Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सम्माननीय प्रधानमन्त्री ओली सशस्त्र प्रहरी दिवस विशेष समारोहमा सरिक

काठमाडौं, 
    सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली ‘अठारौं सशस्त्र प्रहरी दिवस २०७५’ विशेष समारोहमा सरिक हुनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ १५ गते आयोजित सशस्त्र प्रहरी दिवस विशेष समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री ओलीले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुकासाथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।     
    उक्त विशेष समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत विशिष्ट अतिथि महानुभावहरुले समेत हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
    सो विशेष समारोहमा कर्तव्यको बलिबेदिमा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीको सम्मानमा शोक सलामी अर्पण गर्नुकासाथै एक मिनेट मौनधारणा समेत गरिएको थियो ।
    सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल बाहिनी मुख्यालय रुपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो ।   
    सम्माननीय प्रधानमन्त्री ओलीले सोही विशेष समारोहमा संगठनमा लामो समय सेवा गरी स–सम्मान अवकाश ग्रहण गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्नुभयो । 
    समारोहलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो समयमा नै प्रदर्शन गरेको देश भक्ति, कर्तव्य परायणता र क्षमताले संगठनको स्थापनाको औचित्य पुष्टि गरिसकेको चर्चा गर्नुहुँदै संगठनलाई आजको यस अवस्थामा ल्याईपु¥याउन सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको असाधारण मेहनत, परिश्रम र बीरता प्रदर्शनको उल्लेखनिय भूमिका रहेको बताउनुभयो । 
उहाँले राष्ट्र र नागरिकको सेवा र सुरक्षाका खातिर आफ्नो प्राण समेत आहुती दिनुहुने सम्पूर्ण बीरगती प्राप्त अमर सशस्त्र प्रहरीप्रति सम्मान व्यक्त गर्नुहुँदै नेपाल सरकारले विगतमा द्वन्द्वको अवस्थामा बीरगति प्राप्त गर्नुभएकाहरुको सम्मान स्वरुप चारवटै सुरक्षा निकायका बीरगति प्राप्त राष्ट्रसेवकहरुलाई  सहिद घोषणा गरिएको बताउनुभयो । 
सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल, नेपाल देशका सबै ७७ वटै जिल्लाहरुमा रहेर शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने आफ्नो भूमिकामा कृयाशिल र सफल रहेको उल्लेख गर्नुहुँदै नेपाल सरकार भ्रष्टाचारमुक्त समृद्ध नेपालको सपना साकार पार्न निरन्तर लागिरहेको बताउनुभयो ।     
    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यअवसरमा संगठनमा आवद्ध रहेर देश सेवा गर्दागर्दै  विभिन्न परिस्थितीमा बीरगति प्राप्त गर्नुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत सबै दिवंगत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै कर्तव्यपथमा रहदा घाइते तथा अंगभंग भएका सुरक्षाकर्मीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । 
उहाँले सशस्त्र प्रहरी बल नेपाल आम नेपाली जनताको भरोसायुक्त संगठनको रुपमा आफुलाई उभ्याउन सफल रहेको चर्चा गर्नुहुँदै यस संगठनले आजको अवस्थामा राष्ट्रिय सुरक्षाकोसाथै संयुक्त राष्ट्र संघीय शान्ति सुरक्षामा समेत खटिई उत्कृष्ट कार्य गर्न सफल रहेको बताउनुभयो । 
गृहमन्त्री थापाले संघीयताको कार्यान्वयनसँगै देश नयाँ सिराबाट अगाडी बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल, नेपालको काँधमा विशेष जिम्मेवारी रहेकोले चलायमान सुरक्षा निकायको रुपमा अहम भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी समेत रहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल, नेपाललाई समयानुकुल पुनःसंरचना गरी कार्यान्वयमा समेत ल्याइसकिएको चर्चा गर्नुहुँदै राष्ट्रको सीमा सुरक्षा, विपद व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, औद्योगिक सुरक्षाकोसाथै राजस्व संकलन लगायतका कार्यहरुमा संगठनले उल्लेखनिय योगदान पु¥याउँदै आएकोे बताउनुभयो ।

    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त विशेष समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालले राष्ट्र, राष्ट्रियता र जनताका खातिर सदैव उच्च सतर्कताकासाथ जिम्मेवारी निर्वाह एवं उत्तरदायित्व वहन गरी प्रभावकारी ढंगले सुरक्षा व्यवस्था मिलाउन उत्प्रेरीत रहेको तथा संगठनले कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले संगठनलाई महत्वपूर्ण सुरक्षा संयन्त्रको रुपमा स्थापित गर्ने सिलसिलामा बीरगति प्राप्त गर्नुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरी प्रति श्रद्धा सुमन अर्पण गर्दै कर्तव्य पालनाको क्रममा घाइते भएका राष्ट्रसेवकहरुको स्वास्थ्य लाभको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको अभिभावकत्व तथा देश र देशवासी प्रतिको कर्तव्य, जिम्मेवारी, चिन्ता र चिन्तनले गर्दा संगठनले आफ्नो सेवा र सुरक्षाको क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्षम भएको चर्चा गर्नुहँुदै ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि आवश्यक सामाजिक सद्भाव बनाई राख्न र सुशासन कायम गर्न सबै सुरक्षा निकाय तथा सरोकालवाला निकायहरुसंग सहकार्य गर्दै अगाडी बढ्न सशस्त्र प्रहरी बल, नेपाल प्रतिवद्ध रहेको उल्लेख गर्दै राष्ट्रसेवकहरुले आफ्ना स्वार्थलाई थाती राखेर देश र जनताका लागि के दिन सकिन्छ भन्नेतर्फ केन्द्रित भई जिम्मेवारी निर्वाहमा तल्लीन रहनु पर्ने बताउनुभयो । 
उहाँले देश र जनतालाई शीरमा राखेर तन, मन र वचनकासाथ प्रतिवद्ध रही कार्यक्षेत्रमा परिचालित रहनु पर्ने बताउनुुहुँदै यसबाट सुरक्षा क्षेत्रमा चालिएका प्रयासहरु सार्थक हुने उल्लेख गर्नुभयो । 

वर्षजवान घोषणा, उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी पुरस्कृत तथा सन्ततीलाई छात्रवृत्ति प्रदान:
    उक्त विशेष समारोह पश्चात सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा आजै आयोजित कार्यक्रममा उहाँले विभिन्न समयमा स–सम्मान अवकाशग्रहण गर्नुभएका सशस्त्र प्रहरी अधिकृतहरुलाई प्रशंसापत्र प्रदान गरि स–सम्मान विदाई गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले सोही अवसरमा अमर सशस्त्र प्रहरीका १ सय १ जना सन्ततीलाई जनही २४ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्नुभयो । यसैगरी गत सालको एसईई परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने सशस्त्र प्रहरी बल, नेपालका अवकाश प्राप्त, बीरगति प्राप्त तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारीका १० जना सन्ततीलाई  त्यसैअवसरमा नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । 
    उहाँले यस वर्ष ‘वर्ष जवान २०७५’ हुन सफल सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार शिरबहादुर थापालाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुकासाथै नगद १० हजार रुपैयाँ प्रदान गर्नुभयो । यसरी घोषित वर्ष जवानलाई युएन मिशनमा समावेश गर्नुकासाथै निजको एक जना सन्ततीलाई वार्षिक १२ हजार रुपैयाँका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिने छ । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा रहेर विभिन्न विधामा उल्लेखनिय कार्य गरेका सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै परिवारका सदस्य दिर्घरोगको उपचार गराईरहेका तीन जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई आर्थिक सहयोग स्वरुप जनही ५० हजार रुपैयाँ प्रदान गर्नुभयो । 
उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई विभिन्न क्षेत्रमा उल्लेखनिय सहयोग पु¥याउने विभिन्न क्षेत्रका महानुभावहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुकासाथै प्रशंसापत्र प्रदान गर्नुभयो । 

/uploads/news/5c504bddafb30.JPG