सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा कागजपत्र विनाको कार बरामद |
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ अलौ स्थित बीरगंज पोखरीया सडक खण्डबाट माघ २३ गते एपीएफ टोलीले कागजपत्र विनाको एउटा सुजुकी कार बरामद गरेको छ । बीआर ०१ बीएच ८२४९ नम्बरको भारतीय सुजुकी कारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त कारको कागजपत्र फेला नपरेपछि बरामद गरिएको हो । बरामद कार एपीएफ टोलीले बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । उक्त कारको भन्सार दाखिला मुल्य आठ लाख रुपैयाँ रहेको छ । |