सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा काठ बरामद |
पर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ भेडाखोलास्थित जंगलबाट एपीएफ टोलीले बैशाख ८ गते विहान करीब ९१ हजार रुपैयाँ बराबरको २६ क्यूफिट सालको काठ बरामद गरेको छ । सो जंगलबाट कटान गरी पाँच वटा साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक कलेशराज पुरीको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उल्लेखित साइकल समेत बरामद गरेको छ । बरामद काठ तथा साइकल सव–डिभिजन वन कार्यालय सवैयामा बुझाइएको छ । |