Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिमको दिक्षान्त समारोह

        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा
संचालित सि.सं. २५ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा
आधारभूत तालिम भाद्र २६ गते समापन भएको छ  ।
        समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले
तालिममा सर्वप्रथम, शारिरीक सहिष्णुता र चाँदमारीमा सर्वोत्कृष्ट
हुनुभएका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. गोपाल कडेल खत्रीलाई
खुकुरी प्रदान गर्नुभयो ।
        महानिरीक्षक अर्यालले तालिम सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्र जान
लाग्नुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै स्थापना कालदेखि हालसम्म
संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुले देश र जनताको सेवा र
सुरक्षामा बगाएको पसिनाले हामी सबैको शिर उच्च रहेको बताउनुभयो ।
        महानिरीक्षक अर्यालले संगठनको स्वास्थ्य क्षेत्रलाई बिस्तृत, बृहत एवं
सबैको पहुँचमा पुर्‍याउन अभियानकासाथ अघि बढि रहेको बताउनुहुँदै
केन्द्रिय अस्पताललाई समयानुकुल स्तरोन्नती गरिदै लगिएको तथा केही फिल्ड
अस्पताल र ट्रमा सेन्टर संचालनमा रहेको र यसलाई सबै प्रदेश तथा क्षेत्रमा
विस्तार गरिदै लैजाने योजना रहेको बताउनुभयो ।
        बिश्व कोरोना माहामारीबाट आक्रान्त भैरहेको समयमा नेपाल एपीएफ अस्पतालका
चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीले ज्यानको प्रवाह नगरी संक्रमित
नागरिकहरुलाई पु¥याएको योगदानको सर्वत्र प्रशंसा भएको बताउनुहुँदै
महानिरीक्षक अर्यालले भन्नुभयो–‘प्रशंसा पाउन जति परिश्रम गर्नुपर्छ,
त्यसलाई जोगाएर राख्न त्यो भन्दा बढि परिश्रम गर्नुपर्छ, यो कुरा ख्याल
राख्न जरुरी छ ।’
        उहाँले आफ्ना सन्ततीका लागि धेरै अवसर र गन्तव्यहरु हुँदाहुँदै पनि
त्यसलाई थाँती राख्दै राष्ट्र  सेवाको अविरल यात्रामा समर्पित गर्ने
निर्णयमा पुग्नुहुने सम्पूर्ण अभिभावकहरु प्रति हार्दिक आभार प्रकट
व्यक्त गर्नुभयो ।
        १६ हप्ता अवधिको तालिम स्वास्थ्य सेवा तर्फका प्राविधिक सशस्त्र प्रहरी
निरीक्षक १६ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक ३७ जना गरी
जम्मा ५३ जनाले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल
र चन्द्रप्रकाश गौतम लगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण
प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल
गिरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, देशका विभिन्न ठाउँबाट
आउनु भएका अभिभावकहरु, सिनियर तथा जुनियर अधिकृतहरुको साथै विल्लादार तथा
जवानहरुको समेत उपस्थिती रहेको थियो ।

/uploads/news/650050b75fc05.JPG