सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
काठ बरामद |
काठमाडौं, कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ७ गेरुवा जोतस्थित सगुनधारीबाट असार २ गते सशस्त्र प्रहरीले करीव २ लाख २९ हजार रुपैयाँ बराबरको करीव ६५ क्यूफिट सिसौको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरापुरमा बुझाईको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले असार २ गते करीव १ लाख ४१ हजार रुपैयाँ बराबरको करीव ८१ क्यूफिट सालको चिरान काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ११ स्थित छोटी दोभानबाट बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय लक्ष्मीनियामा बुझाईएको छ । |