सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीनिकासीको सामानसहित पक्राउ |
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित झिलमिलेमाई बाट पौष ४ गते एपीएफ टोलीले करीब एक लाख ३० हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतमा घर बताउने ४९ वर्षीय बिरेन्द्र कुमार छन् । नेपालबाट भारततर्फ जाँदै गरेका निज कुमारलाई सशस्त्र प्रहरी बल, नेपाल जिल्ला सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले क्षयरोगको खकार टेष्ट किट १२०० वटा तथा केमिकल ड्रम ४० वटा अवैध रुपले लैजाँदै गरेको भेटिएपछि पक्राउ गरिएको हो । |