Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सिन्धुलीको गोलन्जोरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेश स्थापना

         सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा सशस्त्र प्रहरी
बल नेपालको विपद् व्यवस्थापन बेश स्थापना भएको छ । प्रतिनिधि सभा सदस्य
माननिय लेखनाथ दाहाल (राजन)ले साउन ३२ गते बेशको उद्घाटन गर्नुभएको हो ।
        सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट करीव ४० किलोमिटर उत्तरतर्फ
स्थापना भएको सो बेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद्
उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ ।
        काठमाडौंदेखि करीव २ सय १० किलोमिटर बर्दिवास सम्मको सिन्धुली बिपी
हाईवेमा हुनसक्ने अन्य घटनाहरुको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बल
नेपालको विपद् व्यवस्थापना बेश स्थापना भएको हो ।
        सशस्त्र प्रहरी बल नेपालले यसअघि मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट
धादिङ, बेनी म्याग्दी, भालुवाङ्ग दाङ्ग, चिप्ले सुर्खेत र अमरगढी
डडेलधुरा गरी ७ ठाउँमा विपद् व्यवस्थापन बेश स्थापना गरिसकेको छ ।
        मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले
सात वटै बाहिनी मुख्यालयहरुमा एक/एक प्लाटुन, नं. ९ पशुपतिनाथ बाहिनी
काठमाडौंमा एक प्लाटुन, १० वटा शिक्षालयमा एक/एक प्लाटुन, सम्पूर्ण
गणहरुमा एक/एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरुमा एक/एक सेक्सन आवश्यक
सामाग्री सहित तालिम प्राप्त विपद् उद्धार टोली तयारी हालतमा राखेको छ ।
        यसैगरी रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदि किनार
चितवनमा समेत विपद् उद्धार टोली परिचालित छ ।

/uploads/news/64de0806a3abd.jpg