सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
वर्षाको कारण जोखिममा परेका १३ घरपरिवारको सामान सशस्त्र प्रहरीद्वारा सुरक्षित स्थानान्तरण |
पर्सा, पर्सा जिल्लाको जिराभवानी गाउँपालिका १ स्थित पिपरा गाउँमा अविरल वर्षाको कारण जोखिममा परेका १३ घरपरिवारको सामान सशस्त्र प्रहरीले असार १६ गते सुरक्षित स्थानमा सारेकोे छ । सो ठाउँमा रहेका घरपरिवार जोखिममा रहेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट महादेवपट्टिबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारको विभिन्न सामान सोही ठाउँमा रहेको प्राथमिक विद्यालय भवानीपुर र बनशक्ति प्राथमिक विद्यालयको भवनमा सारेको हो । |