सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
लागूऔषधसहित पक्राउ |
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित राजबेरी ईलाकाबाट जेठ ११ गते सशस्त्र प्रहरीले १ सय २० बोतल वानरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बरहथवा नगरपालिका ५ बस्ने २१ वर्षिय प्रमोद कुमार महतो छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको थियो । उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |