सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीनिकासीको बोधीचित्त बरामद |
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट असोज ९ गते एपीएफ टोलीले करीव एक लाख १४ हजार रुपैयाँ बराबरको चोरीनिकासीको बोधीचित्त बरामद गरेको छ । नेपालबाट अवैध रुपमा चोरीनिकासी गरी भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको ५७ केजी बोधीचित्तको माला सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरको हो । एपीएफ टोलीले बरामद बोधीचित्त आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । |