सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
खैरो हेरोईनसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ |
झापा, झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ६ स्थित सतार बस्तीबाट साउन ९ गते सशस्त्र प्रहरीले करीव १२ ग्राम ९ मिलिग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको गौरादह नगरपालिका ८ जुरेपानी बस्ने ३१ वर्षिय धनीलाल चौधरी र म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका ३ बस्ने २५ वर्षिय सनम मल्ल छन् । मे १ प ६१७६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरीगञ्जबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोईन तथा मोटरसाईसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |