सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल तथा लागूऔषधसहित पक्राउ |
मोरङ्ग, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असार ३० गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्ताल तथा २ सय ९२ वटा एभिल र २ सय ९५ वटा लुपिजेसिक नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जोगवनी ग्रामपञ्चायत घर बताउने ४१ वर्षिय पप्पुकुमार पटेल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका पटेललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल तथा लागूऔषध फेला परेको हो । पक्राउ परेका पटेललाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |