सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ |
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट एपीएफ टोलीले पौष ८ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बीरगंज महानगरपालिका १२ बस्ने ३१ वर्षिय सुरज बेलदार छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको निज बेलदारलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट डाईजोपाम १५ वटा, नोफिम १५ वटा र फेनारगन १५ वटा फेलापरे पछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज बेलदारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानिय प्रहरीमा बुझाएको छ । |