सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद |
काठमाडौं, रुपन्देही जिल्लाको रोहेणी गाउँपालिका २ स्थित मैनीहवाबाट पौष २२ गते एपीएफ टोलीले करीव ९ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोलीले पौष २३ गते करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको बैदी नगरपालिका ७ स्थित बडाबंकुलबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाएको छ । |