सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ |
सिराहा, सिराहा जिल्लाको सिराहा नगरपालिका ३ मखनाहाबाट मंसीर १ गते एपीएफ टोलीले ६ बोतल कोरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको सिराहा नगरपालिका १ बस्ने ३५ वर्षीय रंजित महरा छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ गण हेक्वा सिराहाबाट खटिएको एपीएफ टोलीले निज महरालाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका महरालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाईएको छ । |