Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
काठमाडौं, धनुषा जिल्लाको औरही गाँउपालिका ६ चक्करचोक तथा जनकपुर महानगरपालिका ४ क्याम्पस चोकबाट साउन २० गते एपीएफ टोलीले करीब ६ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामानहरु बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको लत्ताकपडा, रजनीगन्धा तथा पान मसला बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामानहरु ल्याउन प्रयोग भएको ४ वटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य करीब ९ लाख रुपैयाँ रहेको छ । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिरसियास्थित सीमा ईलाकाबाट साउन २० गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा ईलेक्ट्रोनिक्स सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । |