Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान:–

        प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षकमा
बढुवा हुनुभएका अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले
 भाद्र ८ गते मुख्यालयमा आयोजित समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान
गर्नुभएको छ ।
        नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को भाद्र १ गतेको निर्णयले
सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङतर्फका ३ जना
प्राविधिक सशस्त्र प्रहरी निरीक्षकहरु प्राविधिक सशस्त्र प्रहरी नायव
उपरीक्षकमा र सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ७३
जना सशस्त्र प्रहरी नायब निरीक्षकहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा
हुनुभएको हो ।
        त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बढेको दर्जासँगै थपिएको
जिम्मेवारीलाई सकरात्मक सोचका साथ मर्यादा र गरिमा कायम राख्दै आगामी
दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसलाका साथ कार्य गर्न
निर्देशन दिनुभयो ।
        उहाँले ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा जिम्मेवारी थपिएको महसुस
गरी आफ्नो कामप्रति थप उत्तरदायी बनेर पदीय जिम्मेवारीलाई त्रुटिरहित
ढंगबाट सम्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
        उहाँले संगठनमा उपलब्ध श्रोतसाधनहरुको उच्चतम प्रयोग गर्दै आफु परिचालित
क्षेत्रमा जस्तो सुकै चुनौतीपूर्ण र कठिन परिस्थितिमा समेत कत्तिपनि
बिचलित नभई नियम र कानूनको परिधिभित्र रहेर संगठनको हित र बृहत्तर
विकासमा योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

/uploads/news/64e89e460971b.JPG