सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चौपाया बरामद |
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १४ स्थित चौपाताबाट कार्तिक २८ गते एपीएफ टोलीले करीव दुई लाख ६२ हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३५ वटा खसी तथा बोका सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद खसी महेशपुर भन्सार कार्यलयमा बुझाएको छ । यसैगरी सोही जिल्ल्लाको बर्दघाट नगरपालिका ९ स्थित जिमिरेभारबाट कार्तिक २७ गते एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले करीव दुई लाख ४५ हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३४ वटा खसी तथा बोका सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद खसी महेशपुर भन्सार कार्यलयमा बुझाएको छ । |