सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
काठमाडौं, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बैशाख ५ गते एपीएफ टोलीले करीव एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट सशस्त्र प्रहरी निरीक्षक दिल कुमार पन्तको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सर्मजुवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको एपीएफ टोलीले चैत्र ५ गते करीव एक लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बझुाईएको छ । |