Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

१९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको बिदाई

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औं एशियाली खेलकुद
प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागि हुने खेलाडी, प्रशिक्षक
र अफिसियल लगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई असोज २ गते
सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमका बीच हार्दिक
बिदाई गर्नुभएको छ ।
        सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ शहरमा
संचालन हुने एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ
क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागि हुने एपीएफका ४
जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाई गरिएको हो

        सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा
पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी
सम्पूर्ण खेलाडीहरुबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र
र समग्र जनताले खेलाडीहरुबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताउनुभयो

        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल संघका अध्यक्ष बिश्व बम मल्ल तथा संघका
अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

/uploads/news/65097f9dd4acb.JPG