सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ |
मोरङ, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट पौष ८ गते एपीएफ टोलीले दुई लाख ७० हजार भारतीय रुपैयाँसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ३ बस्ने ३० वर्षिय सन्तोषकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको २ सय वटा, दुई सय दरको २ सय वटा र एक सय दरको १ हजार ३ सय वटा भारतीय नोट फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ । |