Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल एपीएफ स्कुलमा वृक्षारोपण

       सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा काठमाडौंको कीर्तिपुरस्थित
नेपाल एपीएफ स्कुलमा साउन २८ गते वृक्षारोपण गरिएको छ ।
        वृक्षारोपण कार्यक्रम कीर्तिपुर नगरपालिकाका कार्यवाहाक प्रमुख श्रीमती
शुभलक्ष्मी शाक्य (सुनिता)को प्रमुख आतिथ्य तथा सशस्त्र प्रहरी परिवार
महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको विशेष अतिथ्यतामा
सम्पन्न भएको हो ।
        सशस्त्र प्रहरी परिवार महिला संघको बार्षिक रुपमा गरिने सामाजिक
क्रियाकलाप अन्तर्गत स्कुल परिसरमा विभिन्न किसिमका फलफूलका बोटबिरुवा
रोपिएको हो ।
        कार्यवाहाक प्रमुख श्रीमती शुभलक्ष्मी शाक्य (सुनिता)ले विद्यालय
क्षेत्रमा गरिएको वृक्षारोपणले बिद्यार्थीहरुमा सकारात्मक प्रभाव पर्नुको
साथै विद्यार्थीहरुको माध्यमबाट उनीहरुको घर, परिवार तथा समुदायसम्म
पुग्ने तथा यसले जैविक विविधता र वातारण सन्तुलनमा समेत टेवा पुर्‍याउने
बताउनुभयो ।
        उहाँले यस्ता सामाजिक अभियान कार्यक्रम गरी समाजसेवाको क्षेत्रमा अग्रणी
भूमिका खेलिरहेको सशस्त्र प्रहरी परिवार महिला संघप्रति हार्दिक आभार
व्यक्त गर्नुभयो ।
        संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले स्थानीय तह, सशस्त्र
प्रहरी परिवार महिला संघ, समुदाय र विद्यालय मिलेर संचालित यस्ता
कार्यक्रमहरुले विद्यार्थीहरुमा सकारात्मक भावनाको विकास गरी भविष्यमा
वातावरण, समाज र राष्ट्रका लागि एक जिम्मेवार नागरिक बन्न तथा वातावरण
संरक्षण गर्न प्रेरणादायी भूमिका खेल्ने बताउनुभयो ।
        कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, कीर्तिपुर
नगरपालिका वडा नं. ४ का अध्यक्ष, बाघभैरव बन उपभोक्ता समितिका अध्यक्ष,
समाजसेवी, स्थानीय भद्रभलाद्मी, बिद्यालयका प्रधानाचार्य, शिक्षकशिक्षिका
तथा स्कुलका बिद्यार्थीहरु एवं सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती
रहेको थियो ।
 
/uploads/news/64d8b09020a01.JPG