सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ |
धनुषा, धनुषा जिल्लाको धनौजी गाँउपालिका ३ स्थित कटैया चोकबाट बैशाख २७ गते एपीएफ टोलीले २० बोतल एक्जीप्लोन नामक लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिथिला नगरपालिका ६ बस्ने ३६ वर्षिय शेर सिंह तामाङ, ३६ वर्षिय सिताराम यादव र २८ वर्षिय श्रीप्रसाद महतो छन् । बा १३ च १२९५ नम्वरको गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहिको लागि स्थानीय प्रहरीमा बुझाएको छ । |