सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
रौतहट, रौतहट जिल्लाको मौलापुर नगरपालिका ५ स्थित मौलापुरबाट कार्तिक १८ गते एपीएफ टोलीले करीब एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान र किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । |