सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ |
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ मेउडीहवाबाट चैत्र १२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको तिलोत्तमा नगरपालिका १० बस्ने मेहबुब अलिलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । लु ६ प २१६५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा ओनरेक्स कफ सिरप २१ बोतल, नाइट्रोभेट ट्याब्लेट १ सय ५० वटा र स्मास्मो प्रोक्सिभन प्लस १ सय ७९ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज अलिलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । |