Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

‘कानून कार्यान्वयन’ अनुशिक्षण तालिम समापन

        सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौंमा संचालन भएको
‘कानून कार्यान्वयन’ अनुशिक्षण तालिमको सशस्त्र प्रहरी अतिरिक्त
महानिरीक्षक नारायणदत्त पौडेलले साउन ३१ गते समापन गर्नुभएको छ ।
        अतरिक्त महानिरीक्षक पौडेलले सफलतापूर्वक तालिम सम्पन्न गरेका
प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक धन्यवाद दिनुहुँदै कार्यक्षेत्रमा
खटिदा सशस्त्र प्रहरी कर्मचारीहरुले कानूनद्वारा निर्देशित कुराहरुलाई
ध्यानमा राखी नियमसम्मत तरिकाले त्रुटिरहित ढंगबाट कार्यसम्पादन
गर्नुपर्ने बताउनुभयो ।
        उहाँले कानून सम्बन्धी ज्ञान सबैमा हुनुपर्ने तथा कानूनी अज्ञानताको छुट
कसैलाई पनि नहुने उल्लेख गर्नुहुँदै यस प्रकारका तालिम क्रमशः सबै
बाहिनीहरुमा संचालन गरिने बताउनुभयो ।
        कार्यक्रममा नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति
सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापा लगायत सशस्त्र प्रहरी
बल नेपालका सिनियर तथा जुनियर अधिकृतहरु र बिल्लादार जवानहरुको समेत
उपस्थिती रहेको थियो ।

/uploads/news/64de074552fae.JPG