सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा अवैध औषधी बरामद |
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले करीब ४ लाख १२ हजार रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले उक्त औषधी बरामद गरेको हो । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियन्स कम्पनीका औषधीहरु बरामद गरिएको हो । बरामद औषधी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । |