सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
गोली लोड रहेको अवैध पेस्तोल एपीएफ टोलीद्वारा बरामद |
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित लच्का भन्ने स्थानबाट एपीएफ टोलीले मंसीर २० गते पाँच राउण्ड गोली लोड अवस्थामा रहेको एउटा पेस्तोल बरामद गरेको छ । सोही स्थानमा रहेको भिट्टामोड जलेश्वर सडकखण्डको रातु खोलाको पुलको पूर्वतर्फ खरघारीबाट ७.६५ एमएम लेखेको उक्त पेस्तोल तथा सोको पाँच राउण्ड गोली र एक थान म्याग्जीन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद पेस्तोल तथा गोली र म्याग्जीन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ । |