काठमाडौं,
चितवन जिल्लाको राप्ती नगरपालिका १ स्थित पूर्व–पश्चिम लोकमार्गबाट माघ १४ गते एपीएफ टोलीले करीव १ सय १० के.जी. गाँजा बरामद गरेको छ ।
ना ६ ख १३७१ नम्बरको ट्रकमा लोड गरिरहेको अवस्थमा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण गढिमाई बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला गस्तीमा रहेको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा लोड गर्ने व्यक्तिहरु भागी फरार भएका थिए ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपाटीबाट खटिएको एपीएफ टोलीले माघ १५ गते करीव ५० के.जी. गाँजा बरामद गरेको छ ।
उक्त गाँजा एपीएफ टोलीले बारा जिल्लाको पचरौता नगरपालिका २ ईनरुवाबाट बरामद गरेको हो ।
बरामद गाँजा ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाईएको छ ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा गाँजा बरामद