एपीएफ टोलीद्वारा पन्ध्र लाख रुपैयाँ तथा चोरीपैठारीको लत्ताकपडा बरामद
बारा,
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ अमरपुरस्थित सीमा ईलाकाबाट जेठ २४
गते एपीएफ टोलीले १५ लाख रुपैयाँ तथा करीब ३३ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको एपीएफ
टोलीले उल्लेखित रुपैयाँ तथा लत्ताकपडा बरामद गरेको हो ।
उक्त लत्ताकपडा टाउको बोकी ल्याउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई
देख्नासाथै उक्त लत्ताकपडा सोही ठाउँमा छाडि फरार भएपछि सो लत्ताकपडामा
जाँच गर्दा उल्लेखित रुपैयाँ समेत बरामद भएको थियो ।
{
/images/misc/no-image.jpg
}