सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद ः– |
काठमाडौं, बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ लंगडाटोलबाट साउन १ गते एपीएफ टोलीले चोरीपैठारीको किराना सामान बरामद गरेको छ भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव एक लाख ७१ हजार रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छतौनाबाट खटिएको एपीएफ टोलीले साउन २ गते करीव एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र किराना सामान एपीएफ टोलीले सर्लाही जिल्लाको बलरा नगरपालिका ९ खरुवाबाट बरामद गरेको हो । त्यसवेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान र मोटरसाईकल सोही ठाउँमा छाडी भागी फरार भएका थिए । बरामद समान तथा मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वर स्थित सीमा ईलाकाबाट साउन २ गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ज ९ प ७२७७ नम्बरको मोटरसाईकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल राजस्व तथा भन्सार सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । |