मिशनमा खटिँदा भाषा सम्बन्धमा कुनै कठिनाईहरु नआओस
र भविष्यमा विभिन्न मिशन ईलाकामा खटिनु पुर्व फ्रेन्च भाषामा लिईने
परिक्षामा समेत धेरै भन्दा धेरै उत्तिर्ण भई सशस्त्र प्रहरीको सहभागिता
बढ्ने विश्वासका साथ भाषा प्रशिक्षण सुरु गरिएको बताउनुभयो ।
त्यसअवसरमा एलायन्स फ्रँसेका डेपुटी डाईरेक्टर प्रविण राणाले फ्रेन्च
भाषाको महत्व तथा आवश्यकता माथि प्रकाश पार्नुहुँदै सशस्त्र प्रहरी बल
नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी उक्त भाषा प्रशिक्षण कक्षा
सुरु गरिएको बताउनुभयो ।
उक्त फ्रेन्च भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक सहित कुल
४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरुको सहभागीता रहेको छ ।
सशस्त्र प्रहरी अधिकृतहरुलाई फ्रेन्च भाषा प्रशिक्षण सुरु | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २
गतेदेखि सशस्त्र प्रहरी अधिकृतहरुल.....ReadMore |
/uploads/news/NBpBYTYUoxjOmHq7DLMatQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गते आयोजित एक समारोहका बीच
नेपाल सरकार माननीय मन्त्रीस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी
बल नेपालको साधारण समुह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक
पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम
मुकरर हुनुभएका होम ज्ञवालीलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान
गर्नुभयो ।
त्यसअवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा
कायम मुकायम मुकरर हुनुभएका ज्ञवालीलाई हार्दिक बधाई तथा कार्य सफलताको
शुभकामना दिनुहुँदै संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा
तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालय सँग समन्वयका
साथ अगाडी बढिरहेको बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी अधिकृत जवानहरुले उत्कृष्ट कार्यसम्पादनका साथ
राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा आ–आफ्नो ठाउँबाट पुर्याएको
योगदानले सांगठनिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै
राष्ट्रसेवक सशस्त्र प्रहरीहरुले फौजी अनुशासनमा रहँदै दर्जा अनुरुप
प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आर्थिक अनुशासनको पूर्ण पालना
गर्दै कार्यसम्पादनमा जुट्नु पर्नेमा जोड दिनुहुँदै सशस्त्र प्रहरी बल
नेपालका कुनै पनि ईकाइ तथा कर्मचारीहरुबाट आर्थिक पक्षमा समस्या तथा
गुनासोहरु नआउने गरी पूर्ण व्यवसायिक भई सेवा प्रवाहमा लाग्न
अधिकृतहरुलाई त्यसैअवसरमा निर्देशन दिनुभयो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र
चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको
उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हलचोक स्वयम्भुम.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद
सुनसरी,
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट साउन १ गते सशस्त्र प्रहरीले करीव १ लाख २० हजार रुपैयाँ बराबरको मोबाईलको डिस्प्ले र ६ थान कुकर बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अबस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद | |
सुनसरी,
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट साउन १ गते सशस्त्र प्रहरीले करीव १ ला.....ReadMore |
{
/images/misc/no-image.jpg
}
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
चितवन,
चितवन जिल्लाको भरतपुर महानगरपालिका २ स्थित आपटारी चोकबाट साउन ३१ गते सशस्त्र प्रहरीले ३ वटा नोफिन र ५ वटा प्रोमेथाजिन हाइड्रोजीन सहित सोही नगरपालिका २ बस्ने १९ वर्षिय अनिल थापालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
पक्राउ परेका थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ | |
चितवन,
चितवन जिल्लाको भरतपुर महानगरपालिका २ स्थित आपटारी चोकबाट साउन ३१ गते सशस्त्र प्रहरीले ३ वटा नो.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्धारा लत्ताकपडासहित एक जना पक्राउ
बारा,
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित वीरगंज–पथलैया सडकखण्डबाट असार ३२ गते सशस्त्र प्रहरीले अबैध लत्ताकपडासहित भारतमा घर बताउने ४० बर्षिय रिम्पु सिंहलाई पक्राउ गरेको छ ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ९४ नम्बरको ट्रकलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीले शंकालागि जाँच गर्दा विलमा उल्लेख भए भन्दा बढि परिमाणको पाईएपछि उक्त लत्ताकपडासहित उनलाई पक्राउ गरिएको हो । त्यसवेला सो ट्रक समेत बरामद गरिएको छ ।
पक्राउ परेका सिंहलाई बरामद लत्ताकपडा तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्धारा लत्ताकपडासहित एक जना पक्राउ | |
बारा,
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित वीरगंज–पथलैया सडकखण्डबाट असार ३२ गते सशस्त.....ReadMore |
/uploads/news/62d40c2059888.jpg
पाँच लाख एक्काईस हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा पाँच जना पक्राउ
झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाईन्टबाट असार ३२ गते सशस्त्र प्रहरीले ५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र दार्जिलिङ घर बताउने चालक अविजित सिंह छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु.बि. ७४ बि.एच. १६४३ नम्बरको टोयटा कारलाई शंका लागि चेकजाँच गर्दा दुई हजार दरको १ सय १ वटा र पाँच सय दरको ६ सय ३८ वटा भारतीय नोट फेला पारिएको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त कार समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
पाँच लाख एक्काईस हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा पाँच जना पक्राउ | |
झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाईन्टबाट असार ३.....ReadMore |
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद काठमाडौं,
कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्याउलेबाट असार ३० गते सशस्त्र
प्रहरीले करीव ३ लाख ७३ हजार रुपैयाँ बराबरकोे लत्ताकपडा र पाउडर दुध
बरामद गरेको छ ।
महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा अवैध रुपले
ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण
कैलालीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी रौतहट जिल्लाको बौधीमाई नगरपालिका ५ कोपुवाबाट असार ३० गते
सशस्त्र प्रहरीले करीव ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना
सामान बरामद गरेको छ ।
बी.आर. १ ए.के. ७३३१ नम्बरको कारमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी समरजुवाबाट
खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त कार समेत बरामद
गरिएको छ ।
बरामद सामान तथा कार स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद | |
काठमाडौं,
कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्याउलेबाट असार ३० गते सशस्त्र
प्रहरीले करीव ३ लाख ७३ हजार रुपै.....ReadMore |
/uploads/news/7qZ1eZne0N8waNa1VcMPpw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान ः–काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार ३० गते आयोजित एक समारोहकाबीच
हालै पदोन्नती हुनुभएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायव
उपरीक्षकहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।
सो अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक
बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै खाली रहेका विभिन्न पदहरुमा
तत्कालै बढुवा गर्ने गरी कार्य भईरहेको बताउनुभयो ।
उहाँले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुप आ–आफ्नो जिम्मेवारी र
ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहँदै पूर्ण व्यावसायिक
भई जिम्मेवारी निर्वाहमा लाग्न अधिकृतहरुलाई निर्देशन दिनुहुँदै
राष्ट्रसेवक सशस्त्र प्रहरीहरु सबैले फौजी अनुशासनको पालना गर्दैै
ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको
सेवामा क्रियाशिल रहने विश्वास समेत व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती तथा बृत्तिविकासका लागि
समयानुकुल आवश्यक तालिम समेत व्यवस्था गर्दै मौजुदा कार्यसम्पादन
मुल्यांकन प्रणालीलाई बैज्ञानिक बनाईने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी
कर्मचारीहरुले सकारात्मक सोचकासाथ अध्ययनसिल रहदैँ ईमान्दारीतापूर्वक
सम्पादन गरेका कार्यहरुबाट सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान
पुग्ने बताउनुभयो ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २८ गतेको निर्णयले सशस्त्र
प्रहरी सेवा, प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फको ६ जना
सशस्त्र प्रहरी निरीक्षकहरु सोही समुहको सशस्त्र प्रहरी नायव उपरीक्षक
पदमा पदोन्नती हुनुभएको हो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र
चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको
उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान ः– | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भू.....ReadMore |
/uploads/news/l3y12deysm8Rtkf1kh0sAw==.jpg
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउपर्सा,
पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनरुवाबाट असार २७ गते सशस्त्र
प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ सय वटा र कोरेक्स दुई बोतलसहित एक
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार जिल्ला पूर्वी चम्पारण मौजी ग्राम पन्चायत
घर बताउने जानु गुप्ता छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी
विरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित
लागूऔषध फेला परेको हो ।
पक्राउ परेका निज गुप्तालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ | |
पर्सा,
पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनरुवाबाट असार २७ गते सशस्त्र
प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ स.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा औषधी बरामदपर्सा,
पर्सा जिल्लाको धोबिनी गाँउपालिका ५ बंजारीस्थित सीमा ईलाकाबाट असार २७
गते विहान सशस्त्र प्रहरीले करीब १ लाख ७० हजार रुपैयाँ बराबरको विभिन्न
किसिमका औषधी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी भिष्वाबाट खटिएको टोलीले उक्त औषधी बरामद
गरेको हो ।
त्यसवेला भारतबाट नेपालतर्फ उक्त औषधी ल्याउँदै गरेका व्यक्तिहरुले
गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त औषधी सोही
ठाउँमा छाडी फरार भएका थिए ।
बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा औषधी बरामद | |
पर्सा,
पर्सा जिल्लाको धोबिनी गाँउपालिका ५ बंजारीस्थित सीमा ईलाकाबाट असार २७
गते विहान सशस्त्र प्रहरीले करीब .....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको घडी बरामदसर्लाही,
सशस्त्र प्रहरी बल नेपाल बिओपी मधुवनीबाट खटिएको टोलीले असार २६ गते
करीब १ लाख ३६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका घडी
बरामद गरेको छ ।
अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त घडी सशस्त्र प्रहरीले
सर्लाही जिल्लाको गोडैता नगरपालिका १२ स्थित सीमा ईलाकाबाट बरामद गरेको
हो ।
सशस्त्र प्रहरीले बरामद घडी मलंगवा भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको घडी बरामद | |
सर्लाही,
सशस्त्र प्रहरी बल नेपाल बिओपी मधुवनीबाट खटिएको टोलीले असार २६ गते
करीब १ लाख ३६ हजार रुपैयाँ बराबरको .....ReadMore |
/uploads/news/tH4lnpbu3QSo5iSVBRWz8w==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान:काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार २७ गते आयोजित एक समारोहकाबीच
हालै पदोन्नती हुनुभएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान
गर्नुभयो ।
त्यसअवसरमा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई
हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
उहाँले व्यवसायिक जीवनमा पदोन्नती बृत्तीविकासको महत्वपूर्ण पाटो रहेको
चर्चा गर्नुहुँदै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने
गरी आफुहरु अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै खाली पदहरु सिमित रहँदा
सबैले एकै पटक पदोन्नती प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा
रहेर कार्य गरिरहेका अधिकृतहरुको बृत्तिविकासका लागि कार्यसम्पादन
मुल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाउँदै लगिने चर्चा
गर्नुहुँदै संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद श्रृजना
गर्नेतर्फ समेत पहल भईरहेको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती सँगै प्राप्त भएको दर्जा
अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई
निर्देशन दिनुहुँदै सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु अनुशासित र
ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा
क्रियाशिल रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध भई
क्रियाशिल रहने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक
सोचकासाथ अझ बढि अध्ययनसिल र ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी
कर्मचारीहरुलाई समेत सहि मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा
लाग्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।
यसैगरी उहाँले जीवनको लामो र स्वर्णिम समय राष्ट्रसेवामा व्यथित गरी
विशेष बढुवा भई अवकाश हुन लाग्नु भएका अधिकृतलाई आगामी जीवन सुखमय रहोस
भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।
सो समारोहमा दज्र्यानी चिन्हबाट सुशोभन हुनेहरुमा सशस्त्र प्रहरी
उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २४
गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ
सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएका ५६ जना अधिकृतहरु र
अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल
श्रेष्ठ रहेका छन् ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र
चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको
उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान: | |
काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भूम.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा करीव २० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद:झापा,
झापा जिल्लाको बिर्तामोड नगरपालिका १ स्थित पश्चिम बस स्टेशनबाट असार २२
गते सशस्त्र प्रहरीले करीव १९ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा
बरामद गरेको छ ।
उक्त लत्ताकपडाको बिल बिजक नभएको पाईएपछि सशस्त्र प्रहरी बल नेपाल
सुरक्षा वेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीद्वारा करीव २० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद: | |
झापा,
झापा जिल्लाको बिर्तामोड नगरपालिका १ स्थित पश्चिम बस स्टेशनबाट असार २२
गते सशस्त्र प्रहरीले करीव १९ लाख ५.....ReadMore |
{
/images/misc/no-image.jpg
}
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
सिरहा,
सिरहा जिल्लाको सिरहा नगरपालिका १९ किरियानी स्थित सहजा खोलामा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीले असार २० गते फेला पारेको छ ।
सोही ठाउँ बस्ने ७ वर्षिय करण राय उक्त खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र बिओपी लगडीगधियानीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले खोजीकार्य गर्दा उनको शव घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला | |
सिरहा,
सिरहा जिल्लाको सिरहा नगरपालिका १९ किरियानी स्थित सहजा खोलामा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरी.....ReadMore |
/uploads/news/62c514ac1c82b.jpg
बेवासिरे अवस्थामा रहेको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं,
पश्चिम नवलपरासी जिल्लाको सरावल नगरापलिका ७ स्थित बर्गदवा तथा पालिनन्दन गाउँपालिका २ स्थित मुडेराबाट असार २१ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५७ हजार रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी मातहतमा रहेको बिओपी हरपुर र बिओपी भुजहवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी जमुनाहाबाट खटिएको सशस्त्र प्रहरीले असार २१ गते करीव २ लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २ सय ६० के.जी. सुर्ती बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सुर्ती सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालका १५ तित्रहवा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
बरामद सुर्ती भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ ।
बेवासिरे अवस्थामा रहेको सामान सशस्त्र प्रहरीद्वारा बरामद | |
काठमाडौं,
पश्चिम नवलपरासी जिल्लाको सरावल नगरापलिका ७ स्थित बर्गदवा तथा पालिनन्दन गाउँपालिका २ स्थित .....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा पटका बरामद:–महोत्तरी,
महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ७ रघुनाथपुर ईलाकाबाट असार १९ गते
सशस्त्र प्रहरीले करीब १ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ
।
भारतबाट ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल बिओपी
सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीद्वारा पटका बरामद:– | |
महोत्तरी,
महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ७ रघुनाथपुर ईलाकाबाट असार १९ गते
सशस्त्र प्रहरीले करीब १ लाख २० .....ReadMore |
/uploads/news/5H5pdg9TsxhtsjQAXsCCRA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट नेपाल एपीएफ अस्पतालको निरीक्षण:–काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल
एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गर्नुभई त्यहाँको सेवा प्रवाहको
अवस्थाबारे जानकारी लिनुभएको छ ।
महानिरीक्षक अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा
अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गर्नुका साथै सो
अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक
संरचना तथा श्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी
लिनु भएको होे ।
त्यसअवसरमा उहाँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी
कर्मचारीहरुलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि
कमिकमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशिल
रहन निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले त्यसअवसरमा ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन
कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश
लगायतको निरीक्षण र अनुगमन गर्नुभई जनरल वार्ड, आईसीयू, एचडीयू र
भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी
लिनुभएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट नेपाल एपीएफ अस्पतालको निरीक्षण:– | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल
एपीएफ अस्पतालको असार १९ गत.....ReadMore |
/uploads/news/D0L2dAs2VF7BQtALWudbIQ==.jpg
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सव कार्यक्रमकाठमाडौं,
सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २१औं वार्षिकोत्सवको पुनित अवसरमा असार १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सो संघद्वारा आयोजित विशेष समारोहको माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
सो अवसरमा माननीय मन्त्री रेग्मीले सो संघले समाज सेवाको क्षेत्रमा सक्रिय रहँदै पु¥याएको योगदानको प्रशंसा गर्नुहुँदै सबै मिलेर समाज सेवाको क्षेत्रमा कार्य गरेमा मुलुक तथा समाजको विकासमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले देश विकाससँगै समतामूलक समाज निर्माणको लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भुमिका रहने चर्चा गर्नुहुँदै राष्ट्रसेवामा समर्पित सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारहरुको हकहित र सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउन सशस्त्र प्रहरी परिवार महिला संघले खेलेको अहम भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
त्यसअवसरमा माननीय मन्त्री रेग्मीले विभिन्न निकायमा रहेर समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तथा संघको विविध कृयाकलापमा सहयोग पु¥याउने महानुभावहरुलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी महिला राष्ट्रसेवक तथा नेपाल एपीएफ स्कुल कीर्तिपुरकी उत्कृष्ट महिला शिक्षकलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्यालले धन्यवाद ज्ञापनको क्रममा समाजसेवाको कार्य एक मात्र व्यक्ति वा सस्थाको एकल प्रयासले मात्र नभई समाजमा क्रियाशिल विभिन्न संघ संस्थाहरु विच समेत हातेमालो र समन्वय आवश्यक रहेको चर्चा गर्नुहुँदै समाज सेवामा आवद्ध संघ संस्थाहरुसँग सहकार्य तथा समन्वय गर्दै सशस्त्र प्रहरी परिवार महिला संघ आफ्नो स्थापनाकाल देखि नै निरन्तर समाज सेवामा क्रियाशिल रहँदै आएको बताउनुभयो ।
त्यसैअवसरमा उहाँले नेपाल एपीएफ स्कूलका विभिन्न विद्यामा उत्कृष्ट ठहरिएका विद्यार्थी तथा वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीहरुलाई छात्रवृत्ति स्वरुप जनही नगद १० हजार र प्रशंसापत्र तथा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुका सन्ततीहरु मध्ये माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई समेत जनही १० हजार रुपैयाँ राशीको छात्रवृत्ति सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा सो संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै सो संघले समाज सेवाको भावनामा ओतप्रोत रहँदै योगदान पुर्याई रहेको बताउनुभयो ।
कार्यक्रममा सो संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले संघको गतिविधि र भावि योजनाबारे चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी परिवार महिला संघको नाम ‘सशस्त्र प्रहरी परिवार संघ’ राखिने र सशस्त्र प्रहरी कर्मचारीहरुका श्रीमान वा श्रीमती दुवै संघमा आवद्ध हुने व्यवस्था मिलाउने योजना रहेको समेत जानकारी गराउनुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, विभिन्न संघ संस्थाका बिशिष्ट महानुभावहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सव कार्यक्रम | |
काठमाडौं,
सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २१औं वार्षिकोत्सवको पुनित अवसरमा असार १७ गते सशस्त्र प्रहरी ब.....ReadMore |
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ:-काठमाडौं,
धनुषा जिल्लाको विदेह नगरपालिका ९ ईटहरुवास्थित सीमा ईलाकाबाट असार १५
गते सशस्त्र प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धनौजी
गाँउपालिका १ लखौरी बस्ने २५ बर्षिय अमित कुमार बरहीलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी धनौजीबाट खटिएको टोलीले निज बरहीलाई शंका
लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ७२ वटा, स्पास्मो प्लस
ट्याब्लेट ८ वटा, पेन्टाजोइन २० वटा, एक्जिप्लोन सिरप २ बोतल फेला परेपछि
पक्राउ गरिएको हो ।
पक्राउ परेका निज बरहीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय धुनषामा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिअर्वाबाट खटिएको टोलीले असार
१५ गते नाईट्राभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजासहित बारा जिल्लाको
कलैया उपमहानगरपालिका १० मटिअर्वाबाट सोही उपमहानगरपालिका १२ शितलपुर
बस्ने १८ बर्षिय मनोज कुमार साहलाई पक्राउ गरेको छ ।
पक्राउ परेका निज साहलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय
कलैयामा बुझाइएको छ ।
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ:- | |
काठमाडौं,
धनुषा जिल्लाको विदेह नगरपालिका ९ ईटहरुवास्थित सीमा ईलाकाबाट असार १५
गते सशस्त्र प्रहरीले विभिन्न क.....ReadMore |
/uploads/news/lxV6nnFV241HYDGV2E7zMA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सशस्त्र प्रहरी उपरीक्षकहरुलाई दज्र्यानी चिन्ह प्रदान:–काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक
पदमा पदोन्नती हुनुभएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सशस्त्र प्रहरी बल
नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार १६ गते आयोजित एक समारोहका
बीच उल्लेखित दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७९/०३/१३ गतेको
निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना
र गृह मन्त्रालय (सचिवस्तरको) मिति २०७९/०३/१४ गतेको निर्णयले सशस्त्र
प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका २ जना गरी
कूल ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक
पदमा पदोन्नती हुनुभएको हो ।
समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका
सशस्त्र प्रहरी उपरीक्षकहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना
दिनुहुँदै दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायीक भई
सकारात्मक सोचका साथ ईमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिनुभयो
।
उहाँले संगठन सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा बढुवा तथा बृत्तिविकास
समय सापेक्ष र बैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धती विकास गर्दै
कार्यान्वयनमा लागेको उल्लेख गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी
कर्मचारीहरुले आफ्नो पेशागत दक्षता अभिबृद्धि गर्दै आफू मातहतका
कर्मचारीहरुलाई प्रशिक्षित गर्दै विपद् उद्धार लगायत राष्ट्र र नागरिकको
सेवा तथा सुरक्षामा अझ बढी ईमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई
उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र
चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका
साथै सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सशस्त्र प्रहरी उपरीक्षकहरुलाई दज्र्यानी चिन्ह प्रदान:– | |
काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक
पदमा पदोन्नती हुनुभएका सशस्.....ReadMore |
/uploads/news/NmEyhh49T8M05F9NKF3apA==.jpg
विपद् पूर्वतयारी सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्नकाठमाडौं,
International Centre for Integrated Mountain Development (ICIMOD)
आयोजनामा संचालित Use of Earth Observation and Geospatial Applications
for Disaster Preparedness in Nepal सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण
तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका
कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको
प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका
सिनियर अधिकृत र जुनियर अधिकृत गरी १५ जनाको सहभागिता रहेको थियो ।
त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले बिभिन्न समयमा आउन
सक्ने फ्ल्यास फ्लडको पूर्वानुमान गरि बिपद् पूर्वतयारी कार्यका लागि
प्रशिक्षण महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
ललितपुरको खुमलटारमा संचालन भएको उक्त तालिमका प्रशिक्षार्थीहरुलाई
QGIS, HIGHWAT , OSM Map, Remote Sensing लगायतका बिषयमा प्रशिक्षण
गराईएको हो ।
विपद् पूर्वतयारी सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न | |
काठमाडौं,
International Centre for Integrated Mountain Development (ICIMOD)
आयोजनामा संचालित Use of Earth Observation and Geospatial Applications
for Disaster Preparedness in Nepal सम्बन्धी ५ दिने प्रशिक्.....ReadMore |
/uploads/news/no-image-new.jpg
श्रोत नखुलेको रुपैयाँ सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउसिरहा,
सिरहा जिल्लाको बजारपट्टि गाउँपालिका ३ स्थित छोटी भन्सार ईलाकाबाट असार
१४ गते सशस्त्र प्रहरीले ७ लाख ७ हजार ५ सय ७० नेपाली रुपैयाँसहित चार
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका १ बस्ने २५ वर्षिय
दयानाथ कापत, ४८ वर्षिय जगनाथ साह, ३३ वर्षिय उमेश साह र ३१ वर्षिय रविन
साह छन् ।
से ८ प १३६९ र स ३ प २४७८ नम्बरको मोटरसाईलमा सवार उनीहरुलाई सशस्त्र
प्रहरी बल नेपाल बिओपी बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि
जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत नखुलेपछि
दुवै मोटरसाईकल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको
लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
श्रोत नखुलेको रुपैयाँ सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ | |
सिरहा,
सिरहा जिल्लाको बजारपट्टि गाउँपालिका ३ स्थित छोटी भन्सार ईलाकाबाट असार
१४ गते सशस्त्र प्रहरीले ७ लाख ७ ह.....ReadMore |
/uploads/news/no-image-new.jpg
दश लाख रुपैयाँ बराबरको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउरौतहट,
रौतहत जिल्लाको गौर नगरपालिका ३ स्थित कविर चोकबाट असार १४ गते सशस्त्र
प्रहरीले करीव १० लाख रुपैयाँ बराबरको ग्रिज र गाडीमा प्रयोग हुने
विभिन्न किसिमका आयलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
भारतको सितामढी मनियारी पञ्चायत ६ बस्ने ३१ वर्षिय चन्दन कुमार छन् ।
गौरबाट गरुडातर्फ जाँदै गरेको बी.आर. ०६ जी.ई. ७४८४ नम्बरको गाडीमा जाँच
गर्दा उक्त सामान बिल बिजक भन्दा फरक देखिएपछि उनलाई पक्राउ गरिएको हो ।
त्यसवेला उक्त गाडी समेत बरामद गरिएको छ ।
पक्राउ परेका कुमारलाई बरामद सामान तथा गाडी सहित आवश्यक कारवाहीको लागि
राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । बरामद गाडीको अन्दाजी
मुल्य १० लाख रुपैयाँ रहेको छ ।
दश लाख रुपैयाँ बराबरको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ | |
रौतहट,
रौतहत जिल्लाको गौर नगरपालिका ३ स्थित कविर चोकबाट असार १४ गते सशस्त्र
प्रहरीले करीव १० लाख रुपैयाँ बराबर.....ReadMore |
/uploads/news/Kd4ouqg0agkF1SR7pJyKQA==.jpg
सशस्त्र प्रहरीद्वारा अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्धारकाठमाडौं,
झापा जिल्लाको गौरीगंज गाउँपालिका ४ स्थित बेलगाछीमा अविरल वर्षाको कारण
किस्ने खोलामा पानीको बहाव बढ्न गई डुवानमा परेका २२ घरपरिवारका ४० जना
व्यक्तिहरुलाई असार १४ गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा
स्थानान्तरण गरेको छ ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट
सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर खत्रीको कमाण्डमा खटिएको
सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेकोे हो ।
यसैगरी सुनसरी जिल्लाको बर्जु गाउँपालिका ५ स्थित पण्डित र गुरुङ्ग
टोलमा वर्षाको कारण डुवानमा परेका १४ घरपरिवारलाई सशस्त्र प्रहरीले असार
१५ गते सुरक्षित स्थानमा सारेको छ ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी साहेवगंजबाट
सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले
पण्डित टोलका ६ घरपरिवारलाई रामजानकी प्राथमिक विद्यालय र गुरुङ्ग टोलका
८ घरपरिवारलाई मुसहरहरुको लागि बनाईएको आवास भवनमा स्थानान्तरण गरेको हो
।
त्यसैगरी कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १ बयल बन्दमा अविरल
वर्षाको कारण महाकाली नदिमा पानीको बहाव बढ्न गई उक्त नदिको किनारामा
पुननिर्माण भईरहेको तटबन्ध कटान गरेको हुँदा सो स्थानमा सशस्त्र प्रहरी
बल नेपाल बिओपी बयलबन्धबाट सशस्त्र प्रहरी नायव निरीक्षक तेज सिंह
विष्टको कमाण्डमा खटिएको टोलीले उक्त तटबन्ध निर्माण गरेको छ ।
सशस्त्र प्रहरीद्वारा अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्धार | |
काठमाडौं,
झापा जिल्लाको गौरीगंज गाउँपालिका ४ स्थित बेलगाछीमा अविरल वर्षाको कारण
किस्ने खोलामा पानीको बहाव बढ.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा करीव ३१ लाख रुपैयाँको सामान सहित ट्रक बरामद पर्सा,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ स्थित गण्डक चोकबाट असार १२ गते
सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीब ३१ लाख ३० रुपैयाँ बराबरको
सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टोलीले उल्लेखित
मूल्य बराबरको स्टेशनरी, लत्ताकपडा, ईलेक्ट्रोनिक्स सामान, साईकलको
पार्ट्स र औषधी बरामद गरेको हो ।
बीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकमा सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित सामानहरु ट्रक सहित बरामद गरिएको
हो । बरामद ट्रकको भन्सार दाखिलामूल्य २५ लाख रुपैयाँ रहेको छ ।
बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइको छ ।
सशस्त्र प्रहरीद्वारा करीव ३१ लाख रुपैयाँको सामान सहित ट्रक बरामद | |
पर्सा,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ स्थित गण्डक चोकबाट असार १२ गते
सशस्त्र प्रहरीले प्रज्ञापन पत्र .....ReadMore |
/uploads/news/no-image-new.jpg
लागूऔषध सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ काठमाडौं,
झापा जिल्लाको गौरीगंज गाँउपालिका ५ फत्तेपुर स्थित सीमा ईलाकाबाट असार
१२ गते सशस्त्र प्रहरीले ९५ वटा नाईट्राभेट ट्याब्लेट सहित तीन जनालाई
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाँउपालिका ४ बस्ने १९ बर्षिय रुपेश परियार, १८
बर्षिय निरज दनुवार र १७ बर्षिय रोमन बि.क. छन् । उनीहरुलाई सशस्त्र
प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला
पारिएकोे हो ।
यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा
ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी जिल्लाको दुहवी नगरपालिका ७ बस्ने २० वर्षिय अभित
सुतिहार छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको
टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले शंका लागि
जाँच गर्दा उनको साथमा निरडुईज १० वटा, डाईलेक्स डिसी ४ बोतल र एसपी
ट्याब्लेट १३ वटा फेला पारेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाइएको छ ।
लागूऔषध सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ | |
काठमाडौं,
झापा जिल्लाको गौरीगंज गाँउपालिका ५ फत्तेपुर स्थित सीमा ईलाकाबाट असार
१२ गते सशस्त्र प्रहरीले ९५ वट.....ReadMore |
/uploads/news/7AnF1obDf6NN8DThYzTpUQ==.jpg
गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोल सहित तीन जना पक्राउधनुषा,
धनुषा जिल्लाको विदेह नगरपालिका १ मैनाथपुर स्थित सीमा ईलाकाबाट असार १३
गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखिएको एउटा पेस्तोल र लोड
अवस्थामा रहेको सो को एक राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २९ बर्षिय राहुल रन्जन, २० बर्षिय
उज्वल कुमार र ३६ बर्षिय संजय कुमार छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल
नेपाल बिओपी मैनाथपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरबाट भारततर्फ जाँदै गरेको बि आर ०६ ए.पी. ३००८ नम्बरको सुजुकी
कारमा जाँच गर्ने क्रममा कारको सिट मुनि लुकाई राखेको अवस्थामा उक्त
पेस्तोल र ७.६५ एम.एम. को एउटा गोली फेला पारिएको हो । त्यसवेला उक्त कार
समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र कार सहित आवश्यक कारवाहीको
लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको छ ।
गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोल सहित तीन जना पक्राउ | |
धनुषा,
धनुषा जिल्लाको विदेह नगरपालिका १ मैनाथपुर स्थित सीमा ईलाकाबाट असार १३
गते सशस्त्र प्रहरीले मेडईन यू.एस......ReadMore |
/uploads/news/oSFWSHd8zNmmViGaKgFBUQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मानकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स
प्रतियोगिता’मा नेपाल एपीएफ क्लवका पदक विजेता खेलाडीहरुलाई असार १३ गते
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच
सम्मान गर्नुभएको छ ।
उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले विजयी खेलाडीहरुलाई
हार्दिक बधाई दिनुहुँदै खेलकुद क्षेत्रको बिकासमा टेवा पुग्ने गरी
संगठनमा आवद्ध खेलाडीहरुको मनोवल उच्च बनाई राख्न आवश्यक सेवा सुविधाहरु
समेत थप गर्दै लैजाने संगठनको योजना रहेको बताउनुभयो ।
उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरु, व्यवस्थापक तथा प्रशिक्षकहरुलाई
धन्यवाद दिनुहुँदै नेपाल एपीएफ क्लवका खेलाडीहरुले संगठनमा उपलब्ध
श्रोतसाधनको उच्चतम प्रयोग गर्दै आगामी दिनमा समेत राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने
विश्वास व्यक्त गर्नुभयो ।
नेपाल एथलेटिक्स संघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा यही असार १०
गतेदेखि १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लवका
खेलाडीहरुले ९ स्वर्ण, ६ रजत र ८ कास्य गरी कुल २३ पदक जित्न सफल भएका
छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल
र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा
कार्यरत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, नेपाल एपीएफ क्लवका खेलाडी तथा
प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘४४औं राष्ट्रिय एथलेटिक्स
प्रतियोगिता’मा नेपाल एपीएफ क्.....ReadMore |
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउसर्लाही,
सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ स्थित मलंगवा–नवलपुर सडकखण्डबाट
असार १३ गते सशस्त्र प्रहरीले १ हजार २ सय वटा नाईट्रोभेट ट्याब्लेटसहित
एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ६ बस्ने १८ बर्षिय एलिस राई छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र
प्रहरीले पक्राउ गरेको हो ।
गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा निज राईको साथमा
उल्लेखित लागूऔषध फेला पारिएको हो ।
पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका
प्रहरी कार्यालय हरिपुरमा बुझाइएको छ ।
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ | |
सर्लाही,
सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ स्थित मलंगवा–नवलपुर सडकखण्डबाट
असार १३ गते सशस्त्र प्रहरीले १ .....ReadMore |
/uploads/news/uzzxGBj+5UmENPH8KD69tg==.jpg
अबिरल बर्षाका कारण डुवानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सकृयताकाठमाडौं,
अबिरल बर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुवानमा परेका करीब २८८
घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित
स्थानमा स्थानान्तरण गरेको छ ।
झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका
बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका
करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ
।
सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस
बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा
सार्नुको साथै डुवान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न
सामाग्रीहरु समेत सुरक्षित स्थानमा सारेको हो ।
यसैगरी झापा जिल्लाकै बाह्रदशी गाँउपालिका २ स्थित सुकुम्वासी बस्तीको
डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु सशस्त्र
प्रहरी बल नेपाल बिओपी भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित
स्थानमा सारेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको सशस्त्र
प्रहरीले मोरङ जिल्लाको कटहरी गाँउपालिका १ स्थित टाईगर टोलका डुवान
प्रभावित १३० वटा घरका करीब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरु
सुरक्षित स्थानमा सारेको हो ।
यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १ परोपकार ईलाकामा रहेको ६०
घरका डुवान प्रभावित करीब २६४ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण
मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नुका साथै
खद्यान्न लगायतका सामाग्रीहरु सुरक्षित स्थानमा सारेको हो ।
अबिरल बर्षाका कारण डुवानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सकृयता | |
काठमाडौं,
अबिरल बर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुवानमा परेका करीब २८८
घरका करीब ९३४ जना व्यक्तिहरुल.....ReadMore |
/uploads/news/pTXORMtRqRGyZMcVYogzcA==.jpg
गुल्मपति तथा स्टाफ तालिम र प्रशासनिक व्यवस्थापन तालिम संचालनकाठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा असार १३
गतेदेखि सि.सं. २९ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं १
प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ ।
सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान
मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास
धौवजीले एक कार्यक्रमका बीच पानसमा द्धिप प्रज्वलन गरी प्रथम प्रवचन
गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिममा सहभागी
प्रशिक्षार्थी अधिकृतहरुले तालिमलाई एउटा महत्वपूर्ण सिक्ने अवसरको रुपमा
लिनुपर्ने बताउनुहुँदै यस्ता व्यावसायिक तालिमले सुरक्षाकर्मीहरुलाई
चुस्त, दुरुस्त, अनुशासित र ईमान्दार बनाई राज्यप्रदत्त जिम्मेवारी
निर्वाहको क्रममा कुशलतापूर्वक नेतृत्व र जिम्मेवारी वहन गर्दै उत्कृष्ट
ढंगले कार्यसम्पादन गर्नसक्ने सक्षम अधिकृत उत्पादनमा विशेष सहयोग
पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
१२ हप्ता अवधिको सिसिएससी तालिममा ३२ जना सशस्त्र प्रहरी निरीक्षकहरु
प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ५ हप्ता अवधिकोे प्रशासनिक
व्यवस्थापन तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र २७ जना
सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल ३२ जना अधिकृतहरुको सहभागिता रहेको छ
।
सिसिएससी तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन,
बिभिन्न ऐन नियम, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका
विविध विषयहरु तथा प्रशासनिक व्यवस्थापन तालिममा कार्यालय व्यवस्थापन
प्रणाली, सशस्त्र प्रहरी बल नेपालको संरचना, चिठीपत्र, संचार, माईन्यूटीङ
अभिलेख व्यवस्थापन, गुनासो व्यवस्थापन, काउन्सिलिङ्ग लगायतका विविध
विषयहरुमा सम्बन्धित विषयका विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने
त्यवअवसरमा जानकारी गराईएको थियो ।
गुल्मपति तथा स्टाफ तालिम र प्रशासनिक व्यवस्थापन तालिम संचालन | |
काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा असार १३
गतेदेखि सि.सं. २९ गुल्मपति तथ.....ReadMore |
/uploads/news/no-image-new.jpg
खोलाले बगाई वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला मुगु,
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका १३ स्थित लुमखोलाबाट असार १२ गते
सशस्त्र प्रहरीले सोही ठाँउ बस्ने ४० बर्षिय पूर्ण बहादुर खड्काको शव
फेला पारेको छ ।
निज खड्का खोलाले बगाई वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोजी तथा
उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४५ गुल्म मुगुबाट खटिएको
सशस्त्र प्रहरीले घटनास्थल भन्दा करीब पाँच सय मिटर तल फेला पारी खोलाबाट
बाहिर निकालेको हो ।
खोलाले बगाई वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला | |
मुगु,
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका १३ स्थित लुमखोलाबाट असार १२ गते
सशस्त्र प्रहरीले सोही ठाँउ बस्ने .....ReadMore |
/uploads/news/4kKegaD1hN1Y8yyvUxunlQ==.jpg
सशस्त्र प्रहरीद्वारा लाखौ मुल्य बराबरको चोरीपैठारीको विभिन्न सामान बरामदकाठमाडौं,
पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका २ मुडेरास्थित सीमा
ईलाकाबाट असार १२ गते सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको मोवाईलको टेम्पर ग्लास बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य
बराबरको २ हजार ४ सय वटा टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल बिओपी
हरपुरबाट सशस्त्र प्रहरी निरीक्षक हरेराम शर्मा दाहालको कमाण्डमा खटिएको
टोलीले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीबाट सशस्त्र प्रहरी नायव
निरीक्षक राजेन्द्र कुमार रावलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले असार
१२ गते करीब १ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न औषधी
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त औषधी सुनसरी जिल्लाको
हरिनगर गाँउपालिका ६ घुस्कीबाट बरामद गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट सशस्त्र प्रहरी
निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको टोलीले असार १२ गते महोत्तरी
जिल्लाको सम्सी गाँउपालिका २ स्थित पर्सा बजारबाट करीब १ लाख ८ हजार
रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ ।
यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ९ पकौलीबाट असार १२ गते
सशस्त्र प्रहरीले करीब १ लाख ७४ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको
औषधी र मोटर पार्ट्स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामान सशस्त्र
प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार
घनश्याम यादवको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट सशस्त्र प्रहरी
सहायक निरीक्षक सोमराज शर्माको कमाण्डमा खटिएको टोलीले असार १२ गते करीब
१ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा बाँके
जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरिएको
हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
सशस्त्र प्रहरीद्वारा लाखौ मुल्य बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद | |
काठमाडौं,
पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका २ मुडेरास्थित सीमा
ईलाकाबाट असार १२ गते सशस्त्र प.....ReadMore |
/uploads/news/no-image-new.jpg
लागूऔषध सहित दुई जना पक्राउ बारा,
बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलीरामपुरबाट असार ८ गते सशस्त्र
प्रहरीले विभिन्न किसिमका लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ बस्ने
२५ बर्षिय महेश गोले र पर्सा जिल्लाको पोखरीया ६ बस्ने १९ बर्षिय बिष्णु
पट्टेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस
बलिरामपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्र ०३–००प ३७५३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन
१२ वटा, डाईजापाम १२ वटा र नोफिन १२ वटा फेला पारेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि
प्रहरी चौकी बलिरामपुरमा बुझाइएको छ ।
लागूऔषध सहित दुई जना पक्राउ | |
बारा,
बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलीरामपुरबाट असार ८ गते सशस्त्र
प्रहरीले विभिन्न किसिमका लागूऔष.....ReadMore |
/uploads/news/8BX9QY4GzEVo79MSBrx8gg==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रथम समादेशक कार्यशाला गोष्ठी समापनकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को असार ९ गते एक समारोहका बीच समापन गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, सो प्रतिष्ठान तथा तालिम शिक्षालयहरुको विशेष
भूमिका रहने उल्लेख गर्नुहुँदै सो प्रतिष्ठानले तालिम शिक्षालयहरुमा संचालन हुने तालिमहरुको गुणस्तर र प्रभावकारिता अभिबृद्धिमा खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभयो ।
उहाँले प्रथम पटक आयोजित सो गोष्ठी सफलतापूर्वक सम्पन्न गरेकोमा प्रतिष्ठान परिवारप्रति आभार प्रकट गर्नुहुँदै निकट भविष्यमा संचालन हुने बरिष्ठ अधिकृत सम्मेलनमा प्रस्तुत गरिने तालिम सम्बन्धी एजेण्डा तय गर्न गोष्ठीबाट आएको निचोड महत्वपूर्ण हुने र प्राप्त निष्कर्षलाई तत्कालै कार्यान्वयनमा लगिने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षकहरुको मनोवल उच्च राख्न उहाँहरुको थप सुविधाका लागि संगठनले पहल गर्ने चर्चा गर्नुहुँदै उच्च मोरालमा रहि सकारात्मक सोचका साथ सबैले आ–आफ्नो ठाउँबाट सांगठनिक बिकासमा
योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
हाल संचालन भईरहेका तालिमहरु, तालिम पाठ्यक्रम, तालिम पूर्वाधार, प्रशिक्षक प्रशिक्षार्थीहरुको व्यवस्थापन, तालिममा प्रशिक्षण गराईने विषयहरु, प्रशिक्षण विधि, मूल्यांकन प्रणाली, तालिम शिक्षालयहरुको विशिष्टिकरण तथा स्तरोन्नती, उपलब्ध भौतिक पूर्वाधारहरुको दिगो संरक्षण तथा विकास, आत्मनिर्भर तालिम शिक्षालय, तालिम अभिलेख व्यवस्थापन प्रणाली, तालिम क्यालेण्डर, तालिम निर्देशिका लगायतका कार्यहरु समयानुकुल, बैज्ञानिक र व्यवहारिक बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा सहभागि समादेशकहरुबाट प्रस्तुतीकरण भएका विषयरुमा छलफल र अन्तरक्रियाबाट विस्तृत प्रतिवेदन तयार गरिएको हो ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ ईन्टेलिजेन्स तालिम समापन गर्नुका साथै प्रशिक्षार्थी अधिकृतहरुलाई तालिमबाट प्राप्त ज्ञानको उच्चतम प्रयोग गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा पूर्ण व्यवसायिक भई परिचालित हुन निर्देशन दिनुभयो ।
८ हप्ता अवधिको उक्त तालिम २६ जना सिनियर अधिकृतहरुले सफलतापूर्वक
सम्पन्न गरेका छन् ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ
बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक
बंशीराज दाहाल, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा ए.पी.एफ. कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालयहरुका समादेशक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रथम समादेशक कार्यशाला गोष्ठी समापन | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्.....ReadMore |
/uploads/news/BTnLtnu5yeYYUEplZHLbVA==.jpg
राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौमा प्रथम समादेशक कार्यशाला गोष्ठीको आयोजनाकाठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा असार ७
गते दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’को आयोजना गरिएको छ ।
उक्त कार्यशाला गोष्ठीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक समारोहका वीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भविष्यमा संचालन हुने विभिन्न तालिम, संगठनको नीति तथा कार्यादेश अनुसार राज्यबाट सुम्पिएको जिम्मेवारी पूरा गर्न जनशक्ति व्यवस्थापन, प्रभावकारी परिचालन, नविनतम् सुरक्षा चुनौतीको सामना गर्न आवश्यक पर्ने तालिम, तालिमको पाठ्यक्रम, तालिमको लागि आवश्यक पर्ने पूर्वाधार, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको व्यवस्थापन तथा स्तरोन्नती, मुल्यांकन तथा प्रशिक्षण विधिहरु समयानुकुल परिमार्जन गर्न गहन छलफल गरिने समेत बताउनुभयो ।
उद्घाटन समारोहमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका
कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी¸
ए.पी.एफ. कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल, नेपालका देशभरका
तालिम शिक्षालयका समादेशक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौमा प्रथम समादेशक कार्यशाला गोष्ठीको आयोजना | |
काठमाडौं,
राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा असार ७
गते दुई दिने ‘प्रथम समादेशक कार्.....ReadMore |
/uploads/news/Ay9PySp1ezEZFvO3ByLaVA==.jpg
माननीय गृहमन्त्री खाँण एपीएफ रंगशालामा आयोजित योग कार्यक्रममा सरिकःकाठमाडौ,
माननीय गृहमन्त्री बालकृष्ण खाँण योग कार्यक्रममा सरिक हुनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा असार ७
गते आयोजित योग कार्यक्रममा माननीय गृहमन्त्री खाँण सरिक हुनुभई योग
अभ्यास गर्नुभयो ।
‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको आठौं
अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान
कार्यालय परिसरमा आर्ट अफ लिभिङ्गको सहकार्यमा उक्त योग कार्यक्रमको
आयोजना गरिएको हो ।
माननीय गृहमन्त्री खाँणले बिज्ञान र प्रविधिको विकासको गतिसँगसँगै
मानिसको जीवन झन्झन् व्यस्त हुँदै गइरहेको र व्यस्त जीवनशैलीमा सहज
तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाई सरल र सहज जीवनयापन
गर्न सहयोग पुग्ने साथै राष्ट्रसेवक कर्मचारीहरु मुलुकको शान्ति र
सुव्यवस्था कार्यमा परिचालित हुन उर्जा समेत प्रदान गर्ने बताउनुभयो ।
योग कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक
राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल
र चन्द्र प्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्दीय
अध्यक्ष श्रीमती अनिता अर्याल लगायत संघका पदाधिकारीहरु, आर्ट अफ लिभिङ्ग
नेपालकी बोर्ड मेम्बर रिता बैद्य, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत,
अधिकृत लगायत बिल्लादार जवानहरु समेत योग अभ्यासमा सहभागि भएका थिए ।
माननीय गृहमन्त्री खाँण एपीएफ रंगशालामा आयोजित योग कार्यक्रममा सरिकः | |
काठमाडौ,
माननीय गृहमन्त्री बालकृष्ण खाँण योग कार्यक्रममा सरिक हुनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्य.....ReadMore |
/uploads/news/6IzUqvDkfF2XRfD4fv3efg==.jpg
सि.सं.२३४ सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्नःकाठमाडौ,
सशस्त्र प्रहरी बल नेपालका विभिन्न ईकाइ अन्तर्गत राष्ट्रिय सशस्त्र
प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सशस्त्र प्रहरी बल नेपालको तालिम
शिक्षालय तथा गणहरुमा संचालित सि.सं. २३४ (क–ण) ‘सशस्त्र प्रहरी जवान
आधारभूत तालिम’ असार ६ गते सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले सशस्त्र प्रहरी बल नेपाल
नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा संचालित
सि.सं. २३४ (ख) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको सोही गणमा आयोजित
दिक्षान्त समारोहका बीच समापन गर्नुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काले सो तालिमका उत्कृष्ट
प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।
उहाँले प्रशिक्षार्थीहरुलाई तालिमबाट सिकेका ज्ञान, सीप तथा कलाकौशललाई
कार्यक्षेत्रमा परिचालित हुँदा कुशलता पूर्वक सदुपयोग गर्दै ईमान्दार र
पूर्ण व्यवसायीक भई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न
निर्देशन दिनुभयो ।
यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र
सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा
संचालित सि.सं. २३४ (क) र (ज) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सशस्त्र
प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ
।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा
आयोजित उक्त तालिमको दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक
धौवजीले सो तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान
गर्नुभयो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय
ककनीमा संचालित सि.सं. २३४ (छ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको
सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले सोही तालिम शिक्षालयमा
आयोजित दिक्षान्त समारोहका बीच तालिम समापन गर्नुकासाथै तालिमका उत्कृष्ट
प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापामा
सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपाल
नम्बर ३९ रिजर्भ गण बर्दिबास महोत्तरीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक
गणेश ठाडा मगर, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम
शिक्षालय लामापाटनमा सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी,
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सशस्त्र
प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ्ग, सशस्त्र प्रहरी बल नेपाल
जवान तालिम शिक्षालय नौवस्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार
खत्री र सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा
सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गा प्रसाद भट्टराईको प्रमुख
आतिथ्यमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमहरुको समापन गर्नुकासाथै
उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।
३४ हप्ता अवधिको सो तालिममा २१६ जना महिलासहित कूल १७३१ जना सशस्त्र
प्रहरी जवानहरुले तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
उक्त तालिमलाई दुई चरणमा विभाजन गरी सशस्त्र प्रहरी बल नेपालको
कार्यदेशसँग सम्बन्धित ऐन नियम, कवाज, शारीरिक तालिम, हतियार तालिम,
विपद् व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, सीमा सुरक्षा लगायत लैंगिक
सचेतना र मानवअधिकार जस्ता विविध विषयमा सैद्धान्तिक एवं व्यवहारिक रुपमा
प्रशिक्षण गराईएको थियो ।
सि.सं.२३४ सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्नः | |
काठमाडौ,
सशस्त्र प्रहरी बल नेपालका विभिन्न ईकाइ अन्तर्गत राष्ट्रिय सशस्त्र
प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सशस.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा किराना सामान बरामदसर्लाही,
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ बाट असार ५ गते सशस्त्र प्रहरीले
करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद
गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्धारा किराना सामान बरामद | |
सर्लाही,
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ बाट असार ५ गते सशस्त्र प्रहरीले
करीव १ लाख ७२ हजार रुपैयाँ बराबरक.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा औषधी बरामदकपिलवस्तु,
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित सुल्तानपुरबाट असार ५ गते
सशस्त्र प्रहरीले करीव २ लाख ९० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका
औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल
बिओपी मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद औषधी भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्धारा औषधी बरामद | |
कपिलवस्तु,
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित सुल्तानपुरबाट असार ५ गते
सशस्त्र प्रहरीले करीव २ लाख.....ReadMore |
/uploads/news/dKQ+m5YOSx3c9PibzQPXyQ==.jpg
बाढीले बगाएर एकको मृत्यू, दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्वारसुनसरी,
सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडकखण्डको
बाघ खोलामा असार ५ गते वर्षाको कारण आएको बाढीले को २ ह ९७८५ नम्बरको
अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई
सशस्त्र प्रहरीले उद्वार गरेको छ ।
धरानबाट चतारातर्फ जाँदै गरको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको
बराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ बर्षिया ईस्थिविना राईको
मृत्यु भएको हो ।
सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षिय राजु
राईलाई सकुशल उद्धार गरेको छ भने गम्भिर घाईते भएकी रसुवा जिल्लाको
गोसाईकुण्ड नगरपालिका ३ बस्ने १८ वर्षिया आलिया तामाङ्गलाई उद्धार पश्चात
तत्कालै उपचारको लागि चतरा अस्पतालतर्फ पठाइएको छ ।
सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश
चतराबाट सशस्त्र प्रहरीको टोली खटिई गई उनीहरुको उद्वार कार्यमा जुटेको
थियो ।
सडकबाट करीव ५ सय मिटर तल फेला परेको उक्त अटोलाई सशस्त्र प्रहरीले सो
ठाउँबाट निकाली ईलाका प्रहरी कार्यालय चतरामा बुझाएको छ भने राईको शव
पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
घोपामा पठाइएको छ ।
बाढीले बगाएर एकको मृत्यू, दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्वार | |
सुनसरी,
सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडकखण्डको
बाघ खोलामा असार ५ गते वर्षाको कारण .....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद
सुनसरी,
सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ४ ईलाका र भोक्राहनरसिंह गाउँपालिका ८ पूर्व–पश्चिम लोकमार्गबाट असार २ गते सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद | |
सुनसरी,
सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ४ ईलाका र भोक्राहनरसिंह गाउँपालिका ८ पूर्व–पश्चिम लोक.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्वारा लाखौ मुल्य बराबरको अवैध पाल्मोनियन तेलसहित दुई जना पक्राउ
सप्तरी,
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट असार ३ गते सशस्त्र प्रहरीले करीव ५४ लाख ९६ हजार रुपैयाँ बराबरको १ हजार ५ सय टिन रिफाईन पाल्मोनियन तेलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३० वर्षिय अबध बाबु र ३३ वर्षिय धिरज कुमार छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको सशस्त्र प्रहरीले यूपी ७५ एम ३६९५ नम्बरको ट्रकमा जाँच गर्ने क्रममा उक्त तेलको विल विजक फेला नपरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेको बताईएको छ । त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद तेल तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको छ । बरामद ट्रकको भन्सार दाखिला मुल्य ५५ लाख रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरीद्वारा लाखौ मुल्य बराबरको अवैध पाल्मोनियन तेलसहित दुई जना पक्राउ | |
सप्तरी,
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम ल.....ReadMore
|
{
/images/misc/no-image.jpg
}
नक्कली नोटसहित सशस्त्र प्रहरीद्वारा पक्राउ
रौतहट,
रौतहट जिल्लाको बोधिमाई नगरपालिका ७ स्थित बंकुल बजारबाट असार २ गते सशस्त्र प्रहरीले एक लाख एक हजार नक्कली नोटसहित भारतको जिल्ला बदायु ग्राम पंचायत घर बताउने २३ वर्षिय संजय सक्सेनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी सरमजुवाबाट खटिएको सशस्त्र प्रहरीले निज सक्सेनालाई शंका लागि जाँच गर्दा उनको साथमा नक्कली नेपाली १ हजार दरको नोट ५० वटा, भारतीय नक्कली नोट २ हजार दरको २३ वटा र ५ सय दरको १० वटा फेला पारेको हो ।
नक्कली नोटसहित सशस्त्र प्रहरीद्वारा पक्राउ | |
रौतहट,
रौतहट जिल्लाको बोधिमाई नगरपालिका ७ स्थित बंकुल बजारबाट असार २ गते सशस्त्र प्रहरीले एक लाख एक हजार नक्.....ReadMore |
{
/images/misc/no-image.jpg
}
बाढीले बगाई बेपत्ता परेकी एक महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
कालिकोट,
अविरल वर्षाको कारण कालिकोट जिल्लाको खडकचक्र नगरपालिका २ स्थित मुल खोलामा आएको बाढीमा परी अलपत्र परेकी सोही नगरपालिका बस्ने ४८ वर्षिया लालधरी विश्वकर्मालाई सशस्त्र प्रहरीले असार १ गते सकुशल उद्वार गरेको छ ।
उक्त खोलामा आएको बाढिमा परि अलपत्र परेको भन्ने खबर पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटबाट सशस्त्र प्रहरी निरीक्षक चेतन बहादुर खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनको उद्धार गरेको हो ।
उनीसँगै आउँदै गरेका उनको श्रीमान् ५० वर्षिय खड्कबहादुर विश्वकर्मालाई बाढीले बगाई बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी तत्कालै उनको खोजी कार्यमा जुटेको थियो ।
सशस्त्र प्रहरीले आज विहान करीव ८ बजे निज विश्वकर्माको शव खोलाको किनारमा फेला पारेको छ ।
बाढीले बगाई बेपत्ता परेकी एक महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार | |
कालिकोट,
अविरल वर्षाको कारण कालिकोट जिल्लाको खडकचक्र नगरपालिका २ स्थित मुल खोलामा आएको बाढीमा परी अलपत्र पर.....ReadMore |
{
/images/misc/no-image.jpg
}
श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा पक्राउ
सिरहा,
सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ ठाडीस्थित सीमा ईलाकाबाट असार १ गते सशस्त्र प्रहरीले ५ लाख २० हजार ५ सय नेपाली रुपैयाँसहित सोही ठाउँ बस्ने ४४ बर्षिय दिलीप कुमार साहलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी ईनर्वाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उनको साथमा एक थान मोवाईल सेट समेत बरामद गरिएको छ ।
पक्राउ परेका साहलाई बरामद रुपैयाँ तथा मोवाईलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाईएको छ ।
श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा पक्राउ | |
सिरहा,
सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ ठाडीस्थित सीमा ईलाकाबाट असार १ गते सशस्त्र प्रहरीले ५ लाख २० हज.....ReadMore |
{
/images/misc/no-image.jpg
}
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद
सर्लाही,
सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट असार १ गते सशस्त्र प्रहरीले करीव ३ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद | |
सर्लाही,
सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट असार १ गते सशस्त्र प्रहरीले करीव ३ ला.....ReadMore |
/uploads/news/62ab2d021a3aa.JPG
सि.सं. २ सशस्त्र प्रहरी परिचर आधारभूत तालिम सम्पन्न
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. २ सशस्त्र प्रहरी परिचर आधारभूत तालिम असार २ गते सम्पन्न भएको छ ।
कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेतको प्रमुख आतिथ्यमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी परिचर सहज गुरुङ्गलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
उहाँले सफलतापूर्वक तालिम सम्पन्न गरेका सशस्त्र प्रहरी परिचरहरुलाई हार्दिक बधाई दिनुुहुँदै आफुलाई प्राप्त जिम्मेवारी निर्वाहमा ईमान्दारिता पूर्वक फौजी अनुशासनको पालना गर्दै उत्कृष्ट कार्यसम्पादनमा लाग्न त्यसैअवसरमा निर्देशन दिनुभयो ।
सो समारोहमा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तले तालिम सम्पन्न गरी कार्यक्षेत्र प्रवेश गर्न लागेका १ सय २३ जना सशस्त्र प्रहरी परिचरहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
सि.सं. २ सशस्त्र प्रहरी परिचर आधारभूत तालिम सम्पन्न | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. २ सशस.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सि.सं. ८ स्नाईपर तालिम संचालन
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा सि.संं. ८ स्नाईपर तालिम संचालन भएको छ ।
सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तले असार १ गते एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक पन्तले तालिमको महत्वमाथि प्रकाश पानुहुर्दै फौजी संगठनमा फौजलाई सदैव शारीरिक र मानसिक रुपमा चुस्त र दुरुस्त राख्नको लागि यस्ता तालिमहरु अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले तालिमले पेशागत दक्षता अभिबृद्धि गर्नुका साथै व्यावसायीक वृत्तिविकासमा समेत सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी निरीक्षक विजय डागीले सो तालिमको तालिम सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने पाँच हप्ता अवधिको उक्त तालिममा कुल ३६ जना सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।
सि.सं. ८ स्नाईपर तालिम संचालन | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा सि.संं. ८ स्नाईपर त.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठ बरामद
बारा,
बारा जिल्लाको कोल्हवी नगरपालिका ८ नयाँ बस्ती ईलाकाबाट जेठ २९ गते सशस्त्र प्रहरीले करीव ६० क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।
सोही ठाउँमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवीबाट सशस्त्र प्रहरी नायव निरीक्षक चन्द्रकान्त पौडेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद काठ सव–डिभिजन वन कार्यालय मधुवनमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठ बरामद | |
बारा,
बारा जिल्लाको कोल्हवी नगरपालिका ८ नयाँ बस्ती ईलाकाबाट जेठ २९ गते सशस्त्र प्रहरीले करीव ६० क्यूफिट सालक.....ReadMore |
/uploads/news/62a4c34a07b2b.JPG
गृहमन्त्री खाँणद्वारा सि.सं. २ गोताखोर तालिम समापन
चितवन,
माननीय गृहमन्त्री बालकृष्ण खाँणज्यूले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालिमको जेठ २८ गते एक समारोहका बीच समापन गर्नुभएको छ ।
सोही अवसरमा गृहमन्त्री खाँणले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गर्नुभयो ।
गृहमन्त्री खाँणले तालिम सफलता पूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका गोताखोरहरुलाई हार्दिक बधाई दिनुहुुँदै सशस्त्र प्रहरीले पानिजन्य विपद् उद्वारका लागि तयार गरेको जनशक्ति तथा अन्य विपद् उद्वार कार्य प्रशंसनिय रहेको बताउनुभयो ।
उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक श्रोतसाधन, तालिम र सेवा सुविधा बढाउन गृहमन्त्रालय सकारात्मक रहेको चर्चा गर्नहुँदै विपद्को समयमा पूर्व तयारी र विपद् पछि खोजी र उद्वारका लागि सशस्त्र प्रहरीलाई सदैव तयारी हालतमा रहन निर्देशन दिनुभयो ।
गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनिकरणको लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताउनुहुँदै यस्ता कार्यको लागि नेपाल सरकार तथा गृहमन्त्रालयको तर्फबाट निरन्तर सहयोग र सहजिकरण गरिने उल्लेख गर्नुभयो ।
उहाँले गोताखोर जस्तो जोखिमयुक्त तालिम गराउनको लागि सहयोग पु¥याउनुहुने दातृनिकाय, विदेशी प्रशिक्षक, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सरोकारवाला निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
समारोहमा माननीय गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद्् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराईएको ९७ लाख रुपैयाँ बराबरको विभिन्न विपद् उद्वार सामाग्री समेत हस्तान्तरण गर्नुभयो ।
सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिविसन सेन्टरको समेत अवलोकन गर्नुभयो ।
सोही समारोहमा गृहसचिव टेकनारायण पाण्डेले विपद्मा परेका आम नागरिकको जीउ धनको सुरक्षा गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्नुहुँदै विपद् तथा महामारी आउनु भन्दा पहिल्यै तयारी भएर बस्न सकिएमा कार्यक्षेत्रमा सदैव सफलता मिल्ने बताउनुभयो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा तल्लीन रहँदै राज्यले सुम्पिएको दायित्व र जिम्मेवारीका क्षेत्रहरुमा कटिवद्ध र त्रुटिरहित ढंगबाट परिचालन हुने बताउनुहुँदै आपत विपद् र महामारीको समयमा समेत अग्रपंक्तिमा रहेर आम नागरिकको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपाल अहोरात्र क्रियाशिल रहिरहने बताउनुभयो ।
उहाँले यस्ता तालिम आफैमा जोखिमयुक्त र चुनौतीपूर्ण रहेको बताउनुहुँदै विपद् व्यवस्थापन तथा जोखिमयुक्त उद्वार कार्यमा खटिने सुरक्षाकर्मीलाई खटिएको समयमा दैनिक भत्ताको व्यवस्था भएमा उद्वारमा परिचालन हुने सुरक्षाकर्मीहरुको मनोवल उच्च हुने उल्लेख गर्नुभयो ।
समारोहमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारसँग सहकार्य गरेर गोताखोर तालिम सम्पन्न गराउन पाउँदा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनमा समेत शिक्षालयसँग सहकार्य र समन्वयन गर्दै अगाडी बढने उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका समादेशक का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलले स्वागत मन्तव्यको क्रममा गोताखोर जस्तो महत्वपूर्ण तालिम संचालन गर्न पाउँदा यसलाई एउटा अवसरको रुपमा लिएको बताउनुुहँुदै आगामी दिनहरुमा समेत यस खालका तालिम निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो ।
पाँच हप्ता अवधिको उक्त तालिम २० जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीस्थित सप्तकोशी नदि, पोखराको फेवाताल र मकवानपुरको ईन्द्र सरोवरमा समेत तालिमको अभ्यास गराईएको थियो ।
सोही अवसरमा नदिजन्य दुर्घटनामा उद्वार सम्बन्धि डेमो समेत प्रदर्शन गरिएको थियो ।
सो समारोहमा राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहट्ठा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, धादिङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर लम्साल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा नेपाल प्रहरीका जिल्लास्थित प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।
गृहमन्त्री खाँणद्वारा सि.सं. २ गोताखोर तालिम समापन | |
चितवन,
माननीय गृहमन्त्री बालकृष्ण खाँणज्यूले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षाल.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा सहित पक्राउ
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राम केवल रायको कमाण्डमा खटिएको टोलीले जेठ २६ गते करीव १० लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित परवानीपुर गाउँपालिका ५ बस्ने २२ बर्षिय विकास पटेललाई पक्राउ गरेको छ ।
प्रदेश नम्बर ०२–०३–००१ च ३६३८ नम्बरको पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अबस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरीले बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यस बेला उक्त गाडी समेत बरामद गरिएको हो ।
यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ २६ गते सशस्त्र प्रहरीले करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
सोही ठाउँको बाँसको झाडीमा बेवारिसे अवस्थामा रहेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी निरीक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा सहित पक्राउ | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी सहायक निर.....ReadMore |
{
/images/misc/no-image.jpg
}
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट जेठ २५ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मेडीकल तथा सर्जिकलका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले जेठ २५ गते करीव २ लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ ।
भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
त्यसैगरी सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका ७ महनपुरस्थित सडकखण्डबाट जेठ २४ गते सशस्त्र प्रहरीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
त्रिभुवननगरबाट बयलवासतर्फ जाँदै गरेको एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसभित्र वेवारिसे अवस्थामा रहेको सो सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी सखुअवाबाट खटिएको टोलीले बरामद गरेको हो बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद | |
काठमाडौं,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट जेठ २५ गते सशस्त्र प्रहरीले करी.....ReadMore |
/uploads/news/62a0861aca3e0.JPG
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिन्ह प्रदान
काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २५ गते आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई उल्लेखित दर्जाको दज्र्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।
समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै पदोन्नती हुनुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हार्दिक बधाई दिनुहुँदै उहाँको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यवसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको बताउनुहुँदै उहाँलाई आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
उहाँले आफु सधैं टिमवर्क र सामुहिकतामा विश्वास राख्ने उल्लेख गर्नुहुँदै फौजी जीवनमा सबैले बर्दिको सान र दर्जाको मान राख्दै भातृत्व, सद्भाव र आत्म विश्वाससँगै गौरवकासाथ राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्ने बताउनुभयो ।
महानिरीक्षक अर्यालले संगठनमा सुधारका विभिन्न कार्यहरु सुरुवात गरिएको चर्चा गर्नुहुँदै सोको कार्यान्वयनका लागि विभागीय प्रमुख, फिल्ड लेवलका कमाण्डर लगायत सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको साथ सहयोग तथा सामुहिक प्रयास रहने बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि प्रकाश पार्नुहुँदै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठनको बृहत्तर हितका लागि सकल दर्जाका सबैलाई पूर्ण व्यवसायिक रहि राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहन निर्देशन दिनुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई फुलमालाकासाथ हार्दिक बधाई दिनुहुँदै सो संघमा स्वागत गर्नुभएको हो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिन्ह प्रदान | |
काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्वारा आँपको काठसहित एक जना पक्राउ
सर्लाही,
सर्लाही जिल्लाको बरहथवा नगरपालिका ९ स्थित मुर्तिया ईलाकाबाट जेठ १९ गते करीव ६० क्युफिट आँपको काठसहित सोही जिल्लाको हरिपुर नगरपालिका २ बस्ने २७ बर्षिय दिनेश साहलाई पक्राउ गरेको छ ।
ज १ त ५०३० नम्बरको ट्याक्टरमा राखेर लैजाँदै गरेको उक्त काठसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यसबेला उक्त ट्याक्टर समेत बरामद गरिएको छ ।
पक्राउ परेका साहलाई बरामद काठ तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय मुर्तियामा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा आँपको काठसहित एक जना पक्राउ | |
सर्लाही,
सर्लाही जिल्लाको बरहथवा नगरपालिका ९ स्थित मुर्तिया ईलाकाबाट जेठ १९ गते करीव ६० क्युफिट आँपको काठसह.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्वारा सामान बरामद
काठमाडौं,
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ २० गते सशस्त्र प्रहरीले करीव ६ लाख ८८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
वेवारिसे अवस्थामा रहेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित अरुवा खोला पुलबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव ५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
ना २ ख ८४५९ नम्बरको ट्रकमा राखेर अवैध रुपले लैजाँदै गरेको उक्त सामानको कागजपत्र फेला नपरपछि सशस्त्र प्रहरी बल नेपाल बिओपी सर्मजुवाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उक्त ट्रकसमेत बरामद गरिएको छ ।
बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्रकको अन्दाजी मुल्य २० लाख रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरीद्वारा सामान बरामद | |
काठमाडौं,
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ २० गते सशस्त्र प्रहरीले करीव ६ लाख .....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्वारा चोरीनिकासीमा संलग्न दुई जना पक्राउ
सुनसरी,
सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले चोरीनिकासीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ जिल्लाको बेलबारी नगरपालिका १ घर बताउने ५५ बर्षिय कबिर बहादुर तामाङ र सुन्दर हरैचा नगरपालिका ३ बस्ने ३१ बर्षिय सन्तोष बास्तोला छन् ।
दुई वटा पिकअप गाडीमा राखेर नेपालबाट भारततर्फ अबैध रुपले चौपायाँ चोरीनिकासी गरी लैजादै गरेको अबस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी कप्तानगंजबाट सशस्त्र प्रहरी निरीक्षक रामचरण यादवको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । त्यसबेला दुबै गाडी समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुबै जनालाई बरामद चौपायाँ र गाडीसहित आवश्यक कारबाहीको लागी भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य २० लाख रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरीद्वारा चोरीनिकासीमा संलग्न दुई जना पक्राउ | |
सुनसरी,
सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले चोरीनिकासीम.....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ
सप्तरी,
सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बिष्णुपुर गाउँपालिका ४ बस्ने २५ बर्षिय राधाराम साहलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाबाट खटिएको टोलीले शंका लागि जाँँच गर्दा उनको साथमा डाईजेपाम २ बोतल, नोफिन २ बोतल, र सिरिन्ज ३ वटा फेला पारेको हो ।
पक्राउ परेका साह लाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ | |
सप्तरी,
सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका .....ReadMore |
/uploads/news/629d931179e35.JPG
विश्व वातावरण दिवशको अवसरमा वृक्षारोपण
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिषरमा जेठ २२ गते विश्व वातावरण दिवशको अवसर पारेर विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको उक्त वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न बोटविरुवाहरु रोपिएको हो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागितामा उल्लेखित विरुवा रोपीएको हो ।
यसैगरी विश्व वातावरण दिवशकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका विभिन्न ईकाहरुमा १३ हजार ९ सय ८९ वटा फलफूल लगायत विभिन्न विरुवाहरु रोपिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी मातहतका युनिटले ३ हजार १ सय २१ वटा, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ३ हजार ६ सय ७९ वटा, नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ९ सय १९ वटा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्याले कास्कीले, ७ सय ४० वटा, नम्बर ५ विन्ध्यवासीनी बाहिनी मुख्यालय रुपन्देहीले ३ हजार ६ सय ३४ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले ४ सय ३६ वटा, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ५ सय ५७ वटा तथा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौले १ सय ५० वटा बोटविरुवा रोपिएको छ ।
त्यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले १ सय ५० वटा, नेपाल एपीएफ अस्पतालले ८५ वटा, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराले ५० र दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीले १७ वटा बोटविरुवा रोपेको हो ।
विश्व वातावरण दिवशको अवसरमा वृक्षारोपण | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिषरमा जेठ २२ गते विश्व वातावरण द.....ReadMore |
{
/images/misc/no-image.jpg
}
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट जेठ १८ गते सशस्त्र प्रहरीले करीव ३ लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो ।
बरामद सामान मेची भन्सार कार्यालयमा बुझाईएको छ ।
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद | |
झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट जेठ १८ गते सशस्त्र प्रहरीले करीव ३ .....ReadMore |
{
/images/misc/no-image.jpg
}
चोरीनिकासीको मदिरासहित भारतीय नम्बरको कार सशस्त्र प्रहरीद्वारा बरामद
महोत्तरी,
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव १ लाख २८ हजार रुपैयाँ बराबरको चोरीनिकासीको विभिन्न मदिरा बरामद गरेको छ ।
डि.एल. ५ सीडी ७४५३ नम्बरको भारतीय कारमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त मदिरा र उल्लेखित कार सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त कारका चालक गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सो कार सोही ठाउँमा छाडी फरार भएका थिए ।
बरामद मदिरा तथा कार आन्तरिक राजश्व कार्यालय जनकपुरमा बुझाईएको छ । उक्त कारको अन्दाजी मुल्य १० लाख रुपैयाँ रहेको छ ।
चोरीनिकासीको मदिरासहित भारतीय नम्बरको कार सशस्त्र प्रहरीद्वारा बरामद | |
महोत्तरी,
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव १ लाख .....ReadMore |
{
/images/misc/no-image.jpg
}
सशस्त्र प्रहरीद्वारा सप्तकोशी नदिबाट एक जनाको सकुशल उद्वार
सप्तरी,
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदिबाट सशस्त्र प्रहरीले एक जनाको बुधबार साझ सकुशल उद्वार गरेको छ ।
झापा जिल्लाको कमल गाउँपालिका ५ बस्ने करीव ४१ बर्षिय बधुन्द्र प्रसाद लिम्बु सप्तकोशी पुलबाट उक्त नदिमा हाम फालेको बताईएको छ ।
उक्त घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार उद्धव चौलागाईको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले मोटरबोटको प्रयोग गरी उनलाई तत्कालै सकुशल उद्वार गरेको हो ।
सशस्त्र प्रहरीद्वारा सप्तकोशी नदिबाट एक जनाको सकुशल उद्वार | |
सप्तरी,
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदिबाट सशस्त्र प्रहरीले एक जन.....ReadMore |
/uploads/news/fiVWXi2nVQjZbkh8yubBeQ==.jpg
तारा एयरको जहाज थासाङको सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला, उद्वार कार्य जारी मुस्ताङ्ग,
कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ
गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला पारिएको छ
।
सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल
नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर के.सी.को
कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे दुर्घटनास्थलमा पुगि
उद्वार कार्यमा सकृयताकासाथ जुटिरहेको छ ।
अपरान्ह ४ बजेसम्मको प्राप्त विवरण अनुसार उक्त जहाजमा चढेका
यात्रुहरुमध्ये १८ जनाको शव फेला पारिएको छ भने अन्यको खोजीकार्य भईरहेको
छ । फेला पारिएको १० जनाको शव सोही जिल्लाको कोवाङ्गबाट नेपाली सेनाको
हेलीद्वारा काठमाडौंतर्फ पठाईएको बताईएको छ ।
तारा एयरको जहाज थासाङको सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला, उद्वार कार्य जारी | |
मुस्ताङ्ग,
कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ
गाउँपालिका २ सानुसरे डाँडा.....ReadMore |
/uploads/news/ZmWkiyloMA484TNZtuiVhQ==.jpg
सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काबाट केन्द्रिय सहायता तथा समन्वय कक्षको उद्घाटन काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हालै स्थापना गरिएको
केन्द्रिय सहायता तथा समन्वय कक्षको सशस्त्र प्रहरी नायव महानिरीक्षक
बिदुर खड्काले जेठ १६ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी राष्ट्रसेवकहरु
अवकाश, राजीनामा तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएमा सम्बन्धित
कर्मचारी र आश्रित परिवारले निबृत्तीभरण लगायतका संचयकोष, नागरिक लगानी
कोष र राष्ट्रिय बीमा संस्थानबाट प्राप्त हुने सुविधा तथा विभिन्न
कामकारवाहीहरु छिटो, छरिटो र सहज होस भन्ने उद्देश्यले उक्त कक्ष स्थापना
गरिएको उल्लेख गर्नुहुँदै उहाँहरुलाई सो कार्यका लागि ती कार्यालयहरुमा
ल्याउन लैजान तथा अन्य प्रशासनिक सहयोगका लागि सवारी साधन तथा अनुभवी
कर्मचारी खटाई सेवा प्रधान गरिने बताउनुभयो ।
उहाँले प्रत्येक महिनामा दुई पटक सेवाग्राहीहरुलाई संकलन गरी सहजीकरण
गरिने व्यवस्था मिलाईएको उल्लेख गर्नुहुँदै सो कार्यले वहालवाला
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल बृद्धि हुनुकोसाथै अवकाश
पछिको जीवनमा समेत संगठनप्रती सकारात्मक रहिरहने विश्वास व्यक्त गर्नुभयो
।
यसैगरी सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काले सोमबार सशस्त्र प्रहरी
बल नेपाल प्रधान कार्यालयमा रहेको शिसु स्याहार केन्द्रको शुभारम्भ
गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्यरत राष्ट्रसेवकका
शिसुहरुलाई कार्यलय समयमा स्याहार सुसार तथा रेखदेखका लागि वि.सं. २०६८
साल फागुन २८ गतेबाट सुरु गरिएको उक्त केन्द्र भूकम्प तथा कोभिड–१९
महामारीको कारण बन्द रहेकोमा आजैबाट सो सेवा पुनः संचालन गरिएको हो ।
त्यसअवसरमा नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी कर्मचारीहरुलाई आफु
ड्यूटिमा रहेका अवस्थामा उहाँहरुको सन्ततीहरुको उचित रेखदेख र स्याहारका
लागि सो केन्द्रको औचित्य र महत्वलाई आत्मसाथ गर्दै पुनः संचालन गरिएको
बताउनुहुँदै हाललाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा र
भविष्यमा अन्य युनिटहरुमा समेत विस्तार गरिदै लैजाने संगठन प्रमुख
सशस्त्र प्रहरी महानिरीक्षज्यूको योजना रहेको बताउनुभयो ।
उहाँले यस सुविधाले सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्ना बालबच्चालाई
आफ्नै निगरानीमा राखी उचित समय समेत दिई बालबालिकाहरुको सर्वार्ङिण
विकासमा योगदान दिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काबाट केन्द्रिय सहायता तथा समन्वय कक्षको उद्घाटन | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हालै स्थापना गरिएको
केन्द्रिय सहायता तथा समन्वय कक्षको स.....ReadMore |
/uploads/news/no-image-new.jpg
तारा एयरको जहाज थासाङको सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला, उद्वार कार्यमा सशस्त्र प्रहरी सकृयकाठमाडौं,
कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ
गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला परेको छ ।
सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल
नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर के.सी.को
कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे त्यसठाउँमा पुगि उद्वार
कार्यमा सकृयताकासाथ जुटेको छ ।
तारा एयरको जहाज थासाङको सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला, उद्वार कार्यमा सशस्त्र प्रहरी सकृय | |
काठमाडौं,
कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ
गाउँपालिका २ सानुसरे डाँडाम.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउपर्सा,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ १० गते
सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका ९ ढोडेनी बस्ने २४
वर्षिय रमेश नेपाली छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी
बीरगंजबाट खटिएको टोलीले शंका लागि जाँँच गर्दा उनको साथमा निट्राभेट
ट्याब्लेट २८ वटा, नोफिन १ एम्पुल, फेनेरागन १ एम्पुल, डाईजेपाम १ एम्पुल
र ९ ग्राम गाजाँ फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले लागूऔषध
सेवन गरिरहेको अवस्थामा सोही नगरपालिका १ त्रिशुली बस्ने २६ वर्षिय अनिल
विश्वकर्मालाई समेत पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
नेपाल प्रहरीलाई बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ | |
पर्सा,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ १० गते
सशस्त्र प्रहरीले विभिन्न किसिमका.....ReadMore |
/uploads/news/no-image-new.jpg
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका मुखियाको शव फेलाधनुषा,
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित रेल्वे स्टेशन नजिकै रहेको
पोखरीमा पौडी खेल्न क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव जेठ ११ गते
फेला पारिएको छ ।
भारतको मधुबनिदेवधा जिल्ला ग्राम पञ्चायत अकौना १३ बस्ने २४ वर्षिय
जितेन मुखिया यही जेठ ९ गते पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको
बताईएको छ ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह
बाहिनी मुख्यालय र नम्बर ८ गण सुनसरीबाट खटिएको गोताखोरसहितको सशस्त्र
प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त पोखरीमा फेला पारेको हो ।
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका मुखियाको शव फेला | |
धनुषा,
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित रेल्वे स्टेशन नजिकै रहेको
पोखरीमा पौडी खेल्न क्रममा डुवेर.....ReadMore |
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामदकाठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको टोलीले जेठ १० गते
करीव १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको
छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा
सशस्त्र प्रहरीले मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका १ स्थित पुष्पलाल
चोकबाट बरामद गरेको हो ।
यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टा सीमा ईलाकाबाट जेठ ९
गते सशस्त्र प्रहरीले करीव १ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो ।
त्यसैगरी ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित माईल ईलाकाबाट जेठ ९
गते सशस्त्र प्रहरीले करीव २ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
फुलको विरुवा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त विरुवा सशस्त्र प्रहरी बल नेपाल
बिओपी पशुपतिनगरबाट खटिएको टोलीले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको टोलीले जेठ १० गते
करीव १ लाख २० हजार रुपैयाँ बराबरक.....ReadMore |
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा गाँजा बरामदबारा,
बारा जिल्लाको पचरौता नगरपालिका ९ बलधुसुवास्थित सीमा ईलाकाबाट जेठ ८
गते सशस्त्र प्रहरीले करीव ६० के.जी गाँजा बरामद गरेको छ ।
त्यसवेला उक्त गाँजा लैजाँदै गरेका ब्यक्तिले टाढैबाट सशस्त्र प्रहरी बल
नेपाल बिओपी बेलौनीबाट गस्तीमा खटिएको टोलीलाई देख्नासाथै सो गाँजा सोही
ठाउँमा छाडी फरार भएका थिए ।
बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद | |
बारा,
बारा जिल्लाको पचरौता नगरपालिका ९ बलधुसुवास्थित सीमा ईलाकाबाट जेठ ८
गते सशस्त्र प्रहरीले करीव ६० के.जी गा.....ReadMore |
/uploads/news/OvxHnolxdUts99DklMhMlQ==.jpg
विल विजक नभएको चिनीसहित ट्रक बरामदपश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १५ धनेवा ईलाकाबाट जेठ ८
गते करीव १ सय ९ क्वीन्टल चिनीसहित एउटा ट्रक बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी मातहतको सुरक्षा
बेश सेमरीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले लु
१ ख ९७६२ नम्बरको ट्रकभित्र लोड गरि राखेको अवस्थामा उल्लेखित परिमाणको
चिनीको विल विजक फेला नपरेपछि सो ट्रक तथा उक्त ट्रकका चालकलाई समेत
पक्राउ गरि आवश्यक कारवाहीको लागि राजश्व अनुशन्धान कार्यालय बुटवलमा
बुझाईएको छ ।
बरामद चिनी तथा ट्रकको भन्सार दाखिला मुल्य १७ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
विल विजक नभएको चिनीसहित ट्रक बरामद | |
पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १५ धनेवा ईलाकाबाट जेठ ८
गते करीव १ सय ९ क्वीन्टल च.....ReadMore |
/uploads/news/no-image-new.jpg
चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ महोत्तरी,
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ चाँदनी चोकबाट जेठ ५ गते सशस्त्र
प्रहरीले ४ लाख भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोहि जिल्लाको भगाहा नगरपालिका २ बस्ने ३१ बर्षिय
रन्जित चौधरी र भारतमा घर बताउने ३३ बर्षिय संजय कुमार प्रजापति छन् ।
मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट
खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त
रुपैयाँको उनीहरुले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला
उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुबै जनालाई बरामद भारतीय रुपैयाँ तथा मोटरसाईकलसहित
आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ | |
महोत्तरी,
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ चाँदनी चोकबाट जेठ ५ गते सशस्त्र
प्रहरीले ४ लाख भारतीय रुपैयाँ .....ReadMore |
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामदकाठमाडौं,
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ ५ गते
सशस्त्र प्रहरीले करीव १ लाख ५४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल बिओपी बिरगंजबाट खटिएको टोलीले बरामद गरेको हो
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले जेठ ६ गते
करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र एअरफोन
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ
जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद | |
काठमाडौं,
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ ५ गते
सशस्त्र प्रहरीले करीव १ लाख ५४ ह.....ReadMore |
/uploads/news/09IaiFjIQ2zEbfaAwWOM5Q==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदानकाठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ ६ गते आयोजित विशेष समारोहका बीच
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई उल्लेखित
दर्जाको दर्ज्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ ६ गतेको निर्णयले उहाँ सशस्त्र
प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा
पदोन्नती हुनुभएको हो ।
समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै सशस्त्र प्रहरी
अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएका नारायणदत्त पौडेललाई
हार्दिक बधाई दिनुहुँदै उहाँले संगठनमा रहेर आफ्नो जिम्मेवारीका
क्षेत्रहरुमा प्रदर्शन गर्नुभएको कार्यक्षमता, सांगठनिक बिकासमा
पुर्याउनु भएको योगदान तथा सेवाप्रतिको निष्ठा आदिको उच्च कदर गर्दै
नेपाल सरकारले पदोन्नती प्रदान गरेको उल्लेख गर्नुहुँदै उहाँलाई आगामी
दिनमा कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
उहाँले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि जोड दिनुहुँदै
राष्ट्रसेवक सशस्त्र प्रहरीहरुको बृहत्तर हितका लागि निर्णय गरि केही
सुधारका कार्यहरुको सुरुवात गरि सकिएको उल्लेख गर्नुहुँदै अधिकृत तहका
कर्मचारीहरुले जिम्मेवारी निर्वाहको क्रममा मातहतकालाई कुशल नेतृत्व र
उच्च हौसला प्रदान गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा लाग्न
त्यसैअवसरमा सकल दर्जालाई निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले आफ्नो लागि सकल दर्जाका सशस्त्र प्रहरी
कर्मचारीहरु सबै समान रहेको उल्लेख गर्नुहुँदै फौजी संस्कार निर्माण गरी
आवश्यकता अनुरुपको नीति नियम तर्जुमा गर्दै सामुहिक नेतृत्व र सामुहिक
निर्णयकासाथ संगठनलाई अगाडी बढाईने समेत स्पष्ट पार्नुभयो ।
उहाँले यदि कोही फौजी संस्कारको बर्खिलाप र गैह्र व्यावसायिक
क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्तालाई कारवाहीको दायरामा ल्याईने
बताउनुहुँदै सकल दर्जाको सरुवा तथा बढुवालाई बैज्ञानिक, पारदर्शी र
अनुमान योग्य बनाईने उल्लेख गर्नुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष
श्रीमती अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती सावित्रा
पौडेललाई फुलमालाकासाथ हार्दिक बधाई दिनुहुँदै सो संघमा स्वागत गर्नुभयो
।
सो समारोहमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र
प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र
प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान | |
काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भूम.....ReadMore |
/uploads/news/u5n11wt65dyERCeBzuZspA==.jpg
महानिरीक्षक अर्यालबाट निर्वाचन सुरक्षार्थ देशभर परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशनकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयबाट बैशाख २६ गते निर्वाचन सुरक्षार्थ देशभर खटिएका सकल
दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई आसन्न स्थानिय तह
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर
लाग्न निर्देशन दिनुभएको छ ।
उहाँले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा
देखाएको उत्साहपुर्ण परिचालनको प्रशंसा गर्नुहुर्दै निर्वाचनमा खटिएका
सशस्त्र प्रहरी कर्मचारीहरुको बन्दोवस्ती एवं राशन व्यवस्थापन,
स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन,
चोरीतस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा परिचालितभई
सम्पादन गरेका कार्यहरुको सुक्ष्म रुपमा अनुगमन गर्ने गरी प्रधान
कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको बताउनुभयो ।
महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनको लागी उपलब्ध
श्रोतसाधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई
पालना गर्दै बिभिन्न निकायहरुसग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा
रहेर मानवअधिकारको सम्मान गर्दै जिम्मेबारी निर्वाहमा क्रियासिल रहन
निर्देशन दिनुहुदै लैगिंक हिंसा र गैह्र व्यवसायिक कार्यमा संलग्न रहने
सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारबाही गरिने समेत बताउनुभयो ।
उहाँले निर्वाचन क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ
निर्वाचन सुरक्षा, आचारण संहिता र पदयी आचरणमा रहि अनुशासन, ईमान्दारिता
र लगशिल भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिनुहुँदै सुरक्षा
क्षेत्रमा परिचालन हुँदा सशस्त्र प्रहरी कर्मचारीहरुले आफुले गरेका
गतिविधिहरुलाई सामाजिक संजालमा सेयर तथा पोष्ट गर्न नहुने कुरा समेत
बताउनुभयो ।
कमाण्डर तहका अधिकृतहरुले विभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय
र सहकार्य गरी सबै निर्वाचन क्षेत्रहरुमा सुरक्षाको भरपर्दो व्यवस्था
मिलाउन निर्देशन दिनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले
भन्नुभयो–‘जस्तोसुकै चुनौती भित्र अवसर पनि अवश्य लुकेको हुन्छ सामना
गर्न सक्नुपर्छ ।’
उक्त कार्यक्रम लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको
संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो
।
आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई भएरहित वातावरणमा शान्तिपूर्वक
सम्पन्न गराउन देशभर परिचालित भएका सशस्त्र प्रहरीहरुको स्थलगत अनुगमन
तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रुपमा जिम्मेवारी निर्वाहमा
क्रियासिल गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र
प्रहरी बरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकहरुको नेतृत्वमा बैशाख
२५ गते सबै प्रदेशमा एक÷एक टोली परिचालन गरेको छ ।
कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु कमल प्रसाद तिउसिना
गण्डकी प्रदेश, किरण बस्नेत नं. १ प्रदेश, उद्धव बहादुर न्यौपाने मधेष
प्रदेश, राजेन्द्र खड्का सूदुपश्चिम प्रदेश, युवराज अर्याल लुम्बिनी
प्रदेश, त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षकहरु टोप बहादुर खनाल बाग्मती
प्रदेश र अच्युत कुमार मजगैयाँ कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ
निर्वाचन लक्ष्यीत सुरक्षाको लागि खटिएका हुन् ।
सो टोली प्रदेशस्थित सम्बन्धित विभिन्न कार्यालय तथा व्यक्तिहरुसँग
समन्वय राखी निर्वाचनमा परिचालीत सशस्त्र प्रहरी जनशक्तिलाई उच्च
मनोबलकासाथ कार्यक्षेत्रमा खटाई आवश्यक निर्देशन दिनुको साथै
कार्यक्षेत्रमा भईपरि आउने समस्या तथा चुनौतीहरुलाई पन्छाउँदै
शान्तिपूर्वक निर्वाचन सम्पन्न गरि फिर्ता हुनेछन् ।
महानिरीक्षक अर्यालबाट निर्वाचन सुरक्षार्थ देशभर परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयबाट बैशाख २६ गते .....ReadMore |
/uploads/news/s8p1MHSyVHryq5u6uTlUZw==.jpg
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता अर्यालबाट पदवहाली सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता अर्यालले
सोमबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका
बीच सो संघको अध्यक्ष पदको पदवहाली गर्नुभएको छ ।
त्यसअवसरमा सो संघका कार्यकारिणी पदाधिकारीहरु लगायत संघका सदस्यहरुको
समेत उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता अर्यालबाट पदवहाली | |
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता अर्यालले
सोमबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार.....ReadMore |
/uploads/news/guUhUjScGms3BQeVDM3LrQ==.jpg
महानिरीक्षक अर्यालबाट पदवहाली तथा सकल दर्जालाई निर्देशन सम्बोधन दर्ज्यानी चिन्ह सुशोभन पश्चात नवनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी
महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपालको इष्टदेवी
बगलामुखीमाईको पुजा अर्चना गर्नुभई पशुपतिनाथ मन्दिरमा दर्शन पश्चात
सोमबार नै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पदवहाली गर्नुभयो
।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय
हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा रिथ अर्पण गर्नुभयो । त्यसअघि
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सम्मानमा सशस्त्र प्रहरी बल
नेपालको एक टोलीले सम्मान गारद सलामी अर्पण गरेको थियो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल
दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको
क्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, मिशन लगायतका
कार्यहरु बैज्ञानीक र पारदर्शी ढंगले अगाडी बढाउने बताउनुहुँदै संगठनको
विकास र बिस्तारमा समेत विशेष ध्यान पुर्याईने बताउनुभयो ।
उहाँले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु
कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलाप तथा कुनै पनि
आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्ता
कर्मचारीहरुलाई कुनै पनि हालतमा नछाडीने बताउनुहुँदै कमाण्डर तहका
अधिकृतहरुलाई कार्ययोजनाका साथ मातहत कर्मचारीहरुलाई उच्च मोरालमा राखी
परिचालित गरि नियमित अनुगमन गर्न समेत निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाती राखी राष्ट्र र संगठनले
लिएको लक्ष्य प्राप्तीमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु एकजुट
भई सामुहिक भावनकासाथ लाग्नुपर्ने बताउनुहुँदै संगठनबाट के लिन सक्छु
भन्दा पनि संगठनलाई के दिनसक्छु भन्ने भावनाकासाथ व्यावसायिक भई
कार्यसम्पादनमा लाग्न निर्देशन समेत दिनुभयो ।
उहाँले वान जनरल वान कन्सेफ्टको नीति लागू गरी संगठनलाई अगाडी बढाईने
उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुको हितका लागि मौजुदा
कल्याणकारी कार्यहरुलाई समेत समय सापेक्ष परिमार्जन गर्दै बृहत हितका
लागि योजनाकासाथ काम गर्ने बताउनुभयो ।
महानिरीक्षक अर्यालले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा
सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै सकल
दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिदा
सभ्य र अनुशासित भई जिम्मेवारी निर्वाहमा क्रियाशिल रहन निर्देशन दिनुभयो
।
सो समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार
मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो ।
समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा सकल दर्जाका
सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
महानिरीक्षक अर्यालबाट पदवहाली तथा सकल दर्जालाई निर्देशन सम्बोधन | |
दर्ज्यानी चिन्ह सुशोभन पश्चात नवनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी
महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रह.....ReadMore |
/uploads/news/xqJFW9ecl3OchK6r+jpFgw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संक्षिप्त जीवनी उहाँ पिता दामोदर प्रसाद अर्याल र माता शारदा अर्यालको कोखबाट वि.सं.
२०३१ साल मंसीर २३ गते जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएको हो । काठमाडौ
जिल्लाको गोलढुंगा ३ स्थायी बसोवास गरिहरनु भएका उहाँले त्रिभुवन
विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा
समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय
मानवीय कानून विषयमा पोष्ट ग्राजुएट डिप्लोमा उत्तिर्ण गर्नुभएको छ ।
बि.सं. २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा
प्रवेश गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्याल वि.सं. २०५८ साल
जेष्ठ ८ गते सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण हुनुभएको थियो ।
उहाँले स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढि पेशागत तथा व्यावसायिक
तालिम हासिल गर्नुकासाथै अमेरिका, जर्मनी, ईटाली, चीन, श्रीलंका लगायत
विभिन्न अफ्रिकी मुलुकहरु समेत भ्रमण गर्नुभएको छ ।
महानिरीक्षक अर्याल सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, गोर्खा
दक्षिणबाहु चौथा, लगायत विभिन्न ८ भन्दा बढि विभुषण, मानपदवी, पदक तथा
अलंकारहरुबाट विभूषित हुनुहुन्छ ।
उहाँले स्वदेश तथा विदेशमा सेवारत रहँदा उत्कृष्ट कार्यसम्पादन गरेवापत
विभिन्न पुरस्कार तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । सशस्त्र प्रहरी
बल, नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग, सशस्त्र प्रहरी
बल, नेपाल नम्बर २ र नम्बर ९ बाहिनी मुख्यालय, तालिम केन्द्रहरु, गण तथा
गुल्म लगायत १० भन्दा बढि ईकाइहरुको प्रमुखको रुपमा जिम्मेवारी बहन
गर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी
कुशलतापूर्वक सम्हाल्दै विशिष्ट कार्य अनुभव हासिल गर्नुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संक्षिप्त जीवनी | |
उहाँ पिता दामोदर प्रसाद अर्याल र माता शारदा अर्यालको कोखबाट वि.सं.
२०३१ साल मंसीर २३ गते जेष्ठ सुपुत्रको रुपमा .....ReadMore |
/uploads/news/UH11x5lTEzb48+cZKgHdlw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलको फौजी परम्परा अनुसार स–सम्मान बिदाईकाठमाडौं,
यहि बैशाख १९ गतेदेखि सेवानिबृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी
महानिरीक्षक पुष्पराम के.सी. र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
रामशरण पौडेललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १८
गते आयोजित विशेष समारोहका बीच उहाँहरुलाई सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षक राजु अर्यालले फुलमालाका साथ मायाको चिनो प्रदान गर्नुहुँदै
हार्दिक बिदाई गर्नुभएको हो ।
यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती
के.सी.लाई सो संघकी उपाध्यक्ष श्रीमती अनिता अर्यालले फुलमालासहित
हार्दिक बिदाई गर्नुभयो ।
त्यसैअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई संगठनको सम्पूर्ण जिम्मेवारी
बर–बुझारथ गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. र सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले आ–आफ्नो मन्तव्य राख्नुभएको
थियो ।
समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु
अर्यालले उहाँहरुले सशस्त्र प्रहरी बल नेपालमा ३० बर्षसम्म सेवारत रहेर
राष्ट्रको सुरक्षा आम नागरिकको सेवा र सांगठनिक विकासमा पु¥याउनु भएको
योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहँुदै उहाँहरुको आगामी जीवन सुखमय
रहोस् भनि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. र सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको सम्मानमा सशस्त्र प्रहरी बल
नेपालको एक टोलीले सलामी अर्पण गरेको थियो ।
उक्त विदाई समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल
नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था
मिलाईएको थियो ।
समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुका साथै सशस्त्र
प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सकल दर्जाका सशस्त्र
प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलको फौजी परम्परा अनुसार स–सम्मान बिदाई | |
काठमाडौं,
यहि बैशाख १९ गतेदेखि सेवानिबृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी
महानिरीक्षक पुष्पराम के.सी. र सशस्त.....ReadMore |
/uploads/news/epw5xvAShLsCWbXtDOvM+g==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट ‘सशस्त्र प्रहरी बल, नेपालको संग्रालय’ समुद्घाटनकाठमाडौं,
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा हालै
स्थापना गरिएको ‘सशस्त्र प्रहरी बल, नेपालको संग्रालय’को बैशाख १८ गते
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन
गर्नुभएको छ ।
उहाँले द्वन्दकालिन अवस्थामा स्थापना भएको सशस्त्र प्रहरी बलले तत्कालिन
अवस्थामा राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा सुरक्षामा पुर्याएको
योगदान तथा विगतमा संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय
कृष्णमोहन श्रेष्ठ लगायत ३ सय २० जना अमर सशस्त्र प्रहरीहरुले प्रदर्शन
गर्नुुभएको बहादुरीको गाथा तथा सो सम्बन्धि विभिन्न अभिलेखहरु जीवन्त
तुल्याउन यस संग्रालय स्थापना गरिएको उल्लेख गर्नुभयो ।
उहाँले उक्त संग्रालय स्थापनामा महत्वपूर्ण योगदान पु¥याउनुहुने विभिन्न
महानुभावहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो ।
स्थापनाको छोटो समयमै राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा स्थापित
सशस्त्र प्रहरी बल नेपालबारे आगामी पीडिहरुले उक्त संग्रालय मार्फत
सशस्त्र प्रहरी बल नेपालको बहादुरीको ईतिहास लगायत विविध पक्षहरुबारे
जानकारी हासिल गर्ने विश्वास लिइएको छ ।
उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल, नेपालको
संचार मार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण ईकाइहरुमा हेर्ने र
सुन्ने व्यवस्था मिलाईएको थियो ।
समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरुका साथै सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु अर्याल तथा सशस्त्र
प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल, नेपालका
बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट ‘सशस्त्र प्रहरी बल, नेपालको संग्रालय’ समुद्घाटन | |
काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा हालै
स्थापना गरिएको ‘सशस्त्र प्रहरी बल, .....ReadMore |
/uploads/news/YNY2FrlTznDnlCTcOEbZsg==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदानकाठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १५ गते आयोजित एक समारोहकाबीच
सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती
हुनुभएका ७२ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान
गर्नुभयो ।
त्यसअवसरमा महानिरीक्षक के.सी.ले पदोन्नती हुनुभएका सशस्त्र प्रहरी नायव
उपरीक्षकहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै
संगठनमा रहेर उहाँहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको
मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताउनुभयो ।
उहाँले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढि क्रियाशिल भई
कार्यसम्पादनमा जुट्न निर्देशन दिनुहँुदै कमाण्डर तहका अधिकृतहरुले
मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहि मार्गनिर्देशन दिदै
कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।
महानिरीक्षक के.सी.ले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा
रहेको चर्चा गर्नुहुँदै जिम्मेवारीका क्षेत्रहरुमा परिचालन हुँदा अझै बढि
अनुशासित, लगनशिल र ईमान्दारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा
सुरक्षामा कटिबद्ध भई क्रियाशिल रहन निर्देशन दिनुभयो ।
नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको बैशाख १५ गतेको निर्णयले सशस्त्र
प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा
उप–समूहका १० जना, साधारण समूह कानून उप–समूहका २ जना र प्राविधिक समूह
स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायव
उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु
अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती
रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान | |
काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भ.....ReadMore |
/uploads/news/JhYC4k5wvSl4jDb2dcbOPw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट नेपाल एपीएफ कोभिड–१९ यूनिफाईड अस्पताललाई सहयोग पुर्याउनुहुने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदानकाठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले नेपाल एपीएफ अस्पताललाई
नेपाल सरकारले कोभिड–१९ यूनिफाईड अस्पताल घोषणा गरेपश्चात अस्पताल
संचालनको लागि योगदान पु¥याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई
प्रशंसापत्र प्रदान गनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले नेपाल एपीएफ अस्पतालमा बैशाख १५
गते आयोजित एक कार्यक्रमका वीच कोभिड–१९ महामारीको बेला नेपाल एपीएफ
अस्पताल व्यवस्थापन तथा संचालनमा सहयोग पुर्याउने सुरक्षा निकाय तथा
सरकारी अस्पतालका गरी २१ जना महानुभावहरुलाई उहाँहरुको योगदानको उच्च कदर
गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको हो ।
त्यसअवसरमा उहाँले कोभिड–१९ महामारीको बेला आई परेका विभिन्न
चुनौतिहरुलाई सामना गर्दै आफ्नो र परिवारको स्वास्थ्यलाई समेत प्रवाह
नगरी संक्रमित बिरामीहरुको सेवा र सुरक्षामा निःस्वार्थ रुपले लगनशिल र
निडर भई अहोरात्र बिरामीको सेवामा खटिनुभएका स्वास्थ्यकर्मीहरुको
योगदानको मुक्तकण्ठले प्रशंसा गनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले त्यसअवसरमा महामारीको बेला
उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नेपाल एपीएफ अस्पतालका चिकित्सक तथा
स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदान तथा राष्ट्रसेवक सशस्त्र प्रहरी
कर्मचारीहरुले कोभिड–१९ महामारी नियन्त्रणमा सीमा नाका तथा
क्वारेन्टाईनहरुमा खटिई पुर्याएको योगदानप्रति हार्दिक आभार प्रकट
गर्नुहुँदै भबिष्यमा समेत यस्तै उदाहरणीय कार्यसम्पादनमा क्रियाशिल रहने
बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र
राजु अर्याल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, विभिन्न
सुरक्षा निकाय तथा सरकारी अस्पतालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको
थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट नेपाल एपीएफ कोभिड–१९ यूनिफाईड अस्पताललाई सहयोग पुर्याउनुहुने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान | |
काठमाडौ,
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले नेपाल एपीएफ अस्पताललाई
नेपाल सरकारले कोभिड–१९ यूनिफाई.....ReadMore |
/uploads/news/89crhmYZuwqAz51Zb9mPIw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदानकाठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षक पदमा पदोन्नती हुनुभएका राजु अर्याललाई बैशाख १४ गते सशस्त्र
प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष
समारोहका बीच उल्लेखित दर्जाको दर्ज्यानीचिन्ह प्रदान गर्नुभयो ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही बैशाख १३ गतेको निर्णयले उहाँ सशस्त्र
प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा
पदोन्नती हुनुभएको हो ।
महानिरीक्षक के.सी.ले समारोहमा सम्बोधनको क्रममा पदोन्नती हुनु भएका
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई हार्दिक बधाई दिनुहुँदै
उहाँले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा सृजनशिल, चेतनशिल
रहँदै सकारात्मक सोचकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा
सांगठनिक बिकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले
पदोन्नती प्रदान गरेको उल्लेख गर्नुहुँदै उहाँलाई कार्य सफलताको समेत
शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा
गर्नुहुँदै नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुले निःस्वार्थ
भावनाकासाथ फौजी संकार र पद्धतीको पालना गर्दै नीति नियम, कार्यविधिलाई
जीवन्त बनाउँदै मातहतका कर्मचारीहरुलाई प्रेरणा मिल्ने गरी उदाहरणीय,
भरपर्दो, रहर लाग्दो कार्य पद्धती अपनाई कार्यसम्पादनमा क्रियाशिल रहनु
पर्नेमा जोड दिनुहुँदै शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट
नियन्त्रण, विपद् उद्वार लगायतका सांगठनिक जिम्मेवारीहरुमा खरो रुपमा
उत्रन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत निर्देशन दिनुभयो
।
सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती
के.सी.ले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती अनिता अर्याललाई
फुलमालाकासाथ हार्दिक बधाई दिनुहुँदै सो संघमा स्वागत गर्नुभएको हो ।
वि.सं. २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट
सेवा प्रवेश गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल
२०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर हुनुभएको थियो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत
सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार
महिला संघका पदाधिकारीहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको
उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षक पदमा पदोन्नती हु.....ReadMore |
/uploads/news/s++aF3fyEG901mhgxLjlcw==.jpg
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट एफपीयू मिशन टोलीको स्वागतकाठमाडौं,
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन
इन साउथ सुडान (जुवा) मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक
आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको टोलीलाई बैशाख १४ गते
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल
नेपाल नम्बर २० गण विपद उद्वार उपत्यका सिनामंगलमा आयोजित एक समारोह बीच
हार्दिक स्वागत गर्नुभयो ।
त्यसअवसरमा उहाँले द्वन्दग्रस्त मुलुकमा खटिएर विश्व शान्ति स्थापना
गर्ने जस्तो विशेष जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी स्वदेश
र्फिर्कएकोमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै
मिसनमा कार्यरत रहँदा उहाँहरुले आर्जन गरेको ज्ञान, कला र सिपलाई
स्वदेशमा समेत उपयोग गर्नुपर्नेमा जोड दिनुुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले संगठनमा आवद्ध रही
संयुक्त राष्ट्रसंघीय मिशनमा सेवा गर्न पाउनु विशेष अवसरको रुपमा रहेको
चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरु हरहमेसा राज्यप्रदत्त
जिम्मेवारीका क्षेत्रहरुमा फौजी अनुशासनमा रहेर सामुहिक भावनकासाथ
आ–आफ्नो जिम्मेवारी निर्वाहमा सदैव कृयाशिल रहनुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक खेमराज ठगुन्नाको कमाण्डमा स्वदेश
फर्किएको सो टोलीमा सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरु गरी
कूल १ सय ६२ जना रहेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय
काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशिराज दाहाल
लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा विल्लादार जवानहरुको
उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट एफपीयू मिशन टोलीको स्वागत | |
काठमाडौं,
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन
इन साउथ सुडान (जुवा) मा नेपाल .....ReadMore |
/uploads/news/6e81supWpkcFa0eIgwc4iA==.jpg
सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक बीच तलबी बचत खाता तथा सरल कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र
प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा
कर्जा लगायतका विविध बैंकीङ्ग सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य तथा सो
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र
प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १४ गते आयोजित
एक समारोहका वीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको
तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा
हस्ताक्षर गर्नुभएको हो ।
त्यसअवसरमा महानिरीक्षक के.सी.ले संगठनले विभिन्न कल्याणकारी योजनाहरु
मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु
प्रदान गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सरकारी स्वामित्वमा रहेको
राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी
कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा
सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताउनुभयो ।
उहाँले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिने सेवा
तथा सुविधा वितरणमा उक्त बैंकले पु¥याउने सहयोगप्रती हार्दिक आभार प्रकट
गर्नुहुँदै सो सुविधाले सकल दर्जाका कर्मचारीहरुको हौसला अभिबृद्धि भई
राज्यप्रदत्त जिम्मेवारीहरुमा अझ कटिबद्ध भई क्रियाशिल रहन उर्जा प्रदान
गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को अध्यक्षतामा यही बैशाख १३
गते बसेको परामर्श समितिको बैठकले सकल दर्जाका सशस्त्र प्रहरी
कर्मचारीहरुलाई सहुलियतमा कर्जा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय
वाणिज्य बैंकसँग पारस्परिक सम्झौता गर्ने निर्णय गर्नुकासाथै सशस्त्र
प्रहरी कर्मचारीहरुलाई आवश्यकतानुसार मनोवैज्ञानिक परामर्श सेवा प्रदान
गर्नको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मनौवैज्ञानिक
परामर्श सेलको स्थापना गर्ने तथा आगामी दिनमा राष्ट्रिय सशस्त्र प्रहरी
बल प्रशिक्षण प्रतिष्ठान, वाहिनी मुख्यालयहरु, नेपाल एपीएफ अस्पताल,
तालिम शिक्षालयहरु र नेपाल एपीएफ स्कूलहरुमा समेत क्रमश सो सेल विस्तार
गर्ने निर्णय भएको हो । कार्यक्रममा सो बैंकका कार्यकारी अधिकृत किरण
कुमार श्रेष्ठले बैंकको विविध पक्षबारे जानकारी गराउनुहुँदै सशस्त्र
प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको
उल्लेख गर्नुहुँदै सो बैंक करीव ५५ वर्षदेखि नागरिकको सेवामा समर्पित
रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलव भत्ता
तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी
गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौता सँगै सशस्त्र
प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम १५ लाख सम्मको ऋण
सुविधा पाउनुकासाथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत
पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने
छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो बैंकका
बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक बीच तलबी बचत खाता तथा सरल कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न | |
काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र
प्रहरी कर्मचारीहरुको हित त.....ReadMore |
/uploads/news/D4dzynjzFZsee1hHt1wByw==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सशस्त्र प्रहरी निरीक्षक आधारभूततालिमको प्रथम प्रवचनकाठमाडौँ,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन
हुने सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको प्रथम प्रवचन
भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सोही प्रतिष्ठानमा बैशाख
९ गते आयोजित एक समारोहका वीच पानसमा द्विप प्रज्वलन गरीे उक्त तालिमको
उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले त्यसअवसरमा फौजी संगठनमा तालिमको
महत्वमाथि प्रकाश पार्नुहुँदै संगठनलाई राज्यबाट प्राप्त जिम्मेवारीका
क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई चुस्त र दुरुस्त कार्यसम्पादन गर्नको
लागि तालिम अपरिहार्य रहेको चर्चा गर्नुहुदै तालिमले शारिरीक र मानसिक
विकास गर्नुका साथै अधिकृत तथा जवानहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण
भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
उहाँले तालिमलाई प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले सिकाउने र सिक्ने
मौकाको रुपमा लिनुपर्ने बताउनुहुँदै प्रशिक्षार्थी अधिकृतहरुलाई अनुशासित
र लगनशिल भई तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ अग्रसर रहन
निर्देशन दिनुभयो ।
महानिरीक्षक के.सी.ले चेन अफ कमाण्ड फौजी संगठनको मेरुदण्ड भएको उल्लेख
गर्नुहुँदै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा
आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निःस्वार्थ भावनकासाथ
ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई राष्ट्रको सुरक्षा, आम
नागरिकको सेवा, सीमा सुरक्षा, लगायतका विविध जिम्मेवारीका क्षेत्रहरुमा
आ–आफ्नो तहबाट योगदान पुर्याउनुपर्ने बताउनुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.र सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई सो प्रतिष्ठानका कार्यकारी
निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले प्रतिष्ठानको
तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो ।
५६ हप्ता अवधिको उक्त आधारभूत तालिममा ५ जना महिला तथा ४३ जना पुरुष गरी
कुल ४८ जना नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।
सो समारोहमा सशस्त्र प्रहरी निरिक्षक बिकास अधिकारीले उक्त तालिम
सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत बिल्लादार
तथा जवानहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सशस्त्र प्रहरी निरीक्षक आधारभूततालिमको प्रथम प्रवचन | |
काठमाडौँ,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन
हुने सि.सं. १५ सशस्त्र प्रहरी निर.....ReadMore |
/uploads/news/3B+TUuzsVFJ+z993pgMakg==.jpg
महानिरीक्षक के.सी.बाट शान्ति स्थापनार्थ साउथ सुडानतर्फ खटिई जान लागेका एपीएफ टोलीको बिदाई काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले संयुक्त राष्ट्रसंघको
अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल
फर्म्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत सातौं डफ्फालाई बदली
गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल
नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले सशस्त्र प्रहरी बल,
नेपालको तर्फबाट शान्ति स्थापनार्थ
एफ.पी.यू मिशनमा जाने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक
बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक
भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम
कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त
गर्नुभयो ।
महानिरीक्षक के.सी.ले सो टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा
विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको
उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषा, धर्म र लिङ्ग नभनी विश्व
शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग
गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।
उहाँहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत
सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले समेत खादा ओढाई शुभकामना
सहित हार्दिक बिदाई गर्नुभएको हो ।
कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६
जना सिनियर अधिकृत, ३९ जना जुनियर अधिकृत र विल्लादार जवानहरु गरी १८०
जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १२ गते साँझ त्यसतर्फ प्रस्थान
गर्नेछन् ।
महानिरीक्षक के.सी.बाट शान्ति स्थापनार्थ साउथ सुडानतर्फ खटिई जान लागेका एपीएफ टोलीको बिदाई | |
काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले संयुक्त राष्ट्रसंघको
अनुरोधमा शान्ति स्थापनार्थ युनाइट.....ReadMore |
/uploads/news/lbrqJ2EGCzjzyLWgHDhVOQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान काठमाडौ,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख ७ गते
आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. ले
सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम
मुकायम मुकर्रर हुनुभएका ७ जना बरिष्ठ अधिकृतहरुलाई उल्लेखित दर्जाको
दर्ज्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले पदोन्नती हुनुभएका
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई हार्दिक बधाई दिनुकासाथै संगठनमा
रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा ईमान्दारितापूर्वक जिम्मेवारी
निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्याएको योगदानको कदर
स्वरुप पदोन्नती प्राप्तभएको उल्लेख गर्नुहुँदै दर्जासँगै प्राप्तभएको
जिम्मेवारी निर्वाहमा अझ बढि क्रियाशिल रहँदै कार्यसम्पादनमा जुट्न
निर्देशन दिनुभयो ।
उहाँले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा
गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत फौजी
अनुशासनमा राख्दै उच्च मनोबल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै
राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायत राज्यप्रदत्त
विविध जिम्मेवारीका कृयाशिल भई नतिजामूलक कार्यसम्पादनमा जुट्न निर्देशन
दिनुुभयो ।
नेपाल सरकार माननीय गृहमन्त्री स्तरको बैशाख ६ गतेको निर्णयले सशस्त्र
प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा.
सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा
ईन्जिनियरिङ्गतर्फ ई. प्रमोद कुमार साह त्यसैगरी सशस्त्र प्रहरी सेवा,
साधारण समूह, साधारण उपसमुहतर्फ उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का
र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समुह, कानून उपसमुहतर्फ
युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा मुकर्रर
हुनुभएको हो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत
सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान | |
काठमाडौ,
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख ७ गते
आयोजित विशेष समारोहकाबीच सशस्.....ReadMore |
/uploads/news/XqoIlJlvYeC3Y0+6eH8IiA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सातौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटनकाठमाडौं,
एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने सातौ समूहको एपीएफ कमाण्ड
तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले बुधबार
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक
समारोहका बीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
त्यसअवसरमा महानिरीक्षक के.सी.ले प्रवेश परिक्षा पास गरी उक्त कोर्षमा
छनोट भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै सफलताको शुभकामना दिनुभयो।
उहाँले सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व तथा व्यवस्थापकीय क्षमतामा
निखारपन ल्याई सांगठनिक लक्ष्य प्राप्तीका लागि सो कोर्ष भविष्यमा
कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो ।
महानिरीक्षक के.सी.ले सो कोर्षमा सहभागी सशस्त्र प्रहरी अधिकृतहरुले
कोर्ष समापन पश्चात व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक
विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुहुँदै
उदाहरणीय नेतृत्व प्रदान गरी आफ्ना सहकर्मीहरुलाई उत्प्रेरित गर्दै
सांगठनिक लक्ष्य प्राप्तीमा समेत पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा
सक्षम र सफल रहने उल्लेख गर्नुभयो ।
उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कलेजको स्थापनासँगै निरन्तर रुपले संचालन
गर्दै आईरहेको सो कोर्ष कोभिड–१९ महामारीको समयमा समेत सफलतापूर्वक
संचालन गर्नमा सहयोग पुर्याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न
विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुभयो ।
समारोहमा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजीक
शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ
कलेजले स्थापनाको छोटो समयमै निरन्तर रुपले कोर्ष संचालन गर्दै सो कोर्ष
मार्फत सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिमा
योगदान पु¥याएको चर्चा गर्नुहुँदै उक्त कोर्षको विविध पक्षबारे समेत
प्रकाश पार्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय स्तरको सो कोर्ष पश्चात राष्ट्रिय सुरक्षा तथा
ग्लोबल सुरक्षा चुनौतीहरुको सहज रुपले सामना गरी सांगठनिक बिकासमा योगदान
पुर्याउन सक्ने सक्षम अधिकृत उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त
गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय उक्त कलेजको क्षमता विकासमा हरतवरले
सहयोग पुर्याउँदै आगामी दिनमा समेत सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य
गर्दै अघि बढ्ने बताउनुभयो ।
एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति,
द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास,
चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति
तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा,
विकास र शान्ति लगायतका विविध विषयहरुबारे प्रशिक्षण गर्दै आईरहेको छ ।
सो कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा
सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ ।
प्रवेश परिक्षा एक सेमेष्टर रहेको तथा बाँकी तीन सेमेष्टर सो कलेजमा
संचालन हुने उक्त सातौं समूहको कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक १ जना
तथा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना सहभागी हुनेछन् ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, त्रिभुवन
विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ
कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका समादेशक लगायत सशस्त्र प्रहरी
बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सातौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन | |
काठमाडौं,
एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने सातौ समूहको एपीएफ कमाण्ड
तथा स्टाफ कोर्षको सशस्त्र प्रहर.....ReadMore |
/uploads/news/IHIrHymKnM7U0SKOt26bcQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट अनुगमन तथा मूल्याङ्कन ईकाइको समुद्घाटनकाठमाडौं,
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै
स्थापना गरिएको अनुगमन तथा मूल्याङ्कन ईकाइको बैशाख ६ गते सशस्त्र प्रहरी
महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गर्नुभयो ।
उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले केन्द्र देखि तल्लो
तह सम्मका ईकाहरुबाट सम्पादित सांगठनिक कामकारवाहीहरुको नियमित रुपमा
अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यकासाथ सो ईकाइ स्थापना
गरिएको उल्लेख गर्नुहुँदै अनुगमनको क्रममा देखिएका सुधारका पक्षहरुमा
तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमीत कार्यहरुको समयमै अध्यावधिक
गर्न समेत सहयोग पुग्ने बताउनुभयो ।
उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्न सकल
दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भएर लाग्न निर्देशन
दिनुुहुँदै सशस्त्र प्रहरी बल, नेपालको सम्पूर्ण ईकाइहरुमा कार्यरत
कमाण्डर तथा सकल दर्जाले आ–आफ्नो पदीय दायित्व र जिम्मेवारी अनुसार
सम्पादन गरेको काम कारवाहीको नियमित अनुगमन तथा मूल्याङ्कन हुने र सोही
मूल्याङ्कनलाई समेत वार्षिक युनिट निरीक्षणको मूल्यांकन तथा आर्थिक
वर्षको अन्तिममा गरिने मूल्याङ्कनमा जोडिने हुँदा सरुवा बढुवा लगायतका
वृत्ति विकासमा कर्मचारी स्वयमले सम्पादन गर्ने काम कारवाही निर्णायक
हुने प्रणाली विकासमा आफूले जग बसाउन खोजेको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सशस्त्र प्रहरी बल, नेपाल प्रधान
कार्यालयमा स्थापना गरिएको उक्त ईकाइले आजैबाट आफ्नो कार्य सुरु गरेको हो
। सशस्त्र प्रहरी बल, नेपालका दुई–दुई वटा बाहिनीहरुको अनुगमन तथा
मुल्यांकनका लागि सो ईकाइमा चार वटा डेस्क स्थापना गरिएको छ ।
उक्त ईकाइ सशस्त्र प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा रहने हुँदा
स्पष्ट ढङ्गले चुस्त कार्यान्वयन गर्न सक्ने, सबै खालका कामकारवाहीको
नियमित अनुगमन हुने, सबै तहका कमाण्डरहरु हमेसा सतर्क रहने, फिल्डमा भएको
काम कारवाही सोझै महानिरीक्षकमा जानकारी हुँदा समयको बचत एवं निर्देशनमा
स्पष्टता हुने, माथिल्लो निकायको प्रत्यक्ष सुपर भिजनले तल्लो तहमा बसेर
काम गर्ने कमाण्डर तथा जवानहरुलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा
स्पष्ट र प्रभावकारीता आउने, कामप्रति उत्तरदायी हुने बानीको विकास हुने,
दैनिक पिटी–परेड, लेक्चर, रोलकल लगायतका फौजी क्रियाकलापहरुको
निरन्तरताले शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुको साथै
कार्यसम्पादनमा प्रभावकारीता आई संगठनको उद्देश्य प्राप्तीमा योगदान
पुग्ने विश्वास गरिएको छ ।
उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल, नेपालको
संचार मार्फत सम्पूर्ण ईकाइहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो
।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत
सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट अनुगमन तथा मूल्याङ्कन ईकाइको समुद्घाटन | |
काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै
स्थापना गरिएको अनुगमन तथा मूल्याङ्.....ReadMore |
/uploads/news/mHME1Rb5QtMlnmUlxwY1og==.jpg
सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काकाठमाडौं,
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव
महानिरीक्षक बिदुर खड्कालाई दिईएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्कालाई मोबाईल नम्बर ९८५१२७२००७ र
ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने छ ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका
समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न
सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उहाँलाई दिइएको छ ।
सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का | |
काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव
महानिरीक्षक बिदुर खड्कालाई द.....ReadMore |
/uploads/news/ZB3F+Ju59QHoDfruNlTGLg==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको फौजी परम्परा अनुसार स–समान बिदाईकाठमाडौं,
सेवानिबृत्त भई जान लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र
खनाललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा चैत्र २८
गते आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फुलमालाका साथ मायाको
चिनो प्रदान गर्नुहुँदै हार्दिक बिदाई गर्नुभएको हो ।
यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल
खनाललाई सो संघकी उपाध्यक्ष श्रीमती ज्योती के.सी.ले फुलमालासहित हार्दिक
बिदाई गर्नुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी
अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.लाई संगठनको सम्पूर्ण जिम्मेवारी
बर–बुझारथ गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसैअवसरमा सांगठानिक
बिकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेललाई प्रशंसापत्र तथा
मायाको चिनो प्रदान गर्नुभयोे ।
सम्बोधनको क्रममा महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको
क्रममा आफ्नो प्राणको समेत आहुती दिनुहुने संगठनका संस्थापक सशस्त्र
प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर
सशस्त्र प्रहरीहरुको योगदानको स्मरण गर्नुहुँदै कर्तव्य पालनाको
सिलसिलामा घाईते भई अंगभंग भएका राष्ट्रसेवकहरुको समेत सिघ्र स्वास्थ्य
लाभको कामना गर्नुभयो ।
उहाँले संगठन आजको यस स्थानमा आई पुग्नुमा संगठनका पूर्वज नेतृत्व,
अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको स्मरण
गर्नुहँुदै सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी
कर्मचारीहरुले आ–आफ्नो नियुक्तिका क्षेत्रहरुमा खटिई प्रदर्शन गरेको
कार्यक्षमता, कर्तव्य परायणता तथा राष्ट्र र नागरिकको सेवा, सुरक्षा,
उद्वारमा देखाएको पेशागत क्षमताको समेत मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै
सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको योगदानले सांगठानिक
बिकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरु उत्तरी सीमानाको हिमाली
क्षेत्रको कठ्याङ्ग्रीने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड
गर्मी रहेका ठाउँहरुमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिई आम
नागरिकको सुरक्षा, सीमा अपराध नियन्त्रण, आपद् विपत् पीडित नागरिकको
उद्वार तथा चोरीनिकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको उच्च
व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण
तथा संक्रमितको उपचारमा नेपाल एपीएफ अस्पताल मार्फत प्रदर्शन गरेको सेवा
तथा समर्पणभावको समेत नेपाल सरकार तथा विभिन्न निकायबाट प्रशंसा भईरहेको
उल्लेख गर्नुभयो ।
समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
पुष्पराम के.सी.ले सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल
सफलतापूर्वक सम्पन्न गरी स–सम्मान विदाई हुनु भएकोमा हार्दिक बधाई
दिनुहुँदै उहाँको अवकाशपछिको जीवन सुखमय वितोस भन्ने सुभेच्छा समेत
व्यक्त गर्नुभयो ।
उक्त विदाई समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल
नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था
मिलाईएको थियो ।
समारोहमा नेपाल सरकार गृहमन्त्रालयका सहसचिव टेकबहादुर के.सी. लगायत
सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला
संघका पदाधिकारीहरु र सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती
रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको फौजी परम्परा अनुसार स–समान बिदाई | |
काठमाडौं,
सेवानिबृत्त भई जान लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र
खनाललाई फौजी परम्परा अनुसार स.....ReadMore |
/uploads/news/B6RSmOoRV81IJekkk9EdPA==.jpg
नेपाली सेनाद्धारा सशस्त्र प्रहरी बल, नेपाललाई हतियार हस्तान्तरणकाठमाडौं,
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७८ चैत्र २४ गतेको निर्णयानुसार
नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार ६ सय नाल हतियार
हस्तान्तरण गर्ने भएको छ ।
जंगी अड्डामा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी
प्रभूराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल
ईन्सास राईफल ९ हजार तथा लाईट सपोट वेपन (एल.एस.डब्ल.) १६ सय नाल गरी
जम्मा १० हजार ६ सय नाल हतियार मध्ये आईतबार पहिलो चरणमा ईन्सास ५ सय तथा
लाईट सपोट वेपन ९० नाल हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्नुहँुदै उपरथी असोकराज सिग्देल
क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र
प्रहरी बल, नेपालको क्षमता अभिबृद्धिमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त
गर्नुभयो ।
कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण
व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी
बल, नेपालको तर्फबाट का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद
तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त हतियार रक्षा सचिब किरणराज शर्मा तथा गृह सचिब टेकनारायण पाण्डेको
उपस्थितिमा हस्तान्तरण भएको हो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी
बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा तथा सशस्त्र प्रहरी
अतिरीक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत नेपाली
सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो
।
नेपाली सेनाद्धारा सशस्त्र प्रहरी बल, नेपाललाई हतियार हस्तान्तरण | |
काठमाडौं,
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७८ चैत्र २४ गतेको निर्णयानुसार
नेपाली सेनाले सशस्त्र प्रहरी ब.....ReadMore |
/uploads/news/yffbfXjOiAPufoRXMySc6Q==.jpg
सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्नकाठमाडौं,
चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष
कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा चैत्र २६ गते सशस्त्र प्रहरी बल
नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ ।
बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र
प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा
पञ्जाछाप लगाउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गर्नुभएको सो पुजा कार्यक्रममा
सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो ।
सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी
बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा
व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी
तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालले चैतेदशैंको अवसरमा परम्परागत रुपमा हरेक वर्ष
निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ ।
त्यसअबसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र
रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा
जवानहरुको उपस्थित रहेको थियो ।
सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न | |
काठमाडौं,
चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष
कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूम.....ReadMore |
/uploads/news/no-image-new.jpg
करोडौ मुल्य बराबरको सामान सशस्त्र प्रहरीद्वारा बरामद काठमाडौं,
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १४ स्थित गण्डक ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीव ९४ लाख ५३ हजार रुपैयाँ
बराबरको औषधीजन्य सामाग्री र किराना सामान बरामद गरेको छ ।
बिरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ख ९५४३ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको सो ट्रक समेत बरामद गरिएको छ ।
बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
उक्त ट्रकको भन्सार दाखिला मुल्य २५ लाख रुपैयाँ रहेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र
प्रहरीले चैत्र २२ गते प्रज्ञापन पत्र नभएको करीव ५१ लाख ९२ हजार रुपैयाँ
बराबरको लत्ताकपडा बरामद गरेको छ ।
बिरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ९४२ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज
महानगरपालिका १४ स्थित गण्डक ईलाकाबाट बरामद गरेको हो । त्यसेवेला उक्त ट्रक समेत बरामद गरिएको छ ।
बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
उक्त ट्रकको भन्सार दाखिला मुल्य २५ लाख रुपैयाँ रहेको छ ।
करोडौ मुल्य बराबरको सामान सशस्त्र प्रहरीद्वारा बरामद | |
काठमाडौं,
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १४ स्थित गण्डक ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले प्रज्ञाप.....ReadMore |
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित एक जना पक्राउ धनुषा,
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले ४९ बोतल डाईलेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको कमला नगरपालिका ५ बस्ने २३ बर्षिय पंकज
गुरमौता छन् ।
ज ९ प ७७६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरमौतालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी खजुरीबाट खटिएको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
त्यसवेला सो मोटरसाईलसमेत बरामद गरिएको छ ।
पक्राउ परेको गुरमौतालाई बराद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
लागूऔषधसहित एक जना पक्राउ | |
धनुषा,
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले ४९ बोतल डाईले.....ReadMore |
/uploads/news/ez4Fg5+IFnXCmNvyWHCqyA==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव
उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र सशस्त्र प्रहरी निरीक्षकबाट
सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा अवकाश पूर्व बिशेष बढुवा हुनुभएका ११
जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रदान कार्यालय हलचोक
स्वयम्भूमा चैत्र २२ गते आयोजित एक समारोहमा उल्लेखित पदको दज्र्यानी
चिन्ह प्रदान गर्नुभयो ।
समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले
पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै
उहाँहरुले आफ्नो जीवनको स्वर्णिम समय राष्ट्र र नागरिकको सेवा, सुरक्षामा
व्यतित गरी सांगठानिक बिकासमा पु¥याएको योगदान प्रति हार्दिक आभार प्रकट
गर्नुहँुदै उहाँहरुको कार्यसम्पादनको क्रममा प्रदर्शन गरेको
कार्यदक्षताको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताउनुभयो ।
उहाँले संगठनमा नियुक्ति तथा अवकाश निरन्तर चलिरहने एउटा प्रक्रिया रहेको
उल्लेख गर्नुहुँदै बढुवा हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुुहुँदै
अवकाश पश्चात समेत उहाँहरुले आ–आफ्नो ठाउँबाट संगठनको श्रीबृद्धिका लागि
बिभिन्न सहयोग, सुझाब तथा सल्लाह निरन्तर रुपमा प्रदान गरिरहने विश्वास
व्यक्त गर्नुभयो ।
महानिरीक्षक खनालले उहाँहरुको अवकाश पछ