Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

करीव १२ लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद

         सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके तथा गण मातहतका
युनिटहरुले भाद्र १८ गते बाँके जिल्लाको विभिन्न स्थानबाट १२ लाख ९४ हजार
४ सय २५ रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
        नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट गणले करीव ३ लाख ३७ हजार ९ सय
२० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, १ लाख ४९ हजार ६ सय रुपैयाँ
बराबरको हार्डवयरका सामान बरामद गरेको छ ।
        यसैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाह) बाँकेले नेपालगंज
उपमहानगरपालिका १५ जमुनाहबाट १ लाख ६२ हजार ९ सय ६० रुपैयाँ बराबरको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
        नेपालगंज उपमहानगरपालिका १५ पिप्रहवाबाट बिओपी जयसपुर बाँकेले १७ हजार ९
सय रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक्स र लत्ताकपडा, बिओपी बढैयाँ
बाँकेले जानकी गाउँपालिका १ शिवपुरीबाट ५ लाख ५० हजार ७ सय रुपैयाँ
बराबरको लत्ताकपडा र ५० हजार रुपैयाँ बराबरको ५ सय लिटर घरेलु मदिरा
बरामद गरेको छ ।
        यसैगरी बिओपी खडैचा बाँकेले डुडुवा गाउँपालिका १ नयाँ बस्तीबाट ३५ हजार
३ सय ४५ रुपैयाँ बराबको सुर्तीजन्य तथा पेय पदार्थ, किराना सामान र बिओपी
कट्कुईया बाँकेले नरैनापुर गाउँपालिका १ सुईयाबाट ४० हजार रुपैयाँ
बराबरको लत्ताकपडा तथा बिओपी गंगापुर बाँकेले नरैनापुर गाउँपालिका १
मटैयाबाट १३ हजार २ सय रुपैयाँ बराबरको बोईलर कुखुराको मासु बरामद गरेको
छ ।
        बरामद सामान नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ भने बोईलर
कुखुराको मासु र मदिरा नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र संचारकर्मीको
रोहवरमा नष्ट गरिएको छ ।

/uploads/news/64f7415198329.jpg