सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ |
सिरहा, सिरहा जिल्लाको औरही गाउँपालिका १ दरैया स्थित सीमा ईलाकाबाट पौष २६ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ बस्ने गौरव भण्डारी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियापट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ४ वटा, स्पास्मो ट्याब्लेट ५ वटा र डाईलेक्स डिसी २ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज भण्डारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी हरकट्टिमा बुझाईएको छ । |