Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको उद्घाटन 

        सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सशस्त्र प्रहरी बल नेपाल प्रधान
कार्यालयमा असोज ६ गते आयोजित एक दिवसीय स्वजागरण अभियान तथा ध्यान
विज्ञान कार्याशालाको उद्घाटन गर्नुभएको छ ।
        नेपाल सरकार गृह मन्त्रालय र जीवन बिज्ञानद्वारा संयुक्तरुपमा आयोजना
गरिएको कार्यक्रममा सम्माननीय राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन
र वचनकासाथ गर्न सक्यौ भने हामीले गर्ने प्रत्येक कार्यहरुले आफूलाई
आफैमा अवश्य सन्तुष्ट दिने बताउनुभयो ।
        उहाँले दैनिक जीवनका जुनसुकै कार्य तथा सुख र दुःखका दिनहरुलाई समेत
समान रुपले अगाडी बढ्न योग र ध्यानले अति नै महत्वपूर्ण भूमिका निर्वाह
गर्ने उल्लेख गर्नुहुँदै शरीरलाई स्वस्थ्य र फुर्तिलो बनाई हामीले गर्ने
दैनिक कार्यहरुमा समेत टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
        कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी
श्रेष्ठले योगाभ्यास, प्राणायाम र उर्जाध्यानको बारेमा प्रकाश
पार्नुहुँदै हामीले गर्ने दैनिक कार्यहरुलाई समेत चुस्त, दुरुस्त र
फलदायी बनाई राख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
        उहाँले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योगाभ्यास र ध्यानको
पहिलो पटक सुरुवात गरिएको बताउनुहुँदै यसलाई विस्तार गर्दै क्रमश देशका
सम्पूर्ण कर्मचारीहरुलाई उपयुक्त समय मिलाएर गराउँदै लैजाने बताउनुभयो ।
        कार्यक्रममा सम्माननीय प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,
नेपाली सेनाका प्रधान सेनापती महारथी प्रभुराम शर्मा, गृहसचिव दिनेश
भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुंवर, सशस्त्र प्रहरी
महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान
निर्देशक हुतराज थापा, गृहमन्त्रालयका सहसचिव, उपत्यकास्थित तीन जिल्लाका
प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी
बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।
 
/uploads/news/650ef4a3f3825.jpg