Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको समापन

        माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र
प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज ६ गते आयोजित एक दिवसीय स्वजागरण
अभियान तथा ध्यान विज्ञान कार्याशालाको सपमान गर्नुभएको छ ।
        कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले
कार्याशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सवैप्रति
हार्दिक आभार प्रकट गर्नुहुँदै ध्यान र योगाभ्यासले मानिसमा तनव कम गराउन
मद्दत गर्ने बताउनुभयो ।
        उहाँले ध्यान विज्ञानलाई आत्मसाथ गर्न सकियो भने जीवन उपयोगी हुने
उल्लेख गर्नुहुँदै ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रकृया
अनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक
तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
        यसअघि आज विहान सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्याशालाको
उद्घाटन गर्नुभएको थियो ।
        नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा
संयुक्तरुपमा आयोजित कार्यक्रममा सम्माननीय राष्ट्रपति पौडेलले योग र
ध्यानलाई तन, मन र वचनकासाथ गर्न सक्यौ भने हामीले गर्ने प्रत्येक
कार्यहरुमा आफुलाई आफैमा अवश्य सन्तुष्टि दिने बताउनुभएको थियो  ।
        कार्यक्रममा सम्माननीय प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,
नेपाली सेनाका प्रधान सेनापती महारथी प्रभुराम शर्मा, गृहसचिव दिनेश
भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुंवर, सशस्त्र प्रहरी
महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान
निर्देशक हुतराज थापा, गृहमन्त्रालयका सहसचिव, उपत्यकास्थित तीन जिल्लाका
प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी
बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।

/uploads/news/650ef9ae7ebd8.JPG