सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ |
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बीरगंज महानगरपालिका ३२ चोहर्नी बस्ने २४ वर्षिय नरेश महतो छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज महतोलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम ५० वटा, नोफिन ५० वटा र फेनारगन ४७ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बीरगंजमा बुझाएको छ । |