सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सालको गोलिया काठसहित पक्राउ |
पर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ बाट बैशाख २२ गते एपीएफ टोली र वन कार्यालयको कर्मचारीले करीव २८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ३२ वर्षिय सोनालाल पासवान छन् । सशस्त्र प्रहरीे बल नेपाल, सुरक्षा वेश वेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सवैयाको कर्मचारीले सो ठाउँबाट उल्लेखित परिमाणको काठ र एक थान साईकलसहित निज पासवानलाई पक्राउ गरेको हो । पक्राउ परेका निज पासवानलाई बरामद काठ तथा साईकल सहित सव डिभिजन वन कार्यालय सवैयामा बुझाईएको छ । |