Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट एफपीयु टोलीको विदाई |
काठमाडौं, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न खटिई जान लागेको एक टोलीलाई साउन १९ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच हार्दिक विदाई गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा संगठनका राष्ट्रसेवक कर्मचारीहरु द्वन्दग्रस्त मुलुकमा शान्तिस्थापनार्थ खटिँदा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने गरी उत्कृष्ट कार्य सम्पादन गर्नेतर्फ कृयाशिल रहनुपर्ने बताउनुभयो । उहाँले त्यहाँको जनताको मर्म, धर्म र संस्कृतिमा कुनै खालको असर नपर्ने गरी व्यावसायीक एवं जिम्मेवारी पूर्वक संयुक्त राष्ट्रसंघको मर्म अनुसार कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यहाँका जनताको सेवा, सहयोग र सुरक्षाको लागि अनुशासित एवं ईमान्दार भई लाग्नुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले सो टोलीले शान्ति सुरक्षा गर्ने कार्यमा प्राप्त अनुभवलाई मिसन इलाकामा समेत सदुपयोग गर्दै सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीलाई कूशलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो सशस्त्र प्रहरी उपरीक्षक मनिष थापाको कमाण्डमा एकवर्षे कार्यकालका लागि एफपीयुको रुपमा साउथ सुडानको बोरमा खटिई जाने सो टोलीमा अधिकृत, विल्लादार तथा जवान गरी कूल १ सय ४० जना रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणबाबु थापा र रामशरण पौडेल लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो । |