सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा श्रोत नखुलेको सोह्र लाख रुपैयाँ सहित दुई जना पक्राउ |
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका ३ स्थित सीमा ईलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २४ बर्षिय हरी दर्शन बनिया र ४९ बर्षिय बिनोद बनिया छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरुकोे साथमा उल्लेखित रुपैयाँ फेला परेको थियो । त्यसबेला उनिहरुले उक्त रकमको श्रोत खुलाउन नसकेपछि सो रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ । |