Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
१२औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता संचालन हुने |
नेपाल एपीएफ क्लवको आयोजनामा चैत्र ४ देखि ९ गतेसम्म ‘‘१२ औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता, २०८०’’ संचालन हुने भएको छ । लन टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु ITF र NTA को नियम अनुसार संचालन हुने र ११ वटा इभेन्ट्सहरु समावेश गरिएको सो प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको आवेदन फारम नेपाल एपीएफ क्लव हलचोक, नेपाल टेनिस संघ सातादोवाटो, काठमाडौ जिल्ला टेनिस संघ दशरथ रंगशाला तथा सशस्त्र प्रहरी बल नेपालको वेभसाइट www.apf.gov.np बाट प्राप्त गर्न सकिने छ । प्रतियोगितामा सहभागी हुनको लागि कम्तीमा १४ बर्ष पुरा भएको हुनुपर्ने र कुनै पनि खेलाडीले २ वटा भन्दा बढि ईभेन्ट्मा भाग लिन पाईने छैन । प्रतियोगिता सम्बन्धी कुनै पनि जिज्ञासा तथा जानकारीको लागि सशस्त्र प्रहरी निरीक्षक बिजय कुमार के.सी.को मोवाइल नं. ९८५११६०९०० र टेनिस अफिसियल ईन्द्रकला श्रेष्ठको मोबाईल नं. ९८०५३४१२९४ मा सम्पर्क गर्न सकिने छ । |