सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चौपायासहित पक्राउ |
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका १२ स्थित भुमहीबाट मंसीर ५ गते एपीएफ टोलीले करीव सात लाख २५ हजार रुपैयाँ बराबरको चौपायासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ५ बस्ने ४१ वर्षिय सुनिल भुजेल छन् । सशस्त्र प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट परासीबाट खटिएको एपीएफ टोलीले ना ५ ख १३४१ नम्वरको ट्रकमा जाँच गर्दा बिना कागजपत्र उल्लेखित मुल्य बराबरको २९ वटा गोरु ल्याउदै गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त ट्रकसमेत बरामद गरेकोे छ । एपीएफ टोलीले निज भुजेललाई बरामद गोरु तथा ट्रकसहित आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ । उक्त गोरु तथा ट्रकको भन्सार दाखिला मुल्य ३७ लाख २५ हजार रुपैयाँ रहेको छ । |