Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको ९ सय २० के.जी.गाँजासहित दुई जना नियन्त्रणमा

        भारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको करीव
९ सय २० के.जी. गाँजासहित सशस्त्र प्रहरीले भाद्र ३१ गते दुई जनालाई
नियन्त्रणमा लिएको छ ।
        नियन्त्रणमा लिएकाहरु भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउने
अन्दाजी ४५ वर्षिय दुलारे यादव र ३६ वर्षिय योगेश वर्मा छन् ।
        विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले
उनीहरुलाई मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बसपार्क स्थित
पूर्व–पश्चिम लोकमार्गबाट उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।
        चितवनको खुरखुरेबाट बिरगंजतर्फ जाँदै गरेको एन.एल. ०१ ए.सी. २१४५
नम्बरको भारतीय कन्टेनरलाई शंका लागि जाँच गर्दा ड्राईभर साईडको भित्तामा
झण्डै दुई फिट चौडाई र ६ फिट लम्बाईको फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै
गरेको उल्लेखित गाँजा फेला पारेको हो । नियन्त्रणमा लिइएकाहरु सो
कन्टेनरको चालक तथा सहचालक रहेका छन् ।
        नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजा तथा कन्टेनरसहित आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाईएको छ ।

/uploads/news/650713d277a00.jpg