Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको स्थापना दिवस सम्पन्न

        सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय
रुपन्देहीको छैठौं स्थापना दिवस सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालयको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
        पाँच बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा भाद्र ७ गते
बाहिनी मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालयले स्थापना दिवसको अवसर पारेर बाहिनी मुख्यालयमा आयोजना गरिएको
व्यवसायिक प्रतियोगिता, खेलकुद तथा हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको
समूह तथासूहका कर्मचारीहरुलाई प्रमाणपत्र, मेडल तथा शिल्ड तथा बाहिनीको
कामकारवाहीमा उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान
गर्नुका साथै अमर सशस्त्र प्रहरी परिवारका सदस्यहरुलाई सम्मान गर्नुभयो ।
        उहाँले बाहिनीले आफ्नो जिम्मेवारी इलाकामा शान्ति सुरक्षा अमन चयन काय
राख्न तथा अपत्विपद्मा परेकाहरुको उद्धार तथा राहत कार्य प्रशंसा योग्य
रहेको चर्चा गर्नुहुँदै आगामी दिनमा समेत अझ उत्कृष्ट कार्य क्षमता
प्रदर्शन गरी जनताको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
        कार्यक्रममा शिबराज नगरपालिका प्रमुख अजय थापाले सशस्त्र प्रहरी बल,
नेपालले प्रदर्शन गरेको कार्य क्षमता तथा सीमा सुरक्षामा देखाएको तत्परता
प्रशंसायोग्य रहेको बताउनुभयो । कार्यक्रममा बाहिनीपति अभिकुमार खत्रीले
धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
         स्थापना दिवस कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी
भरतमणी पाण्डे, लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालका
कार्यालय प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरीका इकाई प्रमुखहरु तथा
प्रदेश सरकारका पदाधिकारीहरुलगायत अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाश
प्राप्त तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु एवं स्थानीय
भद्रभलादमीहरुको समेत उपस्थिती रहेको थियो ।
        साथै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो बाहिनी अन्तर्गतका
इकाईहरुको निरीक्षण भ्रमण समेत गर्नुभई त्यहाँबाट भएगरेका कामकारवाहीबारे
जानकारी लिनुभएको छ ।
        महानिरीक्षक अर्यालयले भाद्र ७ गते नै सशस्त्र प्रहरी बल, नेपाल नं. २८
गण कपिलवस्तु र बीओपी मर्यादपुरको निरीक्षण भ्रमण गर्नुभएको हो । उहाँले
निरीक्षण भ्रमणको क्रममा त्यहाँ कार्यरत सकल दर्जाका राष्ट्रसेवक
कर्मचारीहरुलाई अनअपेक्षा अनुसार त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न
निर्देशन दिनुभयो ।
        यसअघि भाद्र ६ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी
मुख्यालय मकवानपुरको छैठौं स्थापना दिवससशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

/uploads/news/64e86d19a484e.JPG