Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

        नेपाल सरकार गृहमन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)
को भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा
हुनुभएका बरिष्ठ अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले
प्रधान कार्यालय हल्चोक स्वयम्भूमा भाद्र १५ गते आयोजित एक समारोहकाबीच
दज्र्यानी चिन्ह प्रदान प्रदान गर्नुभएको छ ।
        सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र
प्रहरी उपरीक्षकहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा हुनुभएका
हो ।
        महानिरीक्षक अर्यालले व्यावसायीक जीवनमा पदोन्नती महत्वपूर्ण रहने
उल्लेख गर्नुहुँदै व्यावसायीक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम
स्वरुप पदोन्नती भएको बताउनुभयो ।
        उहाँले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता,
इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुहुँदै संगठन
स्थापना पश्चात संगठनको साख बृद्धिमा टेवा पु¥याउनुहुने अग्रजहरुको
सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका
राष्ट्रसेवकहरुको दायित्व रहेको उल्लेख गर्नुभयो ।
        महानिरीक्षक अर्यालले भ्रष्टाचार बिरुद्धका कार्यमा शून्य सहनशीलताको
नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय
जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिनुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता
लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त
पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार
महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा
अधिकृतहरुको उपस्थिती रहेको थियो ।

/uploads/news/64f1a34525aa6.JPG