सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद |
बारा, बारा जिल्लाको कोल्हबी नगरपालिका १० अमुवास्थित सीमा ईलाकाबाट बैशाख १९ गते एपीएफ टोलीले करीव २ लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ०५ एच २७८८ र बीआर २२ एन ७२३९ नम्बरको भारतीय मोटरसाईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हबीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ । |