सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ |
सप्तरी, सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाकाबाट बैशाख ३ गते सशस्त्र प्रहरीले १२ वटा निट्राभेट ट्याब्लेट र २ बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको राजविराज नगरपालिका ६ बस्ने २३ वर्षिय सागर मेहत्ता छन् । स ८ प ९४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेहत्तालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि उनलाई सो मोटरसाईकलसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |